Monday, February 13, 2017

अन्तर्राष्ट्रिय कलाकार मंच बहराइन शाखा स्थापनाकाल देखी अहिले सम्म भए गरेका कार्य !

अन्तर्राष्ट्रिय कलाकार मँचको बहराइन शाखा स्थापना भए देखी आज सम्म यस संस्थामा रहेर काम गरेका हरेक पदाधिकारी एबम सदस्यलाई मँचको केन्द्रिय समितिको तर्फबाट हार्दिक धन्यवाद ब्यक्त गरिएको छ । साथै बहराइन शाखालाई सहयोग गर्ने सबै सहयोगी हातहरुलाई पनि मँचको केन्द्रिय समितिको तर्फबाट हार्दिक धन्यवाद ब्यक्त गरिएको छ । बहराइन शाखाले आगामी दिनमा पनि कृयाशिलता कायमा राखोस, मँचको केन्द्रिय समिती सँग संपर्कमा रहेर बिधान नियम अनुसार अगाडि बढ्दै कला सँस्कृती साहित्य लगायतका सामाजिक क्षेत्रमा योगदान पुर्याउन सकोस भन्दै अन्तर्राष्ट्रिय कलाकार मँचका केन्द्रिय अध्यक्ष रामप्रसाद खनालले बहराइन शाखाका अध्यक्ष प्रकाश पाठक सहित कार्य समितीमा रहेका हरेक हरेक लाई धन्यवाद ब्यक्त गर्नुभएको छ ।
अन्तर्राष्ट्रिय कलाकार मंच बहराइन शाखा स्थापनाकाल देखी अहिले सम्म भए गरेका कार्यलाई अध्यक्ष प्रकाश पाठकले यसरी लिपिबध्द गर्नुभएको छ । तल जस्ताको तस्तै :  
हाम्रो गौरवमय संस्था अन्तर्राष्ट्रिय कलाकार मंच बहराइन शाखा को बिस्तार बहराइन मा सन 2014 को अगस्ट 08 तारिख राजन सुवेदी को अगुवाइमा युरोप महाशाखा र अमेरिका को केन्द्रसग प्रत्यक्ष समन्वय गरेर बहराइन बासी कलाकार तथा कलाप्रेमी साथीहरूलाई
एकीकृत गरि शुरूवात गरिएको थियो 

स्थापना को शुरूवात मा नै कलाकार मंच बहराइन ले परदेश मा लुकेर रहेको कलालाई उजागर गर्ने हेतुले "IAF singing idol-2014" को आयोजना गरेको थियो। अङ्ग्रेजी महिना अनुसार नोवेम्बर 2014 बाट शुरु भएको singing idol को फिनाले भने अङ्ग्रेजी महिना अनुसार 2015 फेब्रुअरी 06 तारिख भएको थियो। उक्त फिनाले मा नेपाल का ख्यातिप्राप्त कलाकार हरु गायक राजेश पायल राई , लोक गायक बद्री पङ्गेनी र चर्चित नायिका केकि अधिकारी को प्रत्यक्ष उपस्थिति रहेको थियो भने उक्त singing idol का बिजेता सुश्री सरला पुन मगर हुनुभएको थियो त्यस्तै द्वितीय हुनुभएको थियो श्री राम गुरुङ र तृतीय स्थान हासिल गर्न सफल हुनु भएको थियो श्री बिजय लावती र उक्त singing idol को निर्णायक जिम्मेवारी मा जज हरु पोखराज श्रेष्ठ , प्रमोद थामी र विश्व बिनोद हुनुहुन्थ्यो । अन्तिम फिनाले मा भने दर्शक को प्रत्यक्ष भोट लाई 30% प्रतिशत मान्यता र निर्णायक मण्डली का जज हरुको 70% मान्यता दिएको थियो।

उक्त कार्यक्रम पश्चात् अघिल्लो अध्यक्ष ज्यु को संस्था प्रती को दायित्व निर्वाह गर्न सक्ने क्षमता मा सार्है नै कमि कमजोरी सम्पुर्ण संस्था का सदस्य हरुले महसुस गरेका ले बहुमत को कदर गर्दै संस्था का अध्यक्ष मा गायक एवम सङ्गीतकार श्री पोखराज श्रेष्ठ ज्यू लाई सर्वसम्मत ले अध्यक्ष मा नियुक्त गरियो।

तत पश्चात् उहाँको (पोखराज श्रेष्ठ ) कार्यकाल मा संस्था भित्र बृहत् छलफल गरि अर्को सास्कृतिक कार्यक्रम को तयारी गरियो तद अनुसार अङ्ग्रेजी महिना को अप्रिल 01 तारिख को दिन बृहत् सास्कृतीक साझ-2016 को आयोजना गरियो जसमा नेपाल का ख्यातिप्राप्त कलाकार हरु गायक हिमाल सागर,लोक गायिका देवि घर्ती , बाध्य बाधक एवम गायक, कमेडियन प्रलय चौलागाईं र युरोप मा चर्चित गायक तुलसी सिवाकोटी को विशेष उपस्थिति रहेको थियो। साथै स्थानीय कलाकार हरुको पनि सबै क्षेत्रमा उत्कृष्ट प्रस्तुति रहेको थियो।

त्यस पश्चात् पुर्ण अध्यक्ष पोखराज श्रेष्ठ ज्यू बहराइन नफर्कने गरि नेपाल जानू पर्ने भएको ले सबैको सहमती मा पुर्ण कार्यसमीती मा हेरफेर गरियो। हेरफेर भैसकेपछी को हाल सम्म कायम रहेको कार्यसमिति यश प्रकार छ:


यो कार्यसमिति पुर्ण एकपटक अङ्ग्रेजी महिनाको नोवेम्बर 04 तारिख 2016 मा नुवाकोट जिल्लाको तुप्चे - 2 अक्करे मा रहेका भुकम्प पीडित दृस्टिबिहिन बालबालिका हरुको सहयोगार्थ "तिहार विशेष देउसी भैलो तथा बृहत् साङीतीक साझ-2016" को आयोजना गर्ने निर्णय गर्यो। कलाकारिता क्षेत्रमा मात्रै नभएर सामाजिक कार्यको लागि पनि कलाकार मंच को नयाँ कार्यसमिति अगाडी बढ्यो।जस अनुसार सफल पनि भयो।

गत नोवेम्बर मा नेपाली हरुको दोस्रो ठुलो महान चाड दीपावली को अवसर मा आयोजना गरिएको कार्यक्रम "तिहार विशेष देउसी भैलो तथा बृहत् साङ्गीतीक साझ-2016" पनि भब्य रुपले सम्पन्न गराइयो जसमा नेपाल बाट पाहुना कलाकार को रुपमा चर्चित गायिका जुना प्रसाईं र जशोदा सुब्बा को विशेष उपस्थिति रहेको थियोे भने अन्तर्राष्ट्रिय कलाकार मन्च बहराइन का कलाकार साथिहरु लगायत बहराइन मा रहेका श्रमिक कलाकार हरुको पनि विभिन्न बिध्यामा बेजोड प्रस्तुति रहेको थियो।

उक्त कार्यक्रम बाट प्राप्त भएको आर्थिक रु.५६०००/- साथै ३३थान कम्बल हामीले भर्खरै मात्र नुवाकोट जिल्ला का भुकम्प पीडित दृस्टिबिहिन बालबालिका हरुलाइ हस्तान्तरण गरिसकेका छौ। त्यस्तै गरेर उक्त कार्यक्रम बाट प्राप्त भएको बाकी २६थान कम्बल मध्य १६थान कम्बल दीक्षा चापागाईं द्वारा संचालित "पबित्र सेवा समाज धापासी " लाई पनि सहयोग गर्यौ भने बाकी १०थान कम्बल तनहु स्थित सिद्धबेनी नि.मा.बि. का अपाङ्ग बिध्यार्थी हरुलाइ सहयोग गर्यौ।

यसरी अन्तर्राष्ट्रिय कलाकार मंच बहराइन ले शाखा बिस्तार को तेस्रो बर्ष पुग्नु अगावै सफलता पुर्वक ३ वटा छुट्टै खाले कार्यक्रम हरु गरिसकेको छ। कलाकार मंच बहराइन शाखा ले गौरवमय कार्य गर्दै आइरहेको छ प्रवास मा लुकेका कलाकार हरुलाइ बाहिर ल्याउने त छदैछ त्यसबाहेक सामाजिक कार्यमा पनि उत्तिकै डटेर लागिपरेको छ। र आगामी दिनमा पनि यस्तै संस्था को नाम उच्च राख्ने साथै नेपाली को शान जोगाइराख्ने काम मा अझ सक्रियता का साथ लाग्ने अन्तर्राष्ट्रिय कलाकार मंच बहराइन , शाखा परिवार अठोट गर्दछौ। धन्यवाद



 नुवाकोट मा बितरण गरिएको सहयोग को तस्वीर
                    तनहुँ मा सहयोग हस्तान्तरण गरिएको तस्वीर



                दीक्षा चापागाईं को पबित्र सेवा समाज मा सहयोग हस्तान्तरण गरिएको तस्वीर



अन्तर्राष्ट्रिय कलाकार मँच, केन्द्रिय समिति, अमेरिकाको सूचना ! 
सबैभन्दा बढी कृयाशील, गतिबिधी गर्ने, मँचको निती नियम बिधान र उद्देश्य बमोजिम कार्यक्रमहरु गर्ने, मँचको शाखालाई कामका हिसाबले नमुना बनाउने शाखालाई अब देखी केन्द्रिय समितिले मुल्याङ्कन गरी बर्षको "नमुना शाखा" र सो शाखाको अध्यक्षलाई "नमुना अध्यक्ष" को रुपमा घोषणा गरी पुरस्क्रित गर्ने गर्ने निर्णय भएको छ । त्यसै गरी शाखा बनाउने तर निस्क्रिय रहेका, बर्ष भरीमा एउटा पनि कार्यक्रम, गतिबिधी नगर्ने, केन्द्रिय समिती सँग संपर्कमा नरहने, मँचको निती नियम बिधान र उद्देश्य बमोजिम नचल्ने शाखालाई केन्द्रले खारेज गरी नयाँ ब्यबस्था गर्ने निर्णय भएको पनि सबै शाखाहरुलाई सूचित गरिन्छ । सन २०१७ बाट यो मुल्याङ्कन शुरु भैसकेको पनि सम्बन्धित सबैमा सूचित गरिन्छ ।          

मँचका हरेक शाखाले स्थापना काल देखी अहिले सम्म भए गरेका कार्यको विवरण, उपलब्ध भए सम्मका फोटो भिडियोहरु केन्द्रमा पिपिबध्द गरी केन्द्रिय समितिमा पठाउन अनुरोध गर्दै प्राप्त सबै विवरण मँचको केन्द्रिय समितिको वेबसाइटमा कहिलै डिलिट नहुने गरी प्रकाशित गरिने छ । रेकर्डमा राखिने छ । ठुला कुरा भन्दा पनि साना काम गर्नु हाम्रो प्राथमिकता हो । यो कुरा लाई हरेक शाखाले मनन गरिदिन अनुरोध छ । 

- अन्तर्राष्ट्रिय कलाकार मँच, केन्द्रिय समिति, अमेरिका 
   

No comments: