Friday, June 20, 2014

अन्तराष्ट्रिय कलाकार मंच यूरोप महाशाखाले गर्न लागेको IAF Awards 2015 का लागि नेपाली संगीत र चलचित्र जगतका बिशिष्ठ साधकहरुको सम्मानित जूरी निर्माण !

IAF Awards 2015 का लागि १५ बिशिष्ठ जूरिको घोषणा बेल्जियम १५ जुन ,अन्तराष्ट्रिय कलाकार मंच यूरोप महाशाखाले २०१५ सेप्टेम्बर २६ तारिखका दिन पहिलो सस्करणका रुपमा संम्पन्न गर्न लागेको IAF Awards 2015 (अन्तराष्ट्रिय कलाकार मंच सम्मान २०१५ )का लागि नेपाली संगीत र चलचित्र जगतका बिशिष्ठ साधकहरुको सम्मानित जूरी निर्माण गरेको छ। जसमा बाँसुरी,कुशुमे रुमाल ,सम्झना,साइनो जस्ता धेरै बहुचर्चित चलचित्रका संगीतकार रन्जीत गजमेर,बरिष्ठ गीतकार किरण खरेल,पप सम्राट ओम बिक्रम बिष्ट ,बहुचर्चित निर्देशक तुलसी घिमिरे ,बरिष्ठ अभिनेता कृष्ण मल्ल,रबिन्द्र खडका,गणेश उप्रेती,नवल खड्का,बरिष्ठ गायिका तारा थापा,कुन्ती मोक्तान, बरिष्ठ संगीतकार राजु सिंह,न्ह्यू बज्राचार्य,बरिष्ठ गायक रामकृष्ण ढकाल,बरिष्ठ सिने पत्रकार शान्ति प्रिय तथा नेपाल चलचित्र प्राबिधिक संघका अध्यक्ष मनोज के.सी. समेत जम्मा १५ जनाको जूरी तयार पारिएको संस्थाका महासचिव तथा नाटककार दयाराम पौडेलले जानाकारी गराउनु भयो।अब दूई साता भित्र नेपालमा संगीत र चलचित्र विधाका नामांकन खुल्ला गरिने छ। संगीत विधामा ९ जना चलचित्र विधामा ५ जना र एक जना समाजसेवी गरि कुल १५ व्यक्तित्व सम्मानित हुने यस अन्तराष्ट्रिय कलाकार मंच सम्मान २०१५ लाई यूरोपियनहरु माझ लान बेल्जियमको अर्को संस्था नेपाल बेल्जियम फ्रेन्डशिप एसोसियासनका तर्फबाट बेल्जियमका चर्चित समाजसेवी तथा अध्यक्ष फ्रान्क भर्मिचको साथमा अन्तराष्ट्रिय कलाकार मंच यूरोपका अध्यक्ष कलाकार निर्देशक तथा संचारकर्मी उज्ज्वल के.सी.जसले २०११ देखि यस कार्यक्रमको प्रारुप तयार पार्दै स्रोत साधन जुटाउन तल्लिन हुनु भएको थियो। त्यस्तै वहासंग यस कार्यक्रमलाई पूर्ण सफल पार्नका लागि संस्थाका सम्पूर्ण पदाधिकारीहरुको साथमा बिशेष सक्रियताको साथ अन्तराष्ट्रिय कलाकार मंच जर्मनीका अध्यक्ष गीतकार तथा रेकर्डिष्ठ लब थापा, महासचिव दयाराम पौडेल ,चलचित्र निर्माता तेजेन्द्र कंडेल,नायक देवेन यूवराज,नायक मदन के.सी. लोक गायक राजेन्द्र लम्साल,कलाकार श्याम श्रेष्ठ ,बेनी ढुंगाना,लक्ष्मन जोशी,बेल गुरुङ,चन्द्र श्रेष्ठ,बिनोद शाही,रमेश कार्की,सबु रिजाल,तारा थापा,कमल बिष्ट,अजय लोप्चन,पेम्बा छोटी शेर्पा,डिक कार्की ,सुमित्रा सापकोटा पूर्ण दिलो ज्यानले लागि पर्नु भएको छ भने यस कार्यक्रमकालागि अन्तराष्ट्रिय कलाकार मंच कतारका अध्यक्ष भबिन तामांग तथा संचारकर्मी निराजन भण्डारीको साथमा अन्तराष्ट्रिय कलाकार मंच अमेरिकाको तर्फबाट लोक गायक तथा अध्यक्ष राम प्रसाद खनाल,नायक सरोज खनाल,नायक तथा महासचिव रमेश उप्रेती हाँस्य कलाकार शिवहरी पौडेल,किरण के.सी.निर्माता निर्देशक राजु अधिकारी, निर्देशक नारायण पुरी जस्ता व्यक्तित्वहरु सक्रिय रहेको यस कार्यक्रमले भोलि नेपाली कला,संगीत र चलचित्रलाई अन्तराष्ट्रिय बजारमा स्थापित गर्न अवश्य पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरोमा दुइमत नरहला। सम्मानित जूरी, हिमालय टेलिभिजन, नेपाली टेलिभिजन यू. के.,क्लाशिक एफ.एम.१०१.२ मेगाहर्ज मार्फत एस एम एस तथा www.iafeu.com मा पब्लिक भोटिंगको आधारमा चयन हुने यस सम्मानलाई पूर्ण रुपले सर्वसम्मानित बनाउन कुनै पनि कसर नछोडिने संस्थाका अध्यक्ष उज्ज्वल के.सी.ले प्रतिबद्दता व्यक्त गर्नु भयो।

No comments: