Thursday, March 1, 2012

नेदरल्यान्डस देशमा पनि अन्तराष्ट्रिय कलाकार मन्चको शाखा गठन

 अमेरिकामा केन्द्रिय कार्यालय रहेको, संसारका २२ देशमा पुगिसकेको अन्तरराष्ट्रिय कलाकार मँचलाई छाता संगठन को रुपमा ग्रहण गर्दै यसको बिधान र निती नियम पालना गर्ने गरी  अन्तराष्ट्रिय कलाकार मन्चको शाखा नेदरल्यान्डसमा समेत बिस्तार भएको छ । "कला र संस्कृतिको प्रवर्द्धन र कलाकारहरुको
हितको लागि विश्वभरका कलाकार तथा कलाप्रेमीहरु एकजुटौ बनौं" भन्ने मूल उद्देश्यसहित स्थापित अन्तराष्ट्रिय कलाकार मन्चको शाखा नेदरल्यान्डसमा समेत बिस्तार भएको हो । नेदरल्यान्डसमा रहेका
कलाकारहरुको हकहित संरक्षण गर्न र उनीहरुको प्रतिभालाई अन्तराष्ट्रियस्तरमा अझ बढि सशक्तरुपमा प्रस्तुत गर्नका लागि यहाँका कलाकारहरु एउटै संस्थागत छाता मुनि रहनु उचित हुने  आवश्यकतालाई मध्यनजर गर्दै अन्तराष्ट्रिय कलाकार मन्च (International Artists Forum) को शाखा गठन गरी सोही संस्थाको छातामुनि रहने निर्णयबमोजिम नेदरल्यान्डसमा रहेका कलाकार तथा कलाप्रेमी व्यक्तित्वहरुको सहभागीतामा मन्चको नेदरल्यान्डस शाखा (International Artists Forum, Netherlands Branch)  गठन गरिएको हो । नारायणी कला मन्दिरबाट वाल्यावस्थादेखिनै गायन, नृत्य र अभिनय यात्रालाई अघि बढाएकी र नेदरल्यान्डमा समेत संगीत तथा गायन क्षेत्रमा समर्पित रहदै आउनु भएकी कलाकार श्री साबित्री रिजालको अध्यक्षतामा गठित मन्चको शाखामा सांगीतिक जीवनका उच्च सधाकहरुको सहभागिता रहेको छ । वर्षौंदेखि नेपाली संगीतलाई विश्वव्यापिरुपमा परिचित गराउन अग्रसर रहनुभएका अथक संगीतसाधक श्री सरद जोशी र गीत संगीतलाईनै सर्वस्व मान्दै यसै विधामा आफूलाई पूर्णरुपमा समर्पित गराउनुभएका नेपाल तारामा टप आठ (Top Eight) मा पर्न सफल गायक श्री गोपाल खरेल (RG Kharel) शाखाको उपाध्यक्ष  रहनुभएको छ भने विभिन्न पुस्तक तथा पत्रपत्रिकाहरुमा गीत, गजल र नाटक आदि लेखेर चर्चाको शिखरमा रहनु भएका लेखन क्षेत्रका एउटा कुशल व्यक्तित्व श्री चन्द्र शम्सेर केसी शाखाको महासचिवको  र राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा नेपाली वाध्यवादन र गायनलाई परिचित गराउन लागिपर्नुभएका युवा गायक तथा संगितकार श्री बिनोद श्रेष्ठ शाखाको सचिवमा चयन हुनुभएको छ । त्यस्तै नेदरल्यान्डमा रहि आफ्नो परिवारका सम्पूर्ण सदस्यहरुलाईनै कला क्षेत्रमा समर्पित गराउने मात्र नभै वर्षौदेखि आफूलाई संगीत संयोजकका रुपमा समर्पित गराउदै आउनुभएका डिजे हिमालका नामले परिचित श्री हिमाल गुरुङ शाखाको कोषाध्यक्ष रहनुभएको छ ।
 त्यस्तै नेपालका ज्यादैनै कुशल वाध्यवादकका रुपमा रहेर काम गरिसक्नु भएका र धेरै वर्षअघिदेखि नेदरल्यान्डसमा रही यहाँका सांगीतिक कार्यक्रमहरुमा जोडदाररुपमा आफ्नो सांगीतिक प्रस्तुतिहरुको प्रदर्शन गर्दै आउनुभएका बिनोद श्रेष्ठ, गायन, वाध्यवादन (बिशेष गरी बाँसुरीवादन) अभिनय तथा नृत्य लगायतका सबै क्षेत्रमा उत्तिकै कुशल कलाकारकोरुपमा आफ्नो परिचय बनाइसक्नुभएका श्री सन्तोष चिलवाल, उपसना लगायतका गीति एल्बमहरु निकाली सक्नुभएका र धेरै नेपाली चलचित्रहरुमा समेत गीतहरु लेखिसक्नुभएका  तथा अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेदरल्यान्डस च्याप्टरका अध्यक्षसमेत रहनुभएका उच्च प्रतिभाशाली युवा गीतकार श्री सूर्यराज गिरी, युरोपस्तरीय नृत्य प्रतियोगिता-२०११ कि प्रथम पुरस्कार बिजेता श्री रोजी कार्की, प्रतिभाशाली युवा कलाकारहरु श्री संजिता संग्रौला, सरिता गैरे तथा श्री सरिता हुमागाई  शाखाको कार्यकारी सदस्य पदमा रहनुभएको छ । शाखामा पदासिन पदाधिकारीहरुको नामवली देहायानुसार रहेको छ ।
 श्री साबित्री रिजाल -    अध्यक्ष
श्री सरद जोशी -         उपाध्यक्ष
श्री गोपाल खरेल -       उपाध्यक्ष
श्री चन्द्र शम्सेर केसी - महासचिव
श्री बिनोद श्रेष्ठ -        सचिव
श्री हिमाल गुरुङ -      कोषाध्यक्ष
श्री बिनोद श्रेष्ठ -       कार्यकारी सदस्य
श्री सूर्यराज गिरी -     कार्यकारी सदस्य
श्री सन्तोष चिलुवाल - कार्यकारी सदस्य
श्री संजिता संग्रौला -   कार्यकारी सदस्य
श्री सरिता हुमागाई -   कार्यकारी सदस्य
श्री रोजी कार्की -        कार्यकारी सदस्य
श्री सरिता गैरे-          कार्यकारी सदस्य
 शाखाका काम कारवाहीहरुलाई चुस्त, सहज र सफलरुपमा संचालन गर्न आवश्यक सुझाव तथा सल्लाह प्रदान गर्नका लागि संस्थागत तथा व्यक्तिगतरुपमा समेत नेपाली भाषा, कला र संस्कृतिको जगेर्ना र प्रवर्द्धनमा कृयाशिल व्यतित्वहरु रहनुभएको एक सल्लाहाकार समितिसमेत चयन गरिएको छ ।  वर्षौदेखि नेपाली कलाकारहरुलाई नेदरल्यान्डसमा ल्याई विभिन्न कार्यक्रम गर्दै आउनुभएका र स्वयम पनि नेपाल टेलिभिजनद्वारा प्रसारण हुने झ्याईकुटि झ्याई लगायतका टेलिसिरियलहरुमा अभिनय गरिसक्नुभएका नेपाल समाज नेदरल्यान्डसका प्रेसिडेन्ट श्री श्रीधर पाण्डे, विभिन्न सडक नाटक तथा रङगमन्चमा अभिनय गरिसक्नुभएका कलाकारका साथै कला, संस्कृति र कलाकारहरुको उच्च सम्मान गरिनुपर्छ भन्ने कुरामा पूर्ण समर्थन जनाउदै आउनुभएका गैर-आवासीय नेपाली संघ नेदरल्यान्डसका नेशनल कोअर्डिनेटर श्री श्रीराम कँडेल,  नेपाली संगीतलाई आत्मादेखि माया गर्नुहुने र यसको बिकासको लागि अग्रसर व्यक्तित्वकारुपमा रहनुभएका गैर-आवासीय नेपाली संघ नेदरल्यान्डसका कार्यकारी सदस्य श्री बिनोद गौतम,  पुराना संगीतकार तथा हिमचुली कला केन्द्रका प्रमुख संयोजक श्री राम बुढाथोकी, प्रसिद्ध गायिका स्व. तारादेवीको "निर्दोष तिम्रो पछ्यौरीमा दोष केवल अल्झि आयो" जस्ता ज्यादैनै चर्चित गीतका गीतकार एवं वरिष्ठ कलाकार श्री रेनु थापा, डच नागरिक भए पनि नेपाली कला र संस्कृतिलाई अतिनै माया गर्ने नेदरल्यान्डसका कुशल पियानिस्ट तथा पुराना गायक  डा. श्री पिटर भि. रोयन,  नृत्य  विधामा युरोपमै निकै चर्चाको शिखरमा रहनुभएकी कलाकार श्रीमती जोका ए. एहरमन, वरिष्ठ गायिका बिमला श्रेष्ठ तथा भुटानिस नेपाली कम्युनिटीका तर्फबाट  इन्जिनीयर श्री डिपी मैनाली  लगायतका महानुभावहरु शाखाको सल्लाहाकारको रुपमा रहनुभएको छ । शाखाको सल्लाहाकार समितिमा रहनुहुने पदाधिकारीको नामावली देहायानुसार छ ।
डा. पिटर भि. रोयन
श्रीमति जोका बदियाने भि. एहरमन
श्री श्रीधर पाण्डे
श्री श्रीराम कँडेल
श्री बिनोद गौतम
श्री राम बुढाथोकी
श्री रेनु थापा
इन्जिनीयर श्री डिपी मैनाली
श्री बिमला श्रेष्ठ
अन्तराष्ट्रियस्तरमा कला र संगीतको बिकास तथा प्रवर्द्धन गर्ने कार्यका लागि अन्तराष्ट्रिय कलाकार मन्चले निकै राम्रो कार्यहरु सुरुवात गरेको र अब नेदरल्यान्डस शाखाबाट समेत कला र कलाकारको हकहितको लागि ठोस कार्ययोजना बनाई अघि बढ्नुपर्ने आवश्यकता भएकोले यसकालागि आफूहरु कटिवद्ध भएर लागिपर्ने प्रतिवद्धता  शाखाका नव-नियुक्त अध्यक्ष श्री साबित्री रिजालले व्यक्त गर्नुभएको छ । आपसी सदभाव र सहकार्यको अपरिहार्यतालाई संस्थाले संधै उच्च महत्वका साथ लिने धारणा राख्नुहुँदै उहाँले यसकार्यका लागि सम्बन्धित सबैसँग हातेमालो गरेर अघिबढ्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । सांस्कृतिक क्षेत्र ज्यादै अथाह हुने  परिप्रेक्षलाई बुझेर सोहिअनुसार अघिबढ्न आफूहरु सधैं प्रतिवद्ध रहने बिचार उपाध्यक्ष द्वय श्री सरद जोशी र श्री गोपाल खरेलले राख्नुभयो । नेपाली संस्कृति संरक्षण र प्रवर्द्धनका लागि कलाकारहरुलाई व्यबसायिक बनाउनेतर्फ शाखाले बिशेष ध्यान दिने प्रतिवद्धता समेत जाहेर गर्दै उहाँहरुले नेपाली संस्कृतिलाई उन्नत र परिचित बनाउन विभिन्न मुलुकहरुसँग सांस्कृतिक सहकार्य अनिवार्य हुने कुरालाई औंल्याउदै यसका लागि केन्द्र र युरोप महाशाखाले समेत विषेश पहल गर्नुपर्ने धारणा समेत राख्नुभएको थियो । 
अन्तराष्ट्रिय कलाकार मन्चको बाईसौं शाखाको रुपमा नेदरल्यान्डसमा शाखा गठन हुँदा आफूहरुलाई ज्यादै खुशी लागेको बिचार  मन्चका युरोप महाशाखाका अध्यक्ष श्री निता श्रेष्ठ, उपाध्यक्ष पुष्प बरुवाल, महा सचिब उज्ज्वल केसीले  व्यक्त गर्नुभएको थियो । उहाँहरुले नवगठित समितिका सम्पूर्ण सदस्यहरुलाई हार्दिक बधाई दिनुका साथै उहाँहरुको कार्यसफलताको लागि शुभकामना दिदै सांस्कृतिक तथा सांगीतिक बिकासका लागि सम्बन्धित सबै पक्ष तथा निकायहरुसँग सहकार्य गरी अघिबढ्न शाखा सधैं तयार रहन सुझाव समेत दिनुभएको थियो । यसै बिच अन्तरराष्ट्रिय कलाकार मँच का तर्फबाट उक्त शाखालाई मान्यता प्रदान गरिएको बताउँदै मँचका केन्द्रिय अध्यक्ष रामप्रसाद खनालले अमेरिकामा प्रकासित प्रेस रिलिजमा भन्नुभएकोछ "नब निर्बाचित सबै पदाधिकारी तथा सदस्यहरुलाई मँच केन्द्रिय समिती हार्दिक बधाई दिन चाहन्छ, आगामी दिनमा कला र सँस्कृतिका लागि  सबैलाई समेट्दै यो शाखाले निस्वार्थ ढंगले काम गर्ने कुरामा हामी पूर्ण बिस्वस्त छौं र कार्यकालको पूर्ण सफलताका लागि शुभकामना पनि दिन चाहन्छौं । युरोपमा मँचका गतिबिधिलाई अघी बढाउन युरोपका बिभिन्न देशमा खुलेका शाखा हरुलाई आग्रह गर्दै युरोपमा त्यसको लागि युरोप शाखाले महत्वपूर्ण भूमिका निभाउन सकोस केन्द्रको यही चाहना छ"        
https://mail-attachment.googleusercontent.com/attachment/u/0/?ui=2&ik=039196dc56&view=att&th=135ceb39808f47eb&attid=0.1&disp=inline&safe=1&zw&saduie=AG9B_P9SVFPQlVzpDMDz_wd4FQdO&sadet=1330616048243&sads=Wo3Zzxf0VlCNh0ZkKeyQpu46v2M&sadssc=1 

अन्तराष्ट्रिय कलाकार मँचको अत्यन्त जरुरी सुचना !

 
अमेरिका वा सँसारका कुनै पनि देशमा रहनुभएका कुनै पनि बिधाका कलाकार साथीहरु,
अन्तराष्ट्रिय कलाकार मँच हामी तीब्र रफ्तारमा बिस्तार गर्दै छौ संसार भर। इच्छुक कलाकार ले ईमेल वा फोन बाट संपर्क गर्न सक्नुहुन्छ । हरेक देशमा शाखा बनाउने, अमेरिकाको हकमा हरेक स्टेट मा शाखा बनाउने यो अभियान तपाईं पनि सरिक भएर कला र सँस्कृति रक्षा का लागि योगदान दिनुस् ।
- राम प्रसाद खनाल, अध्यक्ष - 703-419-0924
- रमेश उप्रेती - महा सचिब - 443-824-2166
- प्रकाश नेपाल - सचिब एबम प्रबक्ता - 703-864-4141
ईमेल : internationalartistsforum@gmail.com

अन्तराष्ट्रिय कलाकार मँचको शाखा वा च्याप्टर गठन गर्न निम्न कुराहरु अनिबार्य हुनुपर्छ ।

१ - एउटा देशमा एउटा मात्र शाखा हुनेछ । यदी दोस्रो शाखा खोल्न परेमा मँचको केन्द्र सँग अनुमती लिएर शहर स्तरिय उपशाखा खोल्न सकिने छ ।
२- एउटै देशका बिभिन्न शहरहरुमा शहर स्तरिय च्याप्टर खोल्न सकिने छ ।
३- केन्द्रको अनुमती लिएर, कम्ती मा सात जना र बढीमा आवश्यकता अनुसार  रहने गरी :
गीत, संगीत, न्रित्य, चलचित्र, नाट्य, हाँस्य वा कलाका कुनै पनि बिधा मा सम्बद्ध कलाकार भए सम्म कलाकार र सो नभएमा कला र सँस्कृतिलाई माया गर्ने, सक्रिय योगदान दिन सक्ने मध्येबाट छानी भेला वा बैठकबाट मँचको शाखा, च्याप्टर वा उपशाखा स्थापना गर्न सकिनेछ ।
४- केन्द्रमा बिधान अनुसार र बाहिर नयाँ शाखा स्थापना गर्दा कम्तीमा निम्नानुसार हुनुपर्ने छ :
* अध्यक्ष - एक
* उपाध्यक्ष - कम्तिमा एक र बढीमा तीन जना सम्म मात्र
* महा सचिब - एक
* सचिब - एक राख्न सकिने ( अनिबार्य छैन )
* कोसाध्यक्ष - एक
* सदस्यहरु - आवश्यकतानुसार राख्न सकिने
* सल्लाहकार - आवश्यकतानुसार राख्न सकिने ( अनिबार्य छैन )
संरक्षक - एक राख्न सकिने  (अनिबार्य छैन )

यो अन्तराष्ट्रिय कलाकार मँच भएकाले यसमा नेपाली मात्र होइन बिदेशि कलाकार पनि समाबेश गर्न सकिने छ । 
* दुई भन्दा बढी देश गाभेर वा महादेश स्तरिय महाशाखा पनि बनाउन सकिने छ त्यसले पनि अन्य शाखा वा च्याप्टरले जस्तै केन्द्रको निती निर्देशन र बिधान अनुरुप चल्नुपर्ने छ ।  
याद राख्नुहोला गठन भएपछी कार्य समितिको कार्यकाल २ बर्षको हुने छ र हरेक बर्ष महाशाखा, शाखा वा उपशाखा वा च्याप्टरले कम्तिमा २ वटा कला र सँस्क्रिती सम्बन्धि वा साँस्कृतिक कार्यक्रम गरी केन्द्रलाई त्यसको जानकारी दिनुपर्ने छ। अन्य जानकारी www.iafusa.blogspot.com मा हेर्न...सक्नुहुने छ । केही जिज्ञासा, सरोकार वा प्रश्न भए ईमेल गर्न वा फोन गर्न सक्नुहुने छ ।    

अन्तराष्ट्रिय कलाकार मँचको अत्यन्त जरुरी सुचना !

अमेरिका वा सँसारका कुनै पनि देशमा रहनुभएका कुनै पनि बिधाका कलाकार साथीहरु, अन्तराष्ट्रिय कलाकार मँच हामी तीब्र रफ्तारमा बिस्तार गर्दैछौ संसार भर। इच्छुक कलाकारले ईमेल वा फोन बाट संपर्क गर्न सक्नुहुन्छ । हरेक देशमा शाखा बनाउने, अमेरिकाको हकमा हरेक स्टेटमा शाखा बनाउने यो अभियानमा तपाईं पनि सरिक भएर कला र सँस्कृति रक्षाका लागि योगदान दिनुस् ।  
- रामप्रसाद खनाल, अध्यक्ष - 703-419-0924 (US)
- रमेश उप्रेती - महा सचिब - 443-824-2166
(US)
- प्रकाश नेपाल - सचिब एबम प्रबक्ता - 703-864-4141
(US)
ईमेल : internationalartistsforum@gmail.com , rampdkhanal@gmail.com

  

No comments: