Sunday, June 29, 2014

अन्तराष्ट्रिय कलाकार मंच बहराइनमा पनि बिस्तार

बहराइनमा रहनु भएर पनि कलाकारितामा सक्रिय रहनु भएका कलाकारहरु सम्भव भए सम्मका औसत कलाकारहरुलाई मानामा बहराइन ,सितल रेस्टुरेन्टमा भेला बोलाइ बहराइनमा सक्रिय समाजसेवीहरुको रोहवरमा अन्तराष्ट्रिय कलाकार मंच बहराइन शाखा गठन गरिएको छ।  नव निर्मित कार्य समिति यस प्रकार रहेको छ।  बिशेष सल्लाहकार सन्तोस दाहाल,दुर्गा गिरी,शालिकराम पन्त ,कृष्ण हमाल ठकुरी ,काशीनाथ
पौडेल ,मिलन लामा,अध्यक्ष अर्जुन दुलाल,उपाध्यक्ष  गजेन्द्र बोहरा ,उपाध्यक्ष रुपा गिरी डाँगी,महासचिव राजन सुवेदी ,सचिव अरुण क्षेत्री,सहसचिव सपना शेर्पा ,कोषाध्यक्ष  प्रकाश पाठक,सहकोषाध्यक्ष निरज लिम्बू ,सदस्यहरु सुरेन्द्र राई,खड्ग मगर ,बसन्त बिष्ट ,मान बा.गुरुङ ,जगदीश घिमिरे ,टीका लिम्बू ,मोहन दाहाल ,सुरेश थापा,ललित थापा मगर,दिपक घिमिरे सविन लिम्बू संस्थाका प्रवक्तामा अच्यूत प्रसाद पौडेल रहनु भएको छ। साथै यो अन्तराष्ट्रिय कलाकार मंच बहराइन शाखाको संस्थापक कमिटि भएकोले आगामी दिनमा छुट भएका वा नव आगन्तुक कलाकर्मी साथीहरुलाई समेट्दै लगिने भनेर प्रवक्तामा अच्यूत प्रसाद पौडेलले जानाकारी गराउनु भयो।  सो नवनिर्मित अन्तराष्ट्रिय कलाकार मंच बहराइनलाई अन्तराष्ट्रिय कलाकार मंच केन्द्रिय कमिटिले मान्यता प्रदान गर्दै केन्द्रिय अध्यक्ष राम प्रसाद खनालले अन्तराष्ट्रिय कलाकार मंच बहराइनका सबै कलाकार साथीहरुलाई संस्थामा स्वागत गर्दै हामि विश्वमा नेपाली कला कलाकारहरुलाई स्थापित गर्ने हाम्रो महान अभियानमा एकबद्ध भएर सक्रिय हुने बिश्वास ब्यक्त गर्नु भयो। त्यस्तै अन्तराष्ट्रिय कलाकार मंच यूरोप महाशाखाको अध्यक्ष उज्ज्वल के.सी. अन्तराष्ट्रिय कलाकार मंच कतारका अध्यक्ष भविन तामांगले नव आगन्तुक साथीहरुलाई सफल कार्यकाल सहकार्यकोलागि शुभ कामना ब्यक्त गर्नुभयो। कलाकार उज्ज्वल के.सी.बाट प्रेरणा पाएर बहराइनमा पनि परदेशियका कलाकारहरु एक जुट हुन् पाएकोमा धेरै खुशी लागेको भनि अध्यक्ष अर्जुन दुलाल महासचिव राजन सुबेदीले खुशी व्यक्त गर्दै  अन्तराष्ट्रिय कलाकार मंच बहराइनले अन्तराष्ट्रिय कलाकार मंचको उदेश्य प्राप्तिका निम्ति सदैब सक्रिय रहने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो। स्मरण रहोस अन्तराष्ट्रिय कलाकार मंच बिदेशी भूमिबाट सन् २००८ बाट अमेरिकाबाट सुरुवात भै हाल विश्वभर फैलिदै गरेको नेपाली कला कलाकर्मीका उत्थानमा समर्पित कलाकारहरुको पहिलो सामाजिक संजालरुपी संस्थाहो जसले नेपाली कलाजगतको बृहदहितका निम्ति नेपाली एक करोड बराबरको अन्तराष्ट्रिय कलाकार मंच सहयोग कोषको साथमा अन्तराष्ट्रियस्तरको "अन्तराष्ट्रिय कलाकार मंच सम्मान " कार्यक्रमको थालनी गरेको छ।

No comments: