Thursday, June 23, 2022

अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाको इजरायल शाखामा नयाँ नेतृत्व, केन्द्रद्वारा मान्यता प्रदान, नव निर्वाचित टिमलाई हार्दिक बधाई, निवर्तमान टिमलाई हार्दिक धन्यवाद

 अन्तर्राष्ट्रिय कलाकार मञ्चका तर्फबाट केन्द्रीय अध्यक्ष रामप्रसाद खनालले भर्खरै अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका अन्तरगतको इजरायल शाखामा आएको नयाँ नेतृत्वलाई हार्दिक बधाई र शुभकामना व्यक्त गर्दै अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाको विधि र विधान अन्तरगत स्थापित र सञ्चालित इजरायल शाखाले अझै राम्रो सँग काम गर्नेमा आफू विश्वस्त रहेको बताउनुभएको छ । मञ्चको विधि र विधान अन्तरगत भर्खरै सम्पन्न साधारण सभा र निर्वाचित कार्य समितिलाई मान्यता प्रदान गरिएको बत्ताउँदै खनालले नव निर्वाचित टिमलाई हार्दिक बधाई, निवर्तमान टिमलाई आज सम्म निर्वाह गरेको भूमिका र दिएको योगदानका लागि हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको छ । केन्द्रद्वारा नयाँ कार्य समितिलाई मान्यता प्रदान गरिएको खनालले बताउनुभयो । 

इजरायल शाखाको दशौँ  वार्षिकोत्सव तथा साधारण सभा गत  जुन १७ तारिख इजरायलको तेलअभिबमा सम्पन्न  भएको थियो । इजरायलको बसपार्क मुनि रहेको  एभरेस्ट डिस्को हलमा  शुक्रवार   साँझ ८ बजे देखी  सुरु भएको कार्यक्रमका सभापति संस्थाका निवर्तमान  अध्यक्ष अनिल सिंह राजपूत हुनुहुन्थ्यो । त्यस्तै प्रमुख अतिथि नेपाली राजदुतबास इजरायलका तृतीय सचिव  प्रदीप सागर गिरि ,विशेष अतिथि गैर आवासीय नेपाली राष्ट्रिय समन्वय समिति इजरायल ( nrna ncc) का प्रतिनिधि प्रथम उपाध्यक्ष  सुमी थापा  र राष्ट्रिय समुदाय संस्थाका अध्यक्ष एवं प्रतिनिधि हरू त्यसै गरी इजरायलमा क्रियाशील सामाजिक,राजनीतिक,धार्मिक,साहित्यिक  साथै मिडिया कर्मीहरू र इजरायलमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूको बाक्लो उपस्थिति  रहेको थियो । 

कार्यक्रम का संयोजक  वरिष्ठ उपाध्यक्ष  राज लिम्बु हुनुहुन्थ्यो भने कार्यक्रम  सञ्चालन सचिव स्वस्तिका श्रेष्ठले गर्नुभएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथि विशेष  अतिथि लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । त्यस्तै  निवर्तमान  अध्यक्ष  अनिल सिंह राजपूत, संरक्षक कादम्बरी दाना श्रेष्ठ, उपाध्यक्ष राज लिम्बु कलाकार हरू स्वस्तिका श्रेष्ठ, स्वयम सुब्बा ,सावित्री सुनुवार,प्राग थींग लगायतलाई सम्मान पनि गरिएको थियो । अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाको दसौँ साधारण सभाको निर्वाचन समितिमा संयोजक  कादम्बरी दाना श्रेष्ठ  निर्वाचन समिति सदस्य अनिल सिंह राजपूत, देव बास्कोटा लगायत  हुनुहुन्थ्यो । 

अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको छ - कलाकार युनिका गुरुङ । वहाँको नेतृत्वमा नव-गठित १७ सदस्यीय  कार्य-समिति २०२२/२०२३ कार्यकालका लागी वरिष्ठ उपाध्यक्ष राज लिम्बु , प्रथम उपाध्यक्ष  कुमार आङ्देम्बे ( अबि )उपाध्यक्ष  सावित्री राई,महासचिव  स्वस्तिका श्रेष्ठ,सचिव  स्वयम सुब्बा , कोषाध्यक्ष   कोपिला भट्टराई, सदस्यमा प्रयाग थिङ, पुन्य प्रसाद सङ्कर, जानुका निरौला, मालती बाग्दास, प्रकाश श्रेष्ठ, जिना सिंह,  समीर राई, ज्योति प्रधान, रञ्जन तिवारी छेत्री, सदस्य  खुसी निकु चयन हुनुभएको छ । 

त्यस्तै संरक्षकहरूमा कृष्ण रायमाझी, कादम्बरी दाना श्रेष्ठ, प्रमुख सल्लाहकारमा अनिल सिंह राजपूत, सल्लाहकारमा देव बास्कोटा, नेहा गुरुङ, किशोर के चौहान रहनुभएको छ । 

अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाको विधान अन्तर्गत इजरायलमा यो शाखा  “न मर्छ कला न मर्छन्  कलाकार फैलाउने हाम्रो परम्परा अनि संस्कार” भन्ने मूल नाराको साथमा कला संस्कृतिको जगेर्नाको लागी इ. स. २०१२ मा स्थापना भएको हो ।





No comments: