- रवि रोषी, दोहा

एउटै छातामा समेट्ने हेतुले मञ्चको आवश्यकता रहेको बताएका थिए । संस्थागत रुपमा समेटिएर अघि बढ्न सकेमा कला संग आवद्ध कलाकर्मीहरुलाई परेको बिपत्ती तथा अन्य सहयोग गर्न र कलाकै क्षेत्रमा पनि एकजुट भई काम गर्दा सफलता हात पर्ने कुरा तामाङले बताएका थिए । प्रारम्भिक कमिटीमा आवद्ध सम्पुर्ण सदस्यहरुको आफु संलग्न र कलासंग सम्बद्ध प्रतिभालाई सबैमाझ प्रोजेक्टरबाट प्रस्तुत गरीएको थियो । अमेरिकामा केन्द्रिय कार्यालय रहेको सो मञ्चमा ४८ सदस्य रहेका छन् भने कतारमा चाहिँ संरक्षक, सल्लाहकार तथा मिडिया सल्लाहकार सहित १६ सदस्यीय समिती गठन भैसकेको छ । कलाकारहरुको हक हित र आपकालिन अवस्थाको लागि कल्याण कोषको आवश्यक पर्ने भएको हुनाले कल्याण कोष स्थापना गरिएको बारेमा पनि संरक्षक तथा कार्यक्रम सञ्चालक निराजन भण्डारीले सोही समय सबैमाझ घोषणा गरेका थिए । सो कार्यक्रमको समुद्घाटन नेपाली
राजदुतावासकी महामहिम राजदुत डा. माया कुमारी शर्माले मञ्चमा आवद्ध सम्पुर्ण समितीहरुको तस्वीर अंकित केक काटी गरेकी थिईन् । विभिन्न मनोरञ्जनात्मक खेल सहित गायन तथा नृत्यको साथै कलाकारहरुले अभिनयकला पनि प्रस्तुत गरी उपस्थित सवैलाई मनोरञ्जन दिएका थिए । रेडियोकर्मी तथा कार्यक्रम निर्माता निराजन भण्डारीको संरक्षकत्वमा गठित सो मञ्चमा नायिका तथा मोडेल सोविता सिंखडा अध्यक्ष, उपाध्यक्षमा चलचित्र निर्देशक भविन्द्र तामाङ, महासचिवमा मोडेल तथा नायक विष्णु कार्की, कोषाध्यक्षमा लोक गायिका देविका केसी रहेका छन् । त्यस्तै गरी सदस्यहरुमा दामोदर गौतम, राज न्यौपाने, भानु शर्मा, उद्धव राई र अमित बराईली रहेका छन् भने सल्लाहकारहरुमा सागर नेपाल, नरेन्द्र सेन, प्रकाश गुरुङ र हरि पुनका साथै मिडिया सल्लाहकारमा रवि रोषी रहेका छन् ।
with Best Regards
Shobita Simkhada
Iaf Qatar.
974-70271657
No comments:
Post a Comment