Thursday, July 26, 2012

अन्तराष्ट्रिय कलाकार मँच युरोप महा शाखा पुनर्गठन

संसार का २५ भन्दा बढी देशमा अन्तराष्ट्रिय कलाकार मँचको शाखा बिस्तार, बिस्तारको क्रम जारी

अन्तराष्ट्रिय कलाकार मँचको बिधान बमोजिम, केन्द्रिय कार्यसमितिको निती र निर्देशन लाई अनुशरण गर्दै मँच को युरोप महा शाखाका काबा अध्यक्ष उज्ज्वल केसीको पहलमा युरोप बासी कलाकार हरुको भेला, समझदारिमा महाशाखा को तदर्थ समिती लाई बिघटन गरी अन्तरराष्ट्रिय  कलाकार मँच युरोप महा शाखा पुनर्गठन गरिएको छ । पुनर्गठित कार्यसमितिमा निम्नानुसार कलाकारहरु रहनुभएको मँचको युरोप महा

Friday, July 20, 2012

अन्तराष्ट्रिय कलाकार मंच इजरायल शाखाले भब्य रुपमा सांकृतिक कार्यक्रम सम्पन्न

यहि जुलाई १३ तारिख शुक्रबार अन्तराष्ट्रिय कलाकार मंच इजरायल शाखाले भब्य रुपमा सांकृतिक कार्यक्रम सम्पन्न गरेको छ,नेपाली नारिआवज इजरायल र सत्य साही केन्द्र इजरायलले इजरायलमा रहेका नेपाली हरुको भैपरी आउने सहयोगको लागि आयोजना गरेको सो कार्यक्रममा कलाकार मंचले बिबिध रोचक प्रस्तुतिको साथ हास्य व्यंग्य प्रस्तुत गरेको थियो,कलाकार मंचको सास्कृतिक कार्यक्रम पछी नेपाली फिल्म स्वीकार प्रदर्शन गरिएको थियो! सोही चलचित्रका निर्माता तथा निर्देशक श्री,रबी अर्यालको पनि उपस्थिती थियो!यसै गरी नेपाली नारी आवाज कि अध्यक्ष श्रीमती,अंबिका क्षत्री,श्री सत्य शाइ केन्द्र कि अध्यक्ष शु-श्री,नेहा गुरुङ साईराम पनि उपस्थिती हुनु भएको थियो !उक्त कार्यक्रम एक्दमै रोचक भएको र चलचित्र पनि सन्देश मुलक रहेको दर्शकहरुको भनाइ थियो !कार्यक्रमको अन्तमा सबै दर्शकहरु हर्शलाह्स पूर्ण आयोजक टीम लाई धन्न्यबाद दिदै आ-आफ्नो गन्तब्य स्थान तिर लागेका थिए ! अन्तराष्ट्रिय कलाकार मंच इजरायल शाखाका सबै पदाधिकारी तथा सदस्य हरु र सहयोगीहरुलाइ यो सफल कार्यक्रम का लागि धन्यवाद र बधाई मँचको केन्द्रिय समितिको तर्फबाट पनि । स्मरण रहोस इजरायल शाखाले अब तिज को उपलक्ष्य मा पनि इजरायलमा भब्य कार्यक्रमको आयोजना गरेको छ ।      http://www.youtube.com/watch?v=7Z4CzG3eVyE&feature=player_detailpage .


Wednesday, July 18, 2012

अन्तराष्ट्रिय कलाकार मँचद्वारा भारतका मात्र नभै संसार भर चर्चित दुई बिशिस्ठ कलाकारहरु राजेश खन्ना र दारा सिँह प्रती हार्दिक श्रद्धा सुमन प्रकट

अन्तराष्ट्रिय कलाकार मँचले एक प्रेस रिलिज जारी गर्दै भर्खरै मात्र  निधन भएका भारतका मात्र नभै संसार भर चर्चित दुई बिशिस्ठ कलाकारहरु राजेश खन्ना र दारा सिँह प्रती हार्दिक श्रद्धा सुमन प्रकट गरेको छ । कला र सँस्कृतिको लागि जिबन भर योगदान दिएका यि दुई हस्ती को जती प्रसँशा गरेपनी कम हुन्छ भन्दै मँचले वहाँहरुको योगदान लाई ईतिहासले कहिलै बिर्सिने छैन भनेको छ । मँचमा आबद्ध संसार भर छरिएर रहेका कलाकारहरु र मँचका २५ देशमा बिस्तारित सबै शाखा, महा शाखाका तर्फबाट अध्यक्ष रामप्रसाद खनालले अमेरिकामा जारी गर्नुभएको प्रेस रिलिजमा भनिएको छ "राजेश खन्ना र दारा सिँह जस्ता कलाकारहरु मरेर पनि दर्शकहरुको मन मुटुमा सधैं  बाँचिरहनेछन र उनिहरुले देखाएको बाटोमा अरु कलाकारहरु हिंड्ने छन, यस दु:खद घडीमा हामी दुबै महान कलाकारहरु प्रती
श्रद्धान्जली प्रकट गर्दै शोक सन्तप्त परिवार जनमा हार्दिक समबेदना प्रकट गर्दछौं"