Sunday, August 30, 2015

लोकप्रिय कलाकारहरु प्रेमराजा महत, रामप्रसाद खनाल, रतन सुबेदी, जितु नेपाल मुन्द्रे, बद्री पंगेनी, शिला आले, निरु खड्का, ढकाल बर्दर्श हरुले जुरुक्क उछाले अमेरिकाको पेन्शल्भेनियाको रमणिय शहर पिट्स्बर्ग !




World business management and consultancy को आयोजना, पेन्शल्भेनिया को रमणिय शहर पिट्स्बर्ग, भुटानी र नेपाली दुबै समुदायका करिब एक हजार दर्शकले खचाखच भरिएको हलमा जब लोकप्रिय कलाकारहरु, ख्याती प्राप्त कलाकारहरु प्रेमराजा महत, रामप्रसाद खनाल, रतन सुबेदी, जितु नेपाल मुन्द्रे, बद्री पंगेनी, शिला आले, निरु खड्का, ढकाल बर्दर्शहरु गीत, प्रहशन, नाच प्रस्तुत गर्दै गए दर्शक हरु पुरै मोहित भएर कार्यक्रम को भरपुर मनोरन्जन लिइरहेका थिए । दर्शक दिर्घामा बसेका प्रमुख अतिथी अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुन कार्की देखी बिशिस्ठ अतिथिहरु र दर्शक हरुलाई ताली पिट्दै र कलाकार हरुलाई साथ दिँदै फुर्सद थिएन । प्रेमराजा महतको पानको पात देखी बाँझो खेत मा सम्म, राम प्रसाद खनालको छाता ओझेल पारिदेउ, देउरालीमा पिपल छायाँले देखी नारायणघाटैमा लगायतका गीतहरु सम्म, रतन सुबेदीको प्यारोडी, जितु नेपाल को हाँस्यब्यँग, बद्री

पंगेनी र शिला आलेका मिठा मिठा गीतहरु, निरु खड्का को नाच देखी हास्यब्यंग सम्म, भुटानी कलाकार ढकाल बर्दर्श का राष्ट्रिय गीत हरुमा दर्शकले भरपुर आनन्द लिएका थिए । बरिस्ठ कलाकार हरुको प्रस्तुती अगाडि स्थानिय कलाकारहरुले पनि नाचगान प्रस्तुत गरेको उक्त भब्य कार्यक्रमको शुरुवात मा प्रमुख अतिथी राजदुत कार्कीले कलाकार हरु राष्ट्रका गहना र साँचो अर्थमा देशका राजदुत भएको बताउनुभयो । बरिस्ठ लोक गायक एबम म्यारिल्यान्ड र पेन्शलभेनियाका लागि नेपाली महा बाणिज्यदुत प्रेमराजा महतले कार्यक्रम पिट्स्बर्ग बाट शुरु भै बाल्टिमोरमा अन्त्य हुने, र यो साँस्कृतिक कार्यक्रम एतिहासिक हुनेमा विश्वाश ब्यक्त गर्नुभयो ।
अन्तरराष्ट्रिय कलाकार मँचका केन्द्रिय अध्यक्ष एबम बरिस्ठ लोक दोहोरी गायक राम प्रसाद खनालले नेपाल बाट आएका सबै कलाकार लाई अमेरिकामा स्वागत गर्दै आयोजक र बुद्दी रेग्मी भानु फुयाल सहित सहयोगी सबैलाई धन्यवाद ज्ञापन गर्नु भयो । वहाँले कार्यक्रम बाट उठेको रकम बाट एक लाख डलर नेपाल का भुकम्प पीडित लाई पुर्याउने आयोजकको निर्णय स्वागत योग्य बताउंदै सबैलाई सहयोग गर्न अपिल गर्नुभयो । प्यारोडी सम्राट रतन सुबेदी, प्रबाशी नेपाली मँचका महा सचिब प्रभु थापा लगायतका बक्ताले आ - आफ्नो मन्तब्य राख्नुभएको उक्त कार्यक्रम हाल सम्म पेन्शलभेनियामा भएका कार्यक्रम मध्ये भब्य भएको दर्शकहरुले बताए ।
                                                         





















No comments: