![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjTLrP3M3-cHjNiOamyHwJNXJY11TbO29RXwLBauYuhyQwN08W3DL1T95YzoPAYoZ6GIHiL5uevOQv73UT-p0tXr1xTnFHHKLOiXiDgZJhkAkuF1pqqdVJw6cky3LVW1W1B-DQ50N4dilIg/s200/kamal+bist.jpg)
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgEqDQaCOwU5WdGWpxwmBq6C301T4IrlbprJMU5_B_bPMVTGa5worc1dV0ASiSiwBsjfzPI6_Jwnki2KKTAHGJYLzny6LKIpsaVsp04Xl1J-ofQYUCihAyZ7VAdKJYQ0CU8W-zYLrBXMVmU/s200/kumar+shrestha.jpg)
नेपालबाट पोर्तुगल आइ बसोबास गरिरहेका कला प्रेमीहरुको बैठकले अन्तराष्ट्रिय कलाकार मंच पोर्तुगल शाखाको गठन गरेको छ । कमल बिष्टको संयोजकत्वमा बोलाईएको बैठकले आइतबार लिस्बनमा मंचको शाखा गठन गरेको हो। बैठकले कुमार श्रेष्ठको अध्यक्षतामा १६ सदस्सीय कार्य समितीको चयन गरेको छ। समितीका अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा गोपाल रिजाल ,महा-सचिबमा कमल बिष्ट, सचिबमा रामहरि लामिछाने , सह -सचिबमा शिब कुँवर ,कोषध्यक्षमा कृष्ण शर्मा रहनु भएको छ। यसै गरि सदस्यहरुमा शान्ति क्षेत्री ,राधिका सापकोटा ,बिनोद खड्का , अमित गान्धारी ,इश्वरी प्रसाद कंडेल ,हरि
प्रसाद आचार्य ,अर्जुन चौलागाईं ,दीपक भण्डारी , नारायण गौडेल र दुर्गा पाठक रहनु भएको छ। अन्तराष्ट्रिय कलाकार मंच बिशुद्द कलाकारितालाई माया गर्ने सामाजिक संस्था हो । कलाकारहरु एबम कला प्रेमी महानुभाबहरुलाई गार्हो अप्ठ्यारो परेको बेलामा साथ र सहयोग गर्ने संस्था हो ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjvMAV7cI-x64Pfw8BSh3ZFKhW8-iLIWQVUtI1DALPuca7UzzKGcmraK1WyWiJ90NgiJO3cWq6Im5DFJpERBujFUHfxb_PeN5PI1GWLjMrN-jwhotEbvxoJtx2SekWTqPnq38CiVOFBoS_O/s200/ram+hari+lamichhane.jpg)
यस मञ्चमा चलचित्र, गीत संगीतका कुनै पनि विधा, नाट्य, हाँस्यव्यग्य, नृत्य वाध्यवादन वा कलाकारिताको कुनै पनि विधा अर्न्तर्गत पर्ने कलाकारहरु समावेश हुन सक्ने छन् । मंचको पोर्तुगल शाखाले पोर्तुगलमा रहेका इच्छुक नेपाली एबम बिदेशी महानुभाबहरुमा सदस्यता लिनको लागि पोर्तुगल शाखाको इमेल ठेगाना iafportugalbranch@gmail.com मा पत्राचारको लागि आग्रह समेत गरेको छ। अन्तराष्ट्रिय कलाकार मंचको केन्द्रिय कार्यालय अमेरिकामा रहेको छ । हाल सम्म मंचको संसार भर एक दर्जन भन्दा बढी शाखा , उपशाखा तथा च्याप्टरहरु स्थापना भैसकेका छन्।
मँचको केन्द्रिय कार्य समितिका तर्फबाट अध्यक्ष रामप्रसाद खनालले नब निर्बाचित पोर्तुगल शाखाका सबै कलाकारहरुलाई बधाई दिदै गीत, संगीत, कला, सँस्क्रिती र कलाकारहरुको विश्वब्यापी सन्जाल बनाउने अभियानमा पोर्तुगल शाखाले पनि महत्वपूर्ण भूमिका निर्बाह गर्ने विश्वाश ब्यक्त गर्नु भएको छ। स्मरण रहोस् हाल सम्म संसार का बिभिन्न देश हरु र अमेरिका मा समेत गरी अन्तरराष्ट्रिय कलाकार मँचका १० वटा शाखा गठन एबम बिस्तार भैसकेका छन भने अन्य देश हरु, शहरहरुमा समेत यो मँच का शाखा हरु बिस्तार हुने क्रममा छन । मन्च ले आगामी दिनमा छुट भएका प्रतिष्ठित कलाकारहरुलाई समेट्दै हरेक देशमा सम्भब भए सम्म शाखा बिस्तार गर्दै जाने, त्यसै गरी अमेरिकाका ठुला शहर र स्टेटमा पनि शाखा, उपशाखा बिस्तार गर्दै जाने, विश्व भर नै कलाकार को एउटा ठुलो सन्जाल बनाउने निती लिएको छ । विश्वब्यापी रुपमा हरेक देशमा रहेका नेपाली वा बिदेशी कलाकारलाई देश वा शहर स्तरका शाखा गठनका लागि 703-419-0924 US वा iafamerica@gmail.com , info@nepalmother.com , rampdkhanal@gmail.com संपर्क गर्न पनि आव्हान गरेको छ। बिभिन्न देश तथा शहर हरुमा रहेका कलाकार सँग सम्बन्धित संघ संस्थाहरु लाई पनि अन्तराष्ट्रिय कलाकार मन्चले छाता संस्थाका रुपमा समेट्दै जाने निती लिएकोले इच्छुक संघ संस्थाले संपर्क गरी मन्च सँग आबद्ध हुन पनि आग्रह गरेको छ। पहिलेनै स्थापित कला सँग सम्बन्धित संस्थाहरुलाई मन्च ले अलग्गै शाखा उपशाखाको रुपमा समेत मान्यता दिएर सहयोग गर्ने निती लिएको कुरा अध्यक्ष रामप्रसाद खनालले बताउनुभयो । खनाल का अनुसार अन्तराष्ट्रिय कलाकार मन्च नै अब संसार भरिका कलाकार हरुको छाता संगठनको रुपमा बिकास गर्दै लगिने छ। मन्चका गतिबिधिका लागि नेपाल मदर डट कम, अन्य मिडियाहरु वा www.iafusa.blogspot.com क्लिक गर्न पनि मन्चले सबैमा आग्रह गरेको छ ।
No comments:
Post a Comment