Thursday, April 22, 2010
बरिस्ठ कलाकार शिवहरी पौड्यालको अध्यक्ष्यतामा अन्तरराष्ट्रिय कलाकार मन्चको नेपाल शाखा गठन
हाल अमेरिकामा स्टेज शो तथा भ्रमणमा रहनु भएका नेपालका चर्चित हाँस्य कलाकार, जिरे खुर्सानीका निर्देसक तथा बरिस्ठ कलाकार शिवहरी पौड्यालको अध्यक्ष्यतामा अन्तरराष्ट्रिय कलाकार मन्चको नेपाल शाखा गठन गरिएकोछ । अमेरिका मा केन्द्रिय समिती रहेको उक्त मन्चको बिभिन्न देश हरुमा शाखा हरु बिस्तार गर्ने क्रममा भर्खरै नेपाल शाखा बिस्तार गरिएको अन्तरराष्ट्रिय कलाकार मन्च का केन्द्रिय अध्यक्ष्य राम प्रसाद खनालले प्रेस रिलिज मार्फत सबैमा जानकारी गराउनु भएको छ । साथै नेपालमा रहेका सबै कलाकारहरु लाई नेपाल शाखा का नब नियुक्त अध्यक्ष्य श्री पौड्याल सँगको समन्वयमा अगाडि बढ्न आग्रह पनि गर्नु भएको छ । केही समय भित्रै नेपाल मा हरेक बिधाका कलाकार हरुको ब्यापक भेला गरिने र सो भेलाले मन्चको नेपाल शाखा लाई अझ बिस्तार गरी अगाडि बढ्ने कुरा नेपाल शाखा का नब नियुक्त अध्यक्ष्य पौड्यालले जानकारी दिनु भयो ।
Subscribe to:
Post Comments (Atom)
1 comment:
shivahari dai badhai chha hai aaba ta hamailai pani misaunu parchha
Post a Comment