Wednesday, November 1, 2017

तीज महोत्सब अमेरिका - 2017, मा उठाइएको डोनेशनबाट यसरी राहत बाँड्यो नेपालका बाढी पीडित परिवारलाई अन्तर्राष्ट्रिय कलाकार मँच, नेपाल शाखा परिवारले !

अन्तर्राष्ट्रिय कलाकार अन्तर्राष्ट्रिय कलाकार मँच, केन्द्रिय समिति, अमेरिका, अन्तराष्ट्रिय नेपाली साहित्य समाज, वासिंगटन डि.सी. मेट्रो कमिटी, सोसाइटी अफ अमेरिकन नेपाली नर्स, अमेरिका नेपाल महिला संघ र अन्तर्राष्ट्रिय कलाकार मँच, नेपाल शाखाको तर्फबाट आज २०७४ असोज २६ गते, रौतहटको सन्तपुरका बाढी पिडीत मुसहर वस्तिका पिडीत वासिन्दाहरूलाई धुर्मुस सुन्तली फाउण्डेसनको रोहवरमा अन्तर्राष्ट्रिय कलाकार मँच नेपाल शाखाका अध्यक्ष शिवहरि पौड्याल, वरिष्ठ उपाध्यक्ष मनोज कुमार अाचार्य, सदस्यहरू 
धुर्मुस, सुन्तली, सदस्य हिमा कोईराला र असिम पौड्याल द्वारा सिरक, तन्ना, दाल,चामल आदी वितरण गरियो । उक्त स्थानमा धुर्मुस सुन्तली फाउण्डेशनले सोही बाढीपिडीतहरूकोलागी नयां आवास भवनहरूकोपनि निर्माण गरिरहेकोछ । स्मरण रहोस तीज महोत्सब अमेरिका - 2017,  मा उठाइएको डोनेशनबाट यस किसिमको सहयोग गरिएको थियो । अन्तर्राष्ट्रिय कलाकार मँच, नेपाल शाखा अध्यक्ष शिवहरि पौड्याल, वरिष्ठ उपाध्यक्ष मनोज कुमार अाचार्य, सदस्यहरू धुर्मुस, सुन्तली, हिमा कोईराला र असिम पौड्याल सहित राहत बितरण मा खटिएको सम्पूर्ण शाखा परिवारलाई हार्दिक धन्यवाद ।  
नेपालका बाढी पीडित परिवारलाई यस अघि पनि यसै गरी धुर्मुस सुन्तली फाउन्डेशन, लक्ष्मी प्रतिस्ठान, पिपुल तु पिपुल संस्था मार्फत पनि सहयोग गरिएको थियो ।      





No comments: