Saturday, February 22, 2014

दोहा - कतारमा अन्तराष्ट्रिय कलाकार मँच कतार शाखाले मँचका केन्द्रिय उपाध्यक्ष गायक यम बराललाई भब्य कार्यक्रमको आयोजना गरी सम्मान


कतारमा सांगितीक कार्यक्रममा आइपुगेका अन्तराष्ट्रिय कलाकार मँचका केन्द्रिय उपाध्यक्ष एबम लोकप्रिय गायक यम बराल तथा लोकप्रिय  गायीका रेश्मा सुनुवारलाई अन्तराष्ट्रिय  कलाकार मँच कतार शाखाले  एक भब्य कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ । मँचका शाखा अध्यक्ष भबिन्द्र तामाङको सभापतित्वमा संम्पन्न कार्यक्रममा अध्यक्षले खादा ओढाएर तथा
सल्लाहकारहरु एनआरएनए कतारका अध्यक्ष मक्सुद आलम तथा एनआरएन आइसिसीका सल्लाहकार नरेन्द्र भाटले संम्मान पत्र प्रदान गरेर संम्मान गरेका थिए । अल अरबी स्पोर्टस क्लबको सहयोग र एनआरएनए कतारको समन्वयमा कतारमा श्रमरत नेपालीलाई मनोरन्जन प्रदान गर्न गायक बराल र गायीका सुनुवार शुक्रबार कतार आइपुगेका हुन । सम्मान कार्यक्रममा मन्चका केन्द्रिय उपाध्यक्ष समेत रहेका गायक बरालले  सबै समुदायको आ आफ्नो पहिचान हुने बताउंदै कलाकारहरुको पनि आफ्नै पहिचान भएकोले यसको संम्माननको लागी बिश्वभर शाखा बिस्तार गरिएको बताए । कलाकार कोहिपनि नयां पुरानो वा सानो ठुलो नहुने बताउंदै बरालले मन्चको कतार शाखालाई आबश्यक पर्ने हरेक प्रकारका सहयोग गर्न तयार रहेको बताए । अर्कि सम्मानित गायीका रेश्मा सुनुवारले मन्चका सदस्यहरुलाई संम्बोधन गर्दै डिउटीका अतिरिक्त आफ्नो प्रतिभा बचाउंदै मन्चमा समेत सहभागी भएकोमा खुसी ब्यक्त गर्दै कलकारहरुलाई आफ्नो स्वास्थ्यमा समेत ध्यानदिन आग्रह गरिन ।

मन्चका सल्लाहकारहरु नरेन्द्र भाटले एनआरएनले कला र कलाकारको जहिले पनि सम्मान गर्ने गरेको बताउंदै आफु एनआरएन कतारको अध्यक्ष हुंदापनि नेपालबाट ख्यातिप्राप्त कलाकार ल्यएर सांस्कृतीक कार्यक्रम गरेको स्मरण गर्दै कतारमा कलाकार संगठित हुदै गएकोमा खुसी ब्यक्त गरे ।

अर्का सल्लाहकार मक्सुद आलमले बोलेर होइन गरेर, फुटेर होइन जुटेर काम गर्ने बेला आइसकेको बताउंदै एनआरएन एनसिसीको तर्फबाट गर्नुपर्ने कुनैपनि किसिमको सहयोग गर्न तयार रहेको बताए ।

कार्यक्रमका सभापति एबं मन्चका अध्यक्ष भबिन्द्र तामाङले कतारमा कलाकारिता
मा संलग्न संम्पुर्ण संस्था संग सहकार्य गरेर जाने मन्चको उदेश्य भएकोले सबैलाई एउटै छातामुनि सहभागी हुन आग्रह गरे ।

कार्यक्रममा उल्टो साइकल चलाएर बिश्वभ्रमण गर्दै नेपालको परिचय गराउने अभियानमा लागेका बिरेश दहाल, बजेन्द्र महरा र बरुण अधिकारीलाई संस्थापक अध्यक्ष सोभिता सिंखडा तथा सल्लाहकारहरु नरेन्द्र भाट र मक्सुद आलमले संम्मान गरेका थिए 

मन्चका उपाध्यक्ष भानु सुनुवारले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रम संरक्षक निराजन भण्डारीले सन्चालन गरेका थिए । - दिपक पुडासैनी 




No comments: