Wednesday, October 10, 2012

विश्व भर आफ्नो सन्जाल फैलाउदै कला र संस्कृतिका लागि काम गरिरहेको अन्तराष्ट्रिय कलाकार मंचको स्विजरल्याण्ड देशमा पनि शाखा गठन, मँच संसार का २९ देश मा बिस्तार

           विश्व भर आफ्नो सन्जाल फैलाउदै कला र संस्कृतिका लागि काम गरिरहेको अन्तराष्ट्रिय कलाकार मंचको स्विजरल्याण्ड देशमा पनि शाखा गठन भएको छ, यो सँगै अन्तराष्ट्रिय कलाकार मँच संसार का २९ देश मा बिस्तार भएको छ । स्विजरल्याण्ड शाखा उनान्तिसौ शाखा हो ।   स्विजरल्याण्ड शाखा मा निम्नानुसार  हुनुहुन्छ :
 सल्लाहकार - जंगम खडका 
सल्लाहकार - नाशिर सरिफ्फी 
अध्यक्ष - कृष्ण सापकोटा 
उपाध्यक्ष - शशी शंकर यादव 
महासचिव - भास्कर अधिकारी
सचिव - इश्वर बर्तौला 
कोषाध्यक्ष - गौरी गुभाजु 
सदस्य - लक्ष्मी थपलिया 
सदस्य - नबराज घिमिरे 
अन्तराष्ट्रिय कलाकार मँच युरोप महाशाखाका अध्यक्ष उज्ज्वल केसी र शाखा परिवार को कृयाशिलतामा स्थापित उक्त शाखालाई अन्तराष्ट्रिय कलाकार मँच अमेरिका ले बिधान अनुसार स्विक्रिती एबम मान्यता प्रदान गर्ने निर्णय गरेको कुरा मँच का प्रबक्ता एबम केन्द्रिय सचिब प्रकाश नेपाल ले बताउनुभएको छ ।
नेपालका अनुसार यो शाखाले पनि कला र संस्कृतिका लागि उदाहरणिय काम गर्न सकोस भन्दै मंचका केन्द्रिय अध्यक्ष रामप्रसाद खनाल ले नब निर्बाचित सबैलाई बधाई र शुभकामना दिनुभएको छ । 

No comments: