Wednesday, August 16, 2017

अन्तर्राष्ट्रिय कलाकार मञ्च साइप्रस शाखाको आयोजनामा तीज विशेष साँगितीक कार्यक्रम सम्पन्न

banner


साइप्रस । बिदेशमा रहेरपनि नेपाली कलासंस्कृतिलाई जोगाइराख्न तल्लिन अन्तर्राष्ट्रिय कलाकार मञ्च साइप्रस शाखाले नेपाली चेलीहरुको महान चाड हरितालीका तीजको उपलक्ष्यमा साइप्रसमा बसोबास गरिरहेका दिदीबहिनीहरुलाई मनोरञ्जन प्रदान गर्न विशेष साँस्कृतिक कार्यक्रमको आयोजना गरेको
छ । कार्यक्रम साइप्रसस्थित लिमासोमा रहेको ब्रिटानीया म्यूजिक हलमा हिजो आइतबार आयोजना गरिएको थियो ।
साँस्कृतिक कार्यक्रमलाई विशेष तथा थप मनोरञ्जनात्मक बनाउन यूरोपका ख्याति प्राप्त नेपाली गायक नारायण धितालले आफ्नो दमदार प्रस्तुती दिएका थिए । अतिथी गायक धितालको सांगितीक प्रस्तुतीले उपस्थित सबैको मन जितेको थियो । उता साइप्रसमा रहेका स्थानिय नेपाली कलाकारहरुले पनि आआफ्नो कला प्रस्तुत गरेका थिए । उनीहरुको प्रस्तुतीले उपस्थित सबै दिदीबहिनी तथा दाजुभाइहरुलाई मन्त्रमुग्ध तुल्याएको थियो । साथै हाल साइप्रसमा रहेका चिरपरिचीत नेपाली डीजे बिकास श्रेष्ठको उपस्थिती र प्रस्तुतीले कार्यक्रममा थप उर्जा  प्रदान गरेको थियो ।
दीप प्रज्वलन गरी राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रमलाई आआफ्नो कला झल्किने भेषभूषामा चिटिक्क परेर उपस्थिती जनाएका दिदीबहिनीहरुले थप आकर्षण दिएको थियो ।
कार्यक्रममा अतिथिका रुपमा उपस्थित आईसीसी प्रतिनिधी रन्जित महतोले नेपालका बाढीपिडीतहरुको सहयोगार्थ रु १५ हजार दिने घोषणा गरेका छन् । अन्तर्राष्ट्रिय कलाकार मञ्च साइप्रस समाज सेवा समेत गर्दै गाएको एक गैरनाफामुलक सस्था हो । यसले समस्यामा परेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरुको पक्षमा काम गर्दै आएको छ।
त्यसैगरी कार्यक्रममा एनआरएन अध्यक्ष सुवास मल्ल, तामाङ घेदुङ साइप्रसका अध्यक्ष नानु तामाङ, चितवन सेवा समाज साइप्रसका अध्यक्ष जस्सु पुन मगर, किरात राई समाजका अध्यक्ष ध्रुव राई, सेर्पा घेदुङका उपाध्यक्ष केसाङ सेर्पा, नेफेस्को साइप्रसका अध्यक्ष यङ्की ह्योल्मो लगायतको उपस्थिती रहेको थियो ।
अन्तर्राष्ट्रिय कलाकार मञ्च साइप्रसले गायक नारायण धितालले नेपाली कला क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनलार्ई सम्मान पत्र सहित सम्मान गरेको छ ।
सोही कार्यक्रममा अन्तर्राष्ट्रिय कलाकार मञ्च साइप्रसका अध्यक्ष तथा नव नेपाली गायिका कोपिला दाहाल सुवेदीद्धारा लिखित पहिलो गिती एल्बम "कोपिला" को बिमोचन गायक नारायण धितालले गरेका छन् ।
कार्यक्रमलाई भव्य र सभ्य बनाउन सहयोगी भूमिका खेलेको मा उपस्थित साइप्रसका सम्पूर्ण संघसस्थाका प्रतिनिधि लगायत दिदीबहिनीहरुमा आयोजक अन्तर्राष्ट्रिय कलाकार मञ्च साइप्रस शाखा परिवारले धन्यवाद दिएको छ ।


Image may contain: 11 people, people standingImage may contain: 9 people, people smiling, people standing and indoorImage may contain: 9 people, people smiling, people standing

No comments: