Monday, February 13, 2017

अन्तर्राष्ट्रिय कलाकार मँच, केन्द्रिय समिति, अमेरिकाको सूचना !

सबैभन्दा बढी कृयाशील, गतिबिधी गर्ने, मँचको निती नियम बिधान र उद्देश्य बमोजिम कार्यक्रमहरु गर्ने, मँचको महाशाखा वा शाखालाई कामका हिसाबले नमुना बनाउने महाशाखा वा  शाखालाई अब देखी केन्द्रिय समितिले मुल्याङ्कन गरी बर्षको "नमुना शाखा" र सो शाखाको अध्यक्षलाई "नमुना अध्यक्ष" को रुपमा घोषणा गरी पुरस्क्रित गर्ने गर्ने निर्णय भएको छ । त्यसै गरी शाखा बनाउने तर निस्क्रिय रहेका, बर्ष भरीमा एउटा पनि कार्यक्रम, गतिबिधी नगर्ने, केन्द्रिय समिती सँग संपर्कमा नरहने, मँचको निती नियम बिधान र उद्देश्य बमोजिम नचल्ने शाखालाई केन्द्रले खारेज गरी नयाँ ब्यबस्था गर्ने निर्णय भएको पनि सबै शाखाहरुलाई सूचित गरिन्छ । सन २०१७ बाट यो मुल्याङ्कन शुरु भैसकेको पनि सम्बन्धित सबैमा सूचित गरिन्छ । 
 मँचका हरेक शाखाले स्थापना काल देखी अहिले सम्म भए गरेका कार्यको विवरण, उपलब्ध भए सम्मका फोटो भिडियोहरु केन्द्रमा पिपिबध्द गरी केन्द्रिय समितिमा पठाउन अनुरोध गर्दै प्राप्त सबै विवरण मँचको केन्द्रिय समितिको वेबसाइटमा कहिलै डिलिट नहुने गरी प्रकाशित गरिने छ । रेकर्डमा राखिने छ । ठुला कुरा भन्दा पनि साना काम गर्नु हाम्रो प्राथमिकता हो । यो कुरा लाई हरेक शाखाले मनन गरिदिन अनुरोध छ । 
 - अन्तर्राष्ट्रिय कलाकार मँच, केन्द्रिय समिति, अमेरिका

No comments: