"प्वाक्क मुखमा हान्नु जस्ता" नेपाल शाखाको अध्यक्षमा निर्बाचित !
अन्तराष्ट्रिय कलाकार मँचको नेपाल शाखा भर्खरै बिस्तार गरिएको कुरा नेपाल शाखा अध्यक्ष एबम बरिस्ठ हाँस्य कलाकार शिवहरी पौड्यालले एक प्रेस रिलिज मार्फत जानकारी गराउनुभएको छ । केन्द्रिय समितिले दिएको अख्तियारी अनुसार काठमाडौंमा सम्पन्न कलाकार हरुको एक भेलाले नेपाल शाखा बिस्तार गरिएको र जसमा निम्न कलाकारहरु रहनुभएको नेपाल शाखाले जनाएको छ।
अध्यक्ष शिवहरी पौड्याल (मुखमा हान्नु जस्तो, जिरे खुर्सानी) बरिष्ठ उपाध्यक्ष किरण कुमार केसी (रातामकै, जिरे खुर्सानी ) उपाध्यक्ष जीत बहादुर नेपाल जितु ( मुन्द्रे, जिरे खुर्सानी ) सचिव कमलकान्त मैनाली (माधव नेपाल बन्ने, तितो सत्य) सहसचिव सिताराम कट्टेल (धुर्मुस, मेरी बास्सै ) कोषाध्यक्ष मनोज आचार्य (खुराफातीका सन्तान, जिरे खुर्सानी ) कानूनी सल्लाहकार - कृष्ण ढुंगाना (सभापति तितो सत्य तथा टेलिफिल्म कलाकार संघ) सदस्यहरुः शिवहरी नेपाल बैरागी (सभासद, जिरे खुर्सानी) कुञ्जना घिमिरे कट्टेल (सुन्ते, मेरी बास्सै) पल्पसा डंगोल (चम्सुरी, मेरी बास्सै) सविता गुरुंग (चोथाले, जिरे खुर्सानी ) अञ्जु महर्जन (हात्ती, जिरे खुर्सानी ) गोपाल नेपाल फिष्टे (नियम कडा छ, जिरे खुर्सानी तथा तितो सत्य) निर्मल शर्मा (गैडा, तितो सत्य ) निरज नेपाल (डण्डा घुमाएर, जिरे खुर्सानी) सौजन्य सुब्बा (नायिका, चलचित्र तथा टेलिचलचित्र) सोभिता सिंखडा (नायिका, चलचित्र तथा टेलिचलचित्र) आर.पी. भट्टराई (मेलो नाम लाजालाम, तितो सत्य) श्री प्रसाद थापा (लाहुरे, तितो सत्य) निरु खड्का गौतम (ठ्यास कुमारी, मेरी बास्सै) रामचन्द्र काफ्ले (गायक) जुनु रिजाल काफ्ले (गायिका) पुर्शोत्तम न्यौपाने (लोक गायक तथा सभापति दोहोरी गीत प्रतिष्ठान) निशा सुनार (गायिका तथा मोडल) शैलेन्द्र सिंखडा (कवि तथा हास्यकलाकार) विनोद केसी (हास्यकलाकार) सम्झना बुढाथोकी (नृत्यंगना तथा मोडल) सुरवीर पन्डीत ( मेरी बास्सैमा धुर्मुसको बाबु) सुजाता सिटौला ( नायिका, मोडल तथा नृत्यंगना) आर. पी. पन्त ( वरिष्ठ कलाकार) लभ शर्मा (वरिष्ठ कलाकार) रमेश अधिकारी (हास्यकलाकार) कमल गाउंले ( हास्य कलाकार, तितो सत्य, भैंसी पालेर) शिला आले ( लोक गायिका) ईन्दिरा जोशी (आधुनिक गायिका रातो घााघर) मल्लिका कार्की (गायिका) हिमा कोइराला (हास्य नायिका, जिरे खुर्सानी ) नेत्र प्रसाद पन्त (लोक गायक) हिमाल सागर (आधुनिक गायक) तिलकबम मल्ल (आधुनिक गायक) सुदर्शन सिवाकोटी (हास्यकलाकार, जिरे खुर्सानी) यादव थापा (हास्यकलाकार तथा मेकअप म्यान) शिवहरी आचार्य (हास्यकलाकार जिरे खुर्सानीं) महेन्द्र भुषाल (हास्य अभिनेता) राम पाण्डे ( नायक तथा नृत्य निर्देशक) भुवन श्रेष्ठ (नृत्य निर्देशक) राजेश के.सी. (नृत्य निर्देशक) लक्ष्मी केसी (नृत्य निर्देशक) लय प्रसाद संग्रौला (वरिष्ठ नायक तथा चलचित्र तथा टेलिचलचित्र निर्देशक) मनहरी श्रेष्ठ ( नायक तथा क्यामरा म्यान) कुमार महर्जन (द्वन्द निर्देशक) बिष्णु खाती (लोक गायक) उद्धवराज भट्टराई (लोक गायक) सत्यराज आचार्य (नायक तथा आधुनिक गायक) स्वरुपराज आचार्य (आधुनिक गायक) धिरज राई (आधुनिक गायक) ज्योति काफ्ले (हास्यकलाकार, बाबुराम बन्ने मेरी बास्सैमा) रामचन्द्र अधिकारी (हास्यकलाकार मेरी बास्सै) ज्ञानेन्द्र देउजा (चलचित्र निर्देशक)


मँचको केन्द्रिय कार्य समितिका सम्मानित सदस्य (Honorable Member) हरुमा सुप्रसिद्ध चलचित्र नायिकाहरु शर्मिला मल्ल, सारँगा श्रेष्ठ, पूजा चन्द, हाँस्य नायक दीपक राज गिरी, नारायण त्रिपाठी, चर्चित कलाकार दीपा श्री निरौला, गोपाल अधिकारी (ट्वाकेन्द्र), नेपाली पप स्टारहरु राम श्रेष्ठ, सन्जीब प्रधान, सरिश्मा आमात्य, प्यारोडी किंग रतन सुबेदी, लोकप्रिय गायक गायिकाहरु ममता दीप बिम, सपना श्री, रोशन गुरुङ, जगदीश समाल, दिनेश भण्डारी, पवन ओली, बरिस्ठ कलाकारहरु हरी सिवाकोटी, रचना सिंह, अनिल पाण्डे, बरिस्ठ बाद्य बादकहरु राज कपुर, तिलक श्रेष्ठ , राजेन्द्र कर्ण, बिमल बुढाथोकी, न्रित्य स्टार, निर्देशक, कोरियोग्राफरहरु श्याम खड्गी, बिजय नकर्मी, यज्ञमान शाक्य, लोकप्रिय चलचित्र नायकहरु क्रमश : रमित ढुंगाना, बिक्रान्त बस्नेत, चर्चित पप गायक तथा गीटारिस्ट राजु लामा, अमेरिकी गायक एबम सँगीतकार ब्राड रोबर्ट, दर्जनौ चलचित्रका न्रित्य निर्देशक, कोरियोग्राफर, लोकप्रिय डान्सर नविन केसी, लाखौं युबाहरुका ढुकढुकीको रुपमा चर्चित डान्सरहरु किशोर छेत्री र लुना श्रेष्ठ, लाखौँ युबाहरुका प्रिय गायक कर्ण दास, नब प्रतिभा मध्येबाट कलाकार जेनी पाठक, हुनुहुन्छ । कानुनी सल्लाहकारमा अमेरिकाका लोकप्रिय युबा कानुनब्यबसायी डिल्ली भट्ट, प्रेस सल्लाहकारमा अमेरिकाका पत्रकार प्रदीप थापा मगर रहनुभएको छ । मँचले आगामी दिनमा छुट भएका प्रतिष्ठित कलाकारहरुलाई समेट्दै बिस्तार गर्ने, हरेक देशमा सम्भब भए सम्म शाखा बिस्तार गर्दै जाने, त्यसै गरी अमेरिकाका ठुला शहर र स्टेटमा पनि शाखा, उपशाखा बिस्तार गर्दै जाने, विश्व भर नै कलाकार को एउटा ठुलो सन्जाल बनाउने निती लिएको छ ।
हाल सम्म गठन भएका शाखाको अनुमोदन गर्दै विश्वब्यापी रुपमा हरेक देशमा रहेका नेपाली वा बिदेशी कलाकारलाई देश वा शहर स्तरका शाखा गठनका लागि 703-419-0924 US वा iafamerica@gmail.com , info@nepalmother.com , internationalartistsforum@gmail.com संपर्क गर्न पनि आव्हान गरेको छ।

No comments:
Post a Comment