Thursday, February 23, 2012

अन्तराष्ट्रिय कलाकार मँचको एक्काइसौँ देश स्तरिय शाखाको रुपमा इजरायल शाखा गठन, केन्द्रद्वारा स्वीकृती प्रदान

संसार भर फैलिदै गएको एक मात्र कला, सँस्कृती, साहित्य लगायतका बिभिन्न बिधा सँग आबद्ध कलाकार हरुको अन्तराष्ट्रिय स्तरको पहिलो संगठन अन्तरराष्ट्रिय कलाकार मँच अब एक्काइस देशमा बिस्तार भैसकेको
छ भने यसै बर्ष भित्र तिस भन्दा बढी देशमा पुर्याउने लक्ष का साथ मँच बिस्तार अगाडि बढेको छ । यसै बिच
इजराइल मा पनि मँच को इजरायल शाखा गठन भएको छ भने गठित शाखा लाई मँचको केन्द्रिय समितिले स्वीकृती प्रदान गरेको कुरा मँचले प्रेस रिलिज मार्फत जनाएको छ । मँचका केन्द्रिय सदस्य चलचित्र कर्मी हरी सिवाकोटीको समेत उपस्थिती रहेको भेलाले उक्त मँच गठन गरेको थियो । इजरायलका सबै कला प्रेमी हरुलाई समेट्दै कला र सँस्कृतिका लागि मिलेर काम गर्न आग्रह गर्दै अन्तराष्ट्रिय कलाकार मँचका केन्द्रिय अध्यक्ष राम प्रसाद खनालले नब निर्बाचित अध्यक्ष सहित सम्पूर्ण शाखा परिवार लाई बधाई दिनु भएको छ । वहाँले इजरायल शाखाले सक्रिय भै काम गरेर देखाउनेमा आशाबादी रहेको पनि बताउनु भएकोछ ।
 नब गठित इजरायल शाखा यस अनुसार रहेको छ :         
 १ खगेन्द्र सुबेदी - अध्यक्ष
२ नानु घिमिरे काजल - उपाध्यक्ष
३ कृष्ण कुमार रायमाझी - उपाध्यक्ष
 ४ ओम प्रसाद प्रसाई  - सचिब
५ दिपेन्द्र थापा - सह- सचिब
६ कविता शर्मा घिमिरे-  कोसाध्यक्ष
सदस्यहरु
७ - हेम राज उप्रेती
८ - निरज प्याकुरेल
९  - प्रकाश सुबेदी
१० - सुनिता लामा
११ - उषा लामा
१२ -  उर्मिला लामा
१३ - साबित्र पाठक
१४ - सुचित्रा खनिया
१५ - बसन्ती पुरी
१६  - सबिना खड्का
१७ -  धर्म राज भण्डारी
बरिष्ट सल्लाहकार
 - श्री विजय बिष्ट
मानार्थ सदस्यहरु 
श्री सुर्य सिम्खडा
'' सुश्री नेहा गुरुङ
'' श्री शिब के.सी
अन्तराष्ट्रिय कलाकार मञ्च इजरायल शाखाले विभिन्न विधामा रहनु भएका कलाकारहरुलाई समेटी यस कलाकार मंचको लक्ष्य तथा उद्देश्य लाई पुरा गर्ने बचन बद्धता जाहेर गरेको छ ।
******************************

अन्तराष्ट्रिय कलाकार मँचको शाखा वा च्याप्टर गठन गर्न निम्न कुराहरु अनिबार्य हुनुपर्छ ।

१ - एउटा देशमा एउटा मात्र शाखा हुनेछ । यदी दोस्रो शाखा खोल्न परेमा मँचको केन्द्र सँग अनुमती लिएर शहर स्तरिय उपशाखा खोल्न सकिने छ ।
२- एउटै देशका बिभिन्न शहरहरुमा शहर स्तरिय च्याप्टर खोल्न सकिने छ ।
३- केन्द्रको अनुमती लिएर, कम्ती मा सात जना र बढीमा आवश्यकता अनुसार  रहने गरी :
गीत, संगीत, न्रित्य, चलचित्र, नाट्य, हाँस्य वा कलाका कुनै पनि बिधा मा सम्बद्ध कलाकार भए सम्म कलाकार र सो नभएमा कला र सँस्कृतिलाई माया गर्ने, सक्रिय योगदान दिन सक्ने मध्येबाट छानी भेला वा बैठकबाट मँचको शाखा, च्याप्टर वा उपशाखा स्थापना गर्न सकिनेछ ।
४- केन्द्रमा बिधान अनुसार र बाहिर नयाँ शाखा स्थापना गर्दा कम्तीमा निम्नानुसार हुनुपर्ने छ :
* अध्यक्ष - एक
* उपाध्यक्ष - कम्तिमा एक र बढीमा तीन जना सम्म मात्र
* महा सचिब - एक
* सचिब - एक राख्न सकिने ( अनिबार्य छैन )
* कोसाध्यक्ष - एक
* सदस्यहरु - आवश्यकतानुसार राख्न सकिने
* सल्लाहकार - आवश्यकतानुसार राख्न सकिने ( अनिबार्य छैन )
संरक्षक - एक राख्न सकिने  (अनिबार्य छैन )

यो अन्तराष्ट्रिय कलाकार मँच भएकाले यसमा नेपाली मात्र होइन बिदेशि कलाकार पनि समाबेश गर्न सकिने छ । 
* दुई भन्दा बढी देश गाभेर वा महादेश स्तरिय महाशाखा पनि बनाउन सकिने छ त्यसले पनि अन्य शाखा वा च्याप्टरले जस्तै केन्द्रको निती निर्देशन र बिधान अनुरुप चल्नुपर्ने छ ।  
याद राख्नुहोला गठन भएपछी कार्य समितिको कार्यकाल २ बर्षको हुने छ र हरेक बर्ष महाशाखा, शाखा वा उपशाखा वा च्याप्टरले कम्तिमा २ वटा कला र सँस्क्रिती सम्बन्धि वा साँस्कृतिक कार्यक्रम गरी केन्द्रलाई त्यसको जानकारी दिनुपर्ने छ। अन्य जानकारी www.iafusa.blogspot.com मा हेर्न...सक्नुहुने छ । केही जिज्ञासा, सरोकार वा प्रश्न भए ईमेल गर्न वा फोन गर्न सक्नुहुने छ ।    

अन्तराष्ट्रिय कलाकार मँचको अत्यन्त जरुरी सुचना !

अमेरिका वा सँसारका कुनै पनि देशमा रहनुभएका कुनै पनि बिधाका कलाकार साथीहरु, अन्तराष्ट्रिय कलाकार मँच हामी तीब्र रफ्तारमा बिस्तार गर्दैछौ संसार भर। इच्छुक कलाकारले ईमेल वा फोन बाट संपर्क गर्न सक्नुहुन्छ । हरेक देशमा शाखा बनाउने, अमेरिकाको हकमा हरेक स्टेटमा शाखा बनाउने यो अभियानमा तपाईं पनि सरिक भएर कला र सँस्कृति रक्षाका लागि योगदान दिनुस् ।  
- रामप्रसाद खनाल, अध्यक्ष - 703-419-0924 (US)
- रमेश उप्रेती - महा सचिब - 443-824-2166
(US)
- प्रकाश नेपाल - सचिब एबम प्रबक्ता - 703-864-4141
(US)
ईमेल : internationalartistsforum@gmail.com , rampdkhanal@gmail.com

 

 अन्तरास्ट्रिय कलाकार मँचको केन्द्रिय कार्य समिती 

 

 

अन्तराष्ट्रिय कलाकार मँचको विधान -2008

धारा १:
यस संस्थाको नाम अन्तर्राष्ट्रिय कलाकार मंच, अंग्रेजीमा International Artists Forum रहने छ ।

धारा २ :
विधान भन्नाले अन्तर्राष्ट्रिय कलाकार मंचको विधान बुझिने छ ।

धारा ३ :

यो विधान तुरुन्त लागू हुने छ ।

धारा ४ :
परिभाषा :
- अन्तर्राष्ट्रिय कलाकार मंचको परिभाषा यस प्रकार हुने छ : कुनै पनि राजनितिक विचारबाट प्रेरित नभई विशुद्ध कलाकारहरुको लागि, कलाकारहरुको संगठन हुने छ मञ्च । यसमा कलाकारिताको कुनै पनि विधा अर्न्तर्गत पर्ने नेपाल वा जुनसुकै देशका इच्छुक कलाकारहरु समावेश हुन सक्ने छन् । यो नाफा रहित सामाजिक संस्था हुने छ । कलाकारहरुको हक हित, आपतविपतमा सहयोग, कलाकारको पीरमर्कामा बोल्ने, कला संस्कृतिकालागि काम गर्ने संस्था हुने छ मञ्च ।

- यस मञ्चमा चलचित्र, गीत संगीतका कुनै पनि विधा, नाट्य, हाँस्यव्यग्य, नृत्य वाध्यवादन वा कलाकारिताको कुनै पनि विधा अर्न्तर्गत पर्ने कलाकारहरु समावेश हुन सक्ने छन् ।
- पुनर्व्याख्या :
मन्चको केन्द्रिय कार्य समिती प्रती शाखा, च्याप्टर, उपशाखा उत्तरदायी र जबाफदेही हुनै पर्ने छ यसका अलावा उपशाखा हरु शाखा हरु प्रती पनि जबाफदेही हुनेछन। हरेक देशमा शाखा एउटा मात्र हुने छ भने देशका बिभिन्न शहरहरुमा, राज्यहरुमा ऊपशाखा खोल्न सकिने छ । उदाहरण का लागि नेपालमा नेपाल शाखा छ तर नेपाल शाखा समग्र नेपालको समिती हुने भएकोले बुटवल, नेपालगन्ज, बिराटनगर्, नारायणगढ लगायत का ठाउँ अन्य मा नेपाल शाखा अन्तर्गत नै उपशाखा हरु आबश्यकता अनुसार खोल्न सकिने छ यसका लागि केन्द्रको अनुमती लिएर वा शखाको अनुमती लिएर खोल्न सकिने छ।

यो अन्तरराष्ट्रिय कलाकार मन्च संसार भरिका कलाकारहरु को संगठन हुनेछ तर शुरु चरणमा नेपाली कलाकारहरु को पहल, सक्रियता र नेत्रित्वमा यो स्थापना भएकाले यसमा नेपाली कलाकार बढीहुनु स्वाभाबिक भएतापनि यसको अर्थ नेपाली कलाकार मात्र भन्ने हुने छैन । संसार को जुनसुकै देशको जुन सुकै बिधा को कलाकार पनि आबद्ध हुन सक्ने छ।

धारा ५ :
काम, कर्तव्य :

यस मञ्चको माथि परिभाषामा भनिए बमोजिम र कलाकारहरुको मित्रता बढाउने, कलाकारहरुबीच समन्वय गर्ने, संर्म्पर्क गर्ने, कलाकारहरुको हकहितका लागि निस्वार्थ, स्वतन्त्र ढंगले काम गर्ने, आपतविपतमा सहयोगका लागि वातावरण तयार गर्ने, कलाकारहरुको विषयमा आवस्यक परेको बेला बोल्ने एउटा माध्यम हुने छ मञ्च । यसले कलाकारहरुका लागि उपयुक्त हुने काम गर्ने छ र यसको कर्तव्य पनि त्यसै अनुसार हुने छ ।
धारा ६ :
मञ्चको गठन

- मञ्चको गठन कलाकारहरुबीच आपसी सल्लाह समन्वय, छलफल वैठक वा भेलाबाट गरिने छ । जसमा एक अध्यक्ष, बढीमा ५ उपाध्यक्ष , महा-सचिव एक, सचिव एक, सह सचिब एक र कोषाध्यक्ष एक रहने छन् । आवस्यकता अनुसार सँरक्ष्यक, सल्लाहकार र सम्मानित सदस्यहरु रहन सक्ने छन् । केन्द्रिय समिति वा शाखा, उप शाखा वा च्याप्टर कम्तिमा सात देखि बढीमा आवस्यकता अनुसारको संख्यामा पदाधिकारी एवं सदस्यहरु रहने गरि गठन हुने छ ।

- अमेरिकामा यसको केन्द्रिय समिति, केन्द्रिय कार्यालय रहने भएता पनि यसका सल्लाहकार, सदस्य वा पदाधिकारी अन्य देशबाट समेत रहन सक्ने छन् ।

- केन्द्रिय समितिका अलावा हरेक देशमा अन्तर्राष्ट्रिय कलाकार मञ्चका शाखाहरु रहने छन् । -जस्तैः नेपालमा खोलिने शाखालाई अन्तर्राष्ट्रिय कलाकार मञ्च, "नेपाल शाखा" भनिने छ ।)

- शाखाहरु केन्द्रिय समितिको परामर्शमा, वैठक नबसेका बेला अध्यक्षको परामर्शमा विस्तार हुन सक्ने छन् । सजिलोको लागि केन्द्रिय समिति वा वैठक नबसेका बखत अध्यक्ष, उपाध्यक्ष र महा-सचिव, सचिवले कुनै एक कलाकारलाई संयोजक तोकी भेला/वैठक डाक्न र शाखा खोल्न निर्देशन दिन सक्ने छन् ।

- शाखाहरुमा अध्यक्ष, महिला र पुरुष गरी 3 उपाध्यक्ष,, महा-सचिव एक, सचिव एक, कोषाध्यक्ष एक, सदस्य, संरक्षाक र सल्लाहकारहरु आवस्यकता अनुसार रहने छन् ।

- केन्द्रिय कार्य समितिको निर्वाचन हरेक चार बर्षमा एक पटक र शाखा, उपशाखा वा च्याप्टर को निर्वाचन हरेक दुई बर्षमा एक पटक हुने छ। भेलाद्धारा निर्वाचन हुनेछ ।

धारा ७ :
सदस्यता ः

· अन्तर्रर्ााट्रय कलाकार मञ्चको साधारण सदस्य हुन कुनै पनि कलाकारिता विधा अर्न्तर्गतगत कम्तिमा 1 वर्षकाम गरेको कलाकार हुनुपर्ने छ । सदस्यता दर्ुइ/दर्ुइ वर्षा नविकरण गर्नुपर्ने छ ।

· सदस्यता शुल्क केन्द्रिय समितिले तोके बमोजिम हुनेछ ।

धारा ८ :

माथि जेसुकै लेखिएको भएतापनि कलाकारहरुको लागि काम गर्ने, योगदान दिने, आर्थिक सहायता प्रदान गर्ने वा मञ्चले आवश्यक ठानेको व्यक्ति मञ्चको मानार्थ सदस्य हुन सक्ने छ भने केन्द्र र शाखाहरुमा एक मिडिया को-अर्डिनेटर वा प्रेस सल्लाहहकार समितिले नियुक्त गर्न सक्ने छ, वैठक बसेका बेला वैठकले र नबसेका बेला अध्यक्ष उपाध्यक्ष र महासचिवले यस्तो सल्लाहकार नियुक्त गर्न सक्ने छन् ।



धारा ९ :
काम, कर्तव्य र अधिकार

कलाकारहरुको दर्ुइ वर्षा एक पटक गरिने साधारण सभा/भेला र्सवाधिकार सम्पन्न हुने छ, यसले विधान संशोधन, निर्वाचन वा आवश्यक सवै कार्यको तय गर्न सक्ने छ । भेला सम्भव नभए कार्य समितिले गर्ने निर्ण्र्ााअन्तिम हुने छ । कार्यकाल दर्ुइ वर्षो भएता पनि भेला संभव नभए कार्य समितिले बढीमा दर्ुइ वर्षथप गर्न सक्ने छ ।

अध्यक्ष : अध्यक्ष संस्थाको प्रमुख हुनेछ, वैठकको अध्यक्षता गर्ने, नीति/निर्णय लिने, संस्थाको नेतृत्य गर्ने लगायतका आवश्यक कार्य अध्यक्षले गर्ने छ ।

उपाध्यक्ष : अध्यक्षको अनुपस्थितिमा अध्यक्षले गर्ने सवै कार्य उपाध्यक्षले गर्ने छ । अध्यक्ष बाहिर भएका बेला अध्यक्षले एक उपाध्यक्ष लाई फर्की नआउँदा सम्मका लागि कार्यबाहक तोक्न सक्ने छ र फर्किए पछी कार्यबाहक सोतह हत्ने छ ।

महा-सचिव : अध्यक्ष, उपाध्यक्ष को निर्देशानुसार काम गर्ने, वैठक डाक्ने, कार्यक्रम संचालन वा आवश्यक परे अध्यक्ष को निर्देशनमा, सहमतिमा कार्यकारी अधिकार समेत लिई महासचिवले काम गर्ने छ ।

सचिव : महासचिवको अनुपस्थितिमा महासचिवले गर्ने कार्य सचिवले गर्ने छ ।
सह सचिब : सचिवको अनुपस्थितिमा महासचिवले गर्ने कार्य सचिवले गर्ने छ ।
कोषाध्यक्ष : मञ्चको आर्थिक दायित्व सम्बन्धि कार्य अध्यक्ष, महासचिवको परामर्शमा कोषाध्यक्षले गर्ने छ ।

सदस्य : कार्य समितिको वैठकमा उपस्थित हुने, मञ्चको हरेक कार्यमा अग्रसर हुन, सदस्यलाई सम्मानित सदस्य भनिने छ । आवश्यक सवै काम गर्ने सदस्यको कर्तव्य हुने छ ।

सल्लाहकार : मञ्चको सल्लाहकारको कार्य मञ्चलाई सल्लाह/सुझाव दिनु, मञ्चका कार्यमा सघाउनु हुने छ ।
कार्य समितिकिो वैठक नबसेका बेला अध्यक्षको निर्ण्र्ााअन्तिम हुने छ ।
- कार्य समिती को बैठक समझदारिमा, उपस्थित भएर वा फोन कल बाट वा ईमेल वा स्काइप वा अन्य कुनै माधयम बाट गरिने छ । अध्यक्ष ले मात्र बैठक बोलाउन सक्ने छ।
धारा १० :
आर्थिक :

· मञ्चको लागि आवश्यक आर्थिक व्यय भार सहयोग, कार्यक्रम आयोजनाबाट उठेको रकम वा कार्य समितिले स्वीकार गर्ने कुनै पनि आयश्रोतको रकमबाट चलाईने छ ।

· यो नाफारहति/समामाजिक/स्वयंसेवी संस्था हुने छ ।

धारा ११ :
कार्यालय

मञ्चको केन्द्रिय कार्यालय, अमेरिकामा कार्य समितिले तोके बमोजिम र शाखा कार्यालय शाखाहरुले तोके बमोजिम हुने छ । शाखा कार्यालय स्थापना केन्द्रिय कार्यालयको संयोजन/संर्म्पर्कमा हुने छ ।

धारा १२ :

मञ्च ठूलो हुने भएकोले र सधै वैठक वस्न संभव नहुँदा मञ्चको कार्यमा बाधा नपरोस भन्नाका लागि अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिब कोषाध्यक्ष र कार्यसमितिले तोकेका अन्य सदस्य गरि एक सचिवालय समिति निर्माण गर्ने र साधारण सभा वा केन्द्रिय कार्य समितिको वैठक नबसेका बेला उक्त सचिवालय समतिकिो निर्ण्र्ााअन्तिम हुने छ ।

धारा १३ :

विधानमा उल्लेख नभएका कुनै पनि छुट कुराहरु साधारण सभा नबसेका बेला कार्य समितिले निर्ण्र्ाागरे बमोजिम हुने छ ।

धारा १४ :
कार्य समितिका अध्यक्षलाई साधारण सभा नबसेका बेला वा कार्य समिती बैठक नबसेका बेला मँच लाई आबस्यक परे बढी मा कुल संख्याको २५ प्रतिसत सदस्य मनोनयन गर्ने अधिकार हुनेछ जुन पछी बैठक वा सभाले पास गर्नु पर्ने छ।

धारा १५ :
बिशेष ब्यबस्था


केन्द्रिय कार्य समितिको संस्थापक अध्यक्ष संस्था रहुन्जेल सधैं मानार्थ अध्यक्ष का रुपमा बरियताको क्रममा कार्यकाल पछी पनि दोस्रो हैसियतमा रहने छ र बहाल वाला अध्यक्ष ले संस्था को हितमा कार्य गर्न नसके, वा कुनै गलत कार्य गरे वा कार्य समितिका ५१ प्रतिसत सदस्यले अनुरोध गरेमा संस्था बचाउन का लागि कार्यकारी अधिकार लिन र संस्था को हितमा नयाँ ब्यबस्था गर्न सक्ने बिशेष अधिकार हुनेछ किनकी संस्थापक अध्यक्ष्य मँच को जन्मदाता, कन्सेप्ट मेकर, अभिभाबक रहेकाले संस्था प्रती सधैं उत्तरदायी हुनेछ । कुनै कार्य समितिका बैठक वा साधारण सभा संस्थापक अध्यक्ष बिना सन्चालन हुने छैनन । संस्थाको प्रमुख अध्यक्ष हुनेछ र संस्थाका हरेक पदाधिकारी तथा सदस्यहरु, शाखा तथा च्याप्टर हरु केन्द्रिय अध्यक्ष वा संस्थापक अध्यक्ष प्रती जबाफदेही, उत्तरदायी हुने छन । संस्था मा अनुशासन कायम राख्न यो ब्यबस्था गरिएको हो । मँच को केन्द्रिय कार्य समितिका हरेक पदाधिकारी, सदस्यले संस्थाको प्रतिनिधित्व गरेर कुनै काम गर्दा अध्यक्ष वा संस्थापक अध्यक्ष लाई अनिबार्य रुपमा जानकारी दिएर गरेको हुनुपर्ने छ अन्यथा त्यो अबैध मानिनेछ ।
*
**

No comments: