Saturday, November 16, 2013

अन्तराष्ट्रिय कलाकार मँच का सम्पूर्ण महा शाखा एबम शाखा उपशाखा हरुलाई अत्यन्त जरुरी सूचना !

संसार भर फैलिएका जुन सुकै क्षेत्रका कलाकारहरु (गायक, न्रित्यकार, संगीतकार, साना ठुला पर्दाका चलचित्रका कलाकार, कला को कुनै पनि बिधा अन्तर्गत रहेका नेपाली वा जुनसुकै देश का, जुन सुकै बिधाका कलाकारहर) को साझा संस्था अन्तरराष्ट्रिय कलाकार मँच हाल संसार का ३० देश मा स्थापित भै कृयाशिल
रहेको र कला सन्स्कृतिको लागि काम गर्ने सबै कलाकार हरुको छाता संगठन भएको सबैलाई बिदितै छ । स्थापित भैसकेका र कृयाशिल यसका महा शाखा, शाखा, उपशाखाहरु लाई केन्द्रिय समिती हार्दिक धन्यवाद ज्ञापन गर्दछ र कृयाशिल नदेखिएका केही शाखा हरुलाई कृयाशिल हुन आग्रह गर्दै मँचको बिधान अनुसार बर्षमा कम्तिमा दुई वटा कार्यक्रम गर्नै पर्ने ब्यबस्था भएको ले सोही अनुसार गर्नु गराउनुहुन निर्देश गरिन्छ । यसरी कार्यक्रम गर्दा हुने खर्च सम्बन्धित शाखाले नै बेहोर्ने छ भने आम्दानीको हकदार पनि सोही शाखा नै हुने छ । केन्द्र लाई कुनै शुल्क बुझाउनु पर्ने छैन । साथै यस अन्तर्गत का कुनै पनि शाखाहरुले सस्थाको नाम पुरा लेखी देश को नाम मात्र उल्लेख गर्दा केही भ्रम उत्पन्न भएको देखिएकोले अब देखी अन्तरराष्ट्रिय कलाकार मँच, + जुन देश को शाखा हो त्यही देश को नाम र शाखा लेख्न नभुल्नुहोला । जस्तै उदाहरण का लागि इजरायल ले "अन्तरराष्ट्रिय कलाकार मँच, इजरायल शाखा" । शाखा बिस्तार को क्रम को जारी छ । कुनै पनि बिधामा रहेका कलाकारहरुले संपर्क गर्न सक्नुहुन्छ । हाम्रो  ईमेल ठेगाना हो, iafamerica@gmail.com , rampdkhanal@gmail.com , internationalartistaforum@gmail.com 
 बिभिन्न देश तथा शहर हरुमा रहेका कलाकार सँग सम्बन्धित संघ संस्थाहरु लाई पनि अन्तराष्ट्रिय कलाकार मन्चले छाता संस्थाका रुपमा  समेट्दै जाने निती लिएकोले इच्छुक संघ संस्थाले संपर्क गरी मन्च सँग आबद्ध हुन पनि आग्रह गरेको छ। पहिलेनै स्थापित कला सँग सम्बन्धित संस्थाहरुलाई मन्च ले अलग्गै
शाखा उपशाखाको रुपमा समेत मान्यता दिएर सहयोग गर्ने निती लिएको। 
 " अन्तराष्ट्रिय कलाकार मँचको शाखा वा च्याप्टर गठन गर्न निम्न कुराहरु अनिबार्यहुनुपर्छ ।
१ - एउटा देशमा एउटा मात्र शाखा हुनेछ । यदी दोस्रो शाखा खोल्न परेमा मँचको केन्द्र सँग अनुमती लिएर शहर स्तरिय उपशाखा खोल्न सकिने छ ।
२- एउटै देशका बिभिन्न शहरहरुमा शहर स्तरिय च्याप्टर खोल्न सकिने छ ।
३- केन्द्रको अनुमती लिएर, कम्ती मा सात जना र बढीमा आवश्यकता अनुसार  रहने गरी :
गीत, संगीत, न्रित्य, चलचित्र, नाट्य, हाँस्य वा कलाका कुनै पनि बिधा मा सम्बद्ध कलाकार भए सम्म कलाकार र सो नभएमा कला र सँस्कृतिलाई माया गर्ने, सक्रिय योगदान दिन सक्ने मध्येबाट छानी भेला वा बैठकबाट मँचको शाखा, च्याप्टर वा उपशाखा स्थापना गर्न सकिनेछ ।
४- केन्द्रमा बिधान अनुसार र बाहिर नयाँ शाखा स्थापना गर्दा कम्तीमा निम्नानुसार हुनुपर्ने छ :
* अध्यक्ष - एक 
* उपाध्यक्ष - कम्तिमा एक र बढीमा तीन जना सम्म मात्र 
* महा सचिब - एक 
* सचिब - एक राख्न सकिने ( अनिबार्य छैन )
* कोसाध्यक्ष - एक 
* सदस्यहरु - आवश्यकतानुसार राख्न सकिने 
* सल्लाहकार - आवश्यकतानुसार राख्न सकिने ( अनिबार्य छैन )
संरक्षक - एक राख्न सकिने  (अनिबार्य छैन )
यो अन्तराष्ट्रिय कलाकार मँच भएकाले यसमा नेपाली मात्र होइन बिदेशिओ कलाकार पनि समाबेश गर्न सकिने छ ।
याद राख्नुहोला गठन भएपछी कार्य समितिको कार्यकाल २ बर्षको हुने छ र हरेक बर्ष शाखा वा उपशाखा वा च्याप्टरले कम्तिमा २ वटा कला र सँस्क्रिती सम्बन्धि वा साँस्कृतिक कार्यक्रम गरी केन्द्रलाई त्यसको जानकारी दिनुपर्ने छ। अन्य जानकारीwww.iafamerica.com मा हेर्न...सक्नुहुने छ । केही जिज्ञासा, सरोकार वा प्रश्न भए ईमेल गर्न वा फोन गर्न सक्नुहुने छ ।    

अमेरिका वा सँसारका कुनै पनि देशमा रहनुभएका कुनै पनि बिधाका कलाकार साथीहरु, अन्तराष्ट्रिय कलाकार मँच हामी तीब्र रफ्तारमा बिस्तार गर्दैछौ संसार भर। इच्छुक कलाकारले ईमेल वा फोन बाट संपर्क गर्न सक्नुहुन्छ । हरेक देशमा शाखा बनाउने, अमेरिकाको हकमा हरेक स्टेटमा शाखा बनाउने यो अभियानमा तपाईं पनि सरिक भएर कला र सँस्कृति रक्षाका लागि योगदान दिनुस् ।  
- रामप्रसाद खनाल, अध्यक्ष - 703-419-0924 (US)
- रमेश उप्रेती - महा सचिब - 443-824-2166 
(US)
- प्रकाश नेपाल - सचिब एबम प्रबक्ता - 703-864-4141 
(US)
ईमेल : internationalartistsforum@gmail.com , rampdkhanal@gmail.com
website : www.iafamerica.com





                  

No comments: