
International Artists Forum (IAF) is an Independent and first worldwide Artist’s organization which is Registered in USA. Mailing Address: 1945 Melvor Lane Winchester VA, 22601 US. www.iafamerica.com , email: iafamerica@gmail.com, rampdkhanal@gmail.com Tel: 540-773-4346, Fax: 540-635-6928, Founder/President: Ram Prasad Khanal.
Sunday, September 19, 2010
अमेरिकाका बिभिन्न १० शहर मा कार्यक्रम प्रस्तुत गरेपछी भर्जिनियाको फल्स चर्चमा तितो सत्य तथा साँगितिक साँझ अभुतपुर्ब रुपमा सम्पन्न !
अमेरिकाका बिभिन्न १० शहर मा कार्यक्रम प्रस्तुत गरेपछी भर्जिनियाको फल्स चर्चमा अन्तराष्ट्रिय कलाकार मन्च, अमेरिका नेपाल सोसाइटी, नेपाली साहित्य प्रतिस्ठान, अमेरिका नेपाल सहयोगी समाज, पासापुच अमेरिकाय, नेवा ओर्गनाइजेसन, धरान अमेरिका समाज, अमेरिका नेपाल चौपारी, तमु समाजको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा नेपालबाट आएका सुप्रसिद्ध हाँस्य कलाकार दिपक राज गिरी, दीपा श्री निरौला, गोपाल अधिकारीले दर्शक लाई भरपुर हसाएर नचाएर मनोरन्जन प्रदान गरे, यसै गरी बरिस्ठ गायक यम बराल, चन्चले स्वभाबकी लोकप्रिय पप गायिका नलिना चित्रकार, र नब एबम हालकी चर्चित लोक गायिका सुनिता दुलालका प्रस्तुतिले पनि दर्शक हरु रमे । साथमा आयुसा खनाल र केही स्थानिय कलाकार हरुको प्रस्तुती पनि राम्रो थियो। खचा खच भरिएको हलमा नेपाली राजदुत डा शंकर शर्माले सबै कलाकार हरुलाई सम्मान पत्र प्रदान गर्नुभएको थियो। कार्यक्रम को शुरुवात र सम्मान समारोहको सँचालन बरिस्ठ कबि, साहित्यकार एबम नेपाली साहित्य प्रतिस्ठानका महा सचिब हेमन्त श्रेष्ठ, धन्यवाद मन्तब्य अन्तराष्ट्रिय कलाकार मन्च का अध्यक्ष्य राम प्रसाद खनाल र सँचालन टिका पुन, सुनिता दुलाल, गोपाल अधिकारीले गर्नुभएको थियो । कार्यक्रममा बरिस्ठ चलचित्र नायक सरोज खनालले अक्टोबर ९ मा हुने दशैं सास्कृतिक साँझमा सबैलाई निमन्त्रणा गर्दै सहयोग का लागि आह्वान गर्नुभएको थियो।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment