Sunday, February 2, 2014

अन्तर्राष्ट्रिय कलाकार मंचको १ करोडको अक्षयकोष खडा हुने, युरोप महाशाखा पुर्नगठन



बेल्जियम, २ फ्रेब्रुअरी । अन्तरराष्ट्रिय कलाकार मँच, अमेरिका अन्तरगत रही, यसकै निती नियम र बिधान पालना गर्दै युरोपमा महा शाखाको रुपमा गठित र कृयाशिल  अन्तर्राष्ट्रिय कलाकार मंच, युरोप महाशाखाको साधारण सभा बेल्जियमको एन्त्वरपेनमा आइतवार सम्पन्न गर्दै सभाले पुरानो कार्यसमितिलाई विघटन गरेर कलाकार / निर्देशक उज्जल केसीको अध्यक्षतामा नयाँ कार्यसमिति

चयन गरेको छ ।  के.सी. नेपाल टेलिभिजनबाट प्रसारित “क्लोज अप ए – वन हिट्स , ‘ब्राइटर तिम्रो सुर मेरो गीत ’ जस्ता बहुचर्चित कार्यक्रमका संचालक तथा नेपाली चलचित्र र म्यूजिक भिडियोका निर्देशक समेत हुन भने बेल्जियमबाट निर्मित अंग्रेजी चलचित्रमा समेत छायांकन गरिसकेका छन् । नयाँ कार्यसमितिको उपाध्यक्षमा बेल्जियम निवासी किङ फ्रांकी अबुतो, देवु श्रेष्ठ (देवेन युवराज) र श्याम श्रेष्ठलाई चयन गरेको छ । अबुतो अफ्रिकी फिल्म क्षेत्रमा कार्यरत छन भने श्याम श्रेष्ठ र देवु श्रेष्ठ नेपाली चलचित्रका निर्माता तथा नायक समेत हुन । यसैगरी मंचको महासचिवमा जर्मन निवासी दयाराम पौडेल र सचिवमा बेल्जियम निवासी बेनी ढुंगानालाई चयन गरेको छ । पौडेल चर्चित फोटोग्राफर तथा नाटककार र ढुंगाना कुशल कलाकार हुन् । पछिल्लो अवस्थामा फिल्म निर्माणमा हात हालेका बेल्जियम निवासी तेजेन्द्र कडेंललाई कोषाध्यक्ष र सहकोषाध्यक्षमा जर्मन निवासी गायक लक्ष्मण जोशीलाई समेत सभाले जिम्मेवारी दिएको छ । साथै मंचले सूचनाको लागि प्रवक्तामा बेल्जियम निवासी महेन्द्र पौडेललाई कार्यभार अर्पण गरेको छ । 


यसका साथै सदस्यहरुमा क्रमश कलाकार तथा नृत्य निर्देशक बिनोद शाही बेल्जियम, चलचित्र नायक निर्माता उपेन्द्र थापा बेल्जियम, नृत्य निर्देशक रमेश कार्की बेल्जियम, गायिका सुश्री हिना कार्की बेल्जियम, रेडियो कार्यक्रम संचालक दिपक पौडेल बेल्जियम, गीतकार लव थापा जर्मन, लोक गायक राजेन्द्र लम्साल स्पेन, गायिका सावित्री रिजाल हल्याण्ड, नरेन्द्र थापा बेल्जियम, कुमार श्रेष्ठ पोर्चुगल, दिपेश रेग्मी स्कटल्याण्ड र महिला संयोजक जर्मन निवासी गायिका तथा नृत्यकार श्रीमती तारा थापालाई मनोनित गरेको छ ।
सो अवसरमा ने. रु.१ करोडको ‘कलाकर्मी कल्याणकारी कोष’ खडा गर्नका लागि साधारण सभा सम्पन्न हुँदै गर्दा कलाकर्मी कल्याणकारी कोषका लागि करिव १५ सय पन्ध्र युरो अर्थात करिब २ लाख ५ हजारको प्रारम्भिक अक्षयकोष रकम जम्मा भएको छ। यसै बिच कलाकर्मी कल्याण कोस संचालक समितीमा पनि मनोनयन गरिएको छ,  जसमा मँचका केन्द्रिय महासचिब रमेश उप्रेती , युरोप महा शाखा अध्यक्ष एबम केन्द्रिय सदस्य उज्ज्वल केसी, महाशाखा महासचिब दयाराम पौडेल र नेपाल शाखा अध्यक्ष शिवहरी पौडेल रहनुभएको छ ।    
यसैबीच विभिन्न कार्यदल समेत गठन गरिएको छ । ‘कलाकार चयन तथा पाहुन सत्कार’ का लागि श्याम श्रेष्ठको प्रमुख संयोजकमा बेनी ढुंगाना र उपेन्द्र थापालाई तोकिएको छ भने च्यारिटी तथा अर्थमा देवु श्रेष्ठ (देवेन युवराज) को प्रुमख संयोजकको तेजेन्द्र कडेंल र तारा थापालाई तोकिएको छ ।
यसैगरी मिडिया तथा प्रचार प्रसार प्रमुखमा महेन्द्र पौडेलको संयोजकत्वमा दयाराम पौडेल र लव थापालाई कामको बाँडफाँड गरिएको छ । अन्तमा नयाँ कार्यसमितिले चुस्त दुरुस्तका साथै क्रियासिलतामात्र नभई गतिशिलताका साथ आगामी कार्यक्रमहरु एकबद्धरुपले एकजुट भै गर्नका लागि सबैको एकमत भएको जनाउँदै कार्यक्रम समापन गरिएको घोषणा गरिएको थियो । विश्वभर ३० देशमा आफ्नो शाखा विस्तार गरेको अन्तर्राष्ट्रिय कलाकार मंचको केन्द्रीय कार्यालय अमेरिका छ । यसको केन्द्रीय अध्यक्ष अमेरिकी निवासी लोक गायक रामप्रसाद खनाल हुन भने महासचिव नायक रमेश उप्रेती त्यसैगरि नेपाल शाखाका अध्यक्ष बहुचर्चित हाँस्य कलाकार शिवहरि पौडेल हुन्।

साधारण सभाको सफलअताका लागि मँचका केन्द्रिय अध्यक्ष रामप्रसाद खनालले अमेरिका बाट यसरी शुभकामना र सन्देश पठाएका थिए:   
*******************************************************************************
IRS/US - EIN No. 90-0610751,      Regd. VA/ ID: 0727799-9,      DCN: 10-09-13-0086
International Artists Forum
United States of America
अन्तराष्ट्रिय कलाकार मन्चअमेरिका
________________________________________________________________________
Address in USA9726 Loudoun Ave, Manassas Virginia 20109USA
Tel: 703-330-8251, Email: internationalartistsforum@gmail.comwww.iafusa.blogspot.com
_________________________________________________________________________________________
                                                                                              
   Jan. 30, 2014

Ram Prasad Khanal - President 

International Artists Forum
9726 Loudoun Ave Manassas VA
United States of America,
 www.iafamerica.com, Tel: 703-419-0924  ________________________________________ 

No comments: