Monday, January 13, 2014

इजरायलमा अन्तराष्ट्रिय कलाकार मंचको भब्य साँस्कृतिक कार्यक्रम सम्पन्न, प्रशान्त तामाङ, अमित पौल लगायतका कलाकारको बेजोड प्रस्तुती


अन्तराष्ट्रिय कलाकार मंच इजरायल शाखा र नमस्ते  इन्टरटेनमेन्ट एसोसियसन प्रा. लि.को संयुक्त प्रस्तुति ''नेपाली साँझ २०१४ '' कार्यक्रम भब्यताको साथ सम्पन्न भएको छ । उक्त कार्यक्रमको प्रमुख अतिथि महामहिम राजदुत  प्रल्हाद कुमार प्रसाई हुनुहुन्थ्यो भने कार्यक्रमको सभापतित्व अन्तराष्ट्रिय 
कलाकार मंच इजरायल शाखाका अध्यक्ष सुनिता पाख्रिनले गर्नुभएको थियो । त्यस्तै गरि इजरायलमा रहेका संघ संस्थाका पदाधिकारीहरु अतिथिको रुपमा रहनुभएको थियो |कलाकार इण्डियन आइडल  प्रशान्त तामांग , अमित पौल
र गोम्पो शेर्पा को बेजोड प्रश्तुतिले सम्पूर्ण संगीत् प्रेमीहरुको मन  जित्नु भएको थियो भने स्थानीय कलाकारहरुको पनि उत्तिकै मनोरन्जनात्मक प्रस्तुति रहेको थियो | करीब  साढे पाँच सय जनाको सहभागिता रहेको उक्त कार्यक्रममा, उपस्थित सम्पूर्ण महानुभावहरुलाई  कार्यक्रममा  स्वागत गर्नुहुदै  नमस्ते  इन्टरटेनमेन्ट एसोसियसन प्रा. लिको प्रबन्ध निर्देशक श्री पाल्देन शेर्पाले कार्यक्रममा उपस्थितिको लागि धन्यबाद अर्पण गर्नुको साथै अन्तराष्ट्रिय नयाँ बर्षको शुभकामना पनि ब्यक्त गर्नु भएको थियो, प्रमुख अतिथि , सभापति र नमस्ते  इन्टरटेनमेन्ट एसोसियसन प्रा. लिको प्रबन्ध निर्देशकले  भगवानको मुर्तिमा खादा अर्पण गरि नेपाली साँझ कार्यक्रमको शुरुवात गर्नु भएको  थियो उक्त कार्यक्रम अन्तराष्ट्रिय कलाकार मंच इजरायल शाखा महा सचिब  उर्मिला लामाले संचालन गर्नु भएको  थियो | 
कार्यक्रम भब्य रुपमा सम्पन्न गर्ने अन्तराष्ट्रिय कलाकार मंच इजरायल शाखा परिवारलाई मँचको केन्द्रिय समितिका तर्फबाट अध्यक्ष रामप्रसाद खनालले हार्दिक बधाई र धन्यवाद ज्ञापन गर्नुभएको छ । आगामी दिनमा पनि यसरी नै शाखाहरुको कृयाशिलता देख्न पाइयोस खनालले भन्नुभएको छ । वहाँले  अन्तराष्ट्रिय कलाकार मंच इजरायल शाखासँग मिलेर कार्यक्रम गर्ने नमस्ते  इन्टरटेनमेन्ट एसोसियसन प्रा. लि. लाई पनि बिशेष धन्यवाद प्रकट गर्नुभएको छ ।       















No comments: