गोपाल अधिकारी, गायक यम बरालले आआफ्ना मन्तव्य व्यक्त गर्दै स्वागत कार्यक्रमका लागि अन्तराष्ट्रिय कलाकार मंचलाई धन्यवाद दिदै आफ्ना कार्यक्रममा सवै नेपालीहरुबाट सहयोग हुने आशा व्यक्त गर्नुभयो । मंचका अध्यक्ष रामप्रसाद खनालले कलाकारहरुलाई अमेरिकामा मंचका तर्फबाट स्वागत गर्दै, सहयोगका लागि सवै नेपाली संघ संगठनबाट उचित सहयोग हुने र आठवटा संगठन मिलेर कार्यक्रम सफल पार्ने अभियानमा लागेको बताउनुभयो । नेपाली साहित्य प्रतिष्ठान उत्तर अमेरिकाका महासचिव हेमन्त श्रेष्ठ, अमेरिका नेपाल सहयोगी समाजका अध्यक्ष सागर कडेल, एएनएसका कम्युनिकेशन डाइरेक्टर प्रकाश नेपाल, नेवा अर्गनाइजेसन अमेरिकाका अध्यक्ष राजेश श्रेष्ठ, धरान अमेरिका समाजका अध्यक्ष विजय थापा, वरिष्ठ कलाकार एवं मंच सदस्य रचना सिंह, समाजसेवी अरुण रुपाखेती, नर्दन भर्जिनिया नेपाली स्पोर्टस क्लवका पदम रेग्मी लगायतका वक्ताहरुले कलाकारहरुको स्वागत गर्नु भएको थियो । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिका अलावा भर्जिनियाका नेपाली सहभागी थिए । कार्यक्रममा कलाकारहरुको सम्मानमा बारबीक्यू पार्टी समेत गरिएको थियो । कार्यक्रमसँग सम्बन्धित केही तस्बिरहरु :
Cultural Journey For Peace - 2010, USA
अन्तराष्ट्रिय कलाकार मँच, अमेरिका भर्खरै नेपालबाट कार्यक्रमका सिलसिलामा अमेरिका उत्रिएका कलाकार मित्रहरु दीपकराज गिरी, दीपा श्री निरौला, गोपाल अधिकारी, यम बराल, नलिना चित्रकार र सुनिता दुलाललाई हार्दिक स्वागत गर्दै कार्यक्रमको सफलताको कामना गर्दछ । साथै अमेरिकामा रहनुभएका समस्त नेपालीहरु लाई वहाँहरुको कार्यक्रममा सहभागी भै सक्रिय सहयोग गरिदिनुहुन पनि हार्दिक आग्रह गर्दछ।
* अनुरोधक - रामप्रसाद खनाल - अध्यक्ष्य तथा अन्तराष्ट्रिय कलाकार मँच परिवार
No comments:
Post a Comment