Saturday, August 6, 2022

अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाको महासचिवमा सरोज केसी, बोर्ड अफ डाइरेक्टरमा कलाकार द्वय पुस्कर पन्त र रुसा केसी नियुक्त

अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाको महासचिवमा कलाकार, सञ्चार कर्मी सरोज केसी नियुक्त हुनुभएको छ । केसीलाई अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाको बिधान अनुसार संस्थापक एबम अध्यक्ष रामप्रसाद खनालले नियुक्त गर्नुभएको हो । केसी लामो समय देखी नेपालमा र हाल अमेरिकामा कलाकारिता एवम् सञ्चार क्षेत्रमा कार्यरत हुनुहुन्छ । वहाँले देश विदेशमा विभिन्न कार्यक्रमहरूमा कलाकार, उद्घोषक र सञ्चार कर्मीका हैसियतमा आफ्नो भूमिका निर्वाह गर्दै आउनुभएको छ । अध्यक्ष खनालले कलाकारहरूको स्वतन्त्र र अन्तर्राष्ट्रिय संस्था अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाको गरिमामय महासचिवमा नियुक्त हुनुभएको मा वहाँलाई हार्दिक बधाई र वहाँको उपस्थितिले अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाले एउटा राम्रो पदाधिकारी पायो भन्दै गर्व गर्न पाइयोस् हार्दिक शुभकामना ब्यक्त गर्दछु भन्नुभएको छ । यस अघिका महासचिव सुरेश दर्पण पोखरेलले आफ्नो व्यक्तिगत / व्यावहारिक / र बसाइ सराइका कारणले दिनुभएको राजीनामा स्वीकृत गरिएको छ । वहाँले आफ्नो कार्यकालमा पुर्‍याउनुभएको योगदानका लागि वहाँलाई अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।
यसै गरी मञ्चको रिक्त बोर्ड अफ डाइरेक्टरमा कलाकार द्वय पुस्कर पन्त र रुसा केसीलाई नियुक्त गरिएको पनि अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाले जनाएको छ । पन्त लामो समय देखी हाँस्य कला, साहित्यको क्षेत्रमा र केसी न्रित्य र मोडलिङको क्षेत्रमा कार्यरत हुनुहुन्छ ।  

No comments: