Wednesday, July 18, 2012

अन्तराष्ट्रिय कलाकार मँचद्वारा भारतका मात्र नभै संसार भर चर्चित दुई बिशिस्ठ कलाकारहरु राजेश खन्ना र दारा सिँह प्रती हार्दिक श्रद्धा सुमन प्रकट

अन्तराष्ट्रिय कलाकार मँचले एक प्रेस रिलिज जारी गर्दै भर्खरै मात्र  निधन भएका भारतका मात्र नभै संसार भर चर्चित दुई बिशिस्ठ कलाकारहरु राजेश खन्ना र दारा सिँह प्रती हार्दिक श्रद्धा सुमन प्रकट गरेको छ । कला र सँस्कृतिको लागि जिबन भर योगदान दिएका यि दुई हस्ती को जती प्रसँशा गरेपनी कम हुन्छ भन्दै मँचले वहाँहरुको योगदान लाई ईतिहासले कहिलै बिर्सिने छैन भनेको छ । मँचमा आबद्ध संसार भर छरिएर रहेका कलाकारहरु र मँचका २५ देशमा बिस्तारित सबै शाखा, महा शाखाका तर्फबाट अध्यक्ष रामप्रसाद खनालले अमेरिकामा जारी गर्नुभएको प्रेस रिलिजमा भनिएको छ "राजेश खन्ना र दारा सिँह जस्ता कलाकारहरु मरेर पनि दर्शकहरुको मन मुटुमा सधैं  बाँचिरहनेछन र उनिहरुले देखाएको बाटोमा अरु कलाकारहरु हिंड्ने छन, यस दु:खद घडीमा हामी दुबै महान कलाकारहरु प्रती
श्रद्धान्जली प्रकट गर्दै शोक सन्तप्त परिवार जनमा हार्दिक समबेदना प्रकट गर्दछौं"      
             

No comments: