Monday, May 2, 2016

अन्तर्राष्ट्रिय कलाकार मँचका सबै महाशाखा, शाखा, यस अन्तर्गत रहेका सबै कलाकारहरुलाई पनि आफु सक्दो सहयोग पठाउन बिनम्र अनुरोध




 सिन्धुपाल्चोकको गिरान्चौरमा भुकम्पले तहस नहस भएको अर्को बस्ती पुनर्निर्माण गर्न लागे धुर्मुस र सुन्तली, सार्वजनिक रुपमा सहयोग आह्वान
 गत बर्ष अमेरिका आएका कलाकार धुर्मुस भाई र सुन्तली बहिनी दुबै यतै बस्न सक्थे । मलाई थाहा छ उनिहरुले अाफ्ना लागि केही गर्न सक्थे, हामीले लिए जस्तै ग्रीन कार्ड एप्लाई गर्न सक्थे तर भुकम्पको खबर सुन्ना साथ धुर्मुस भाई र सुन्तली बहिनी दुबैले भने "दाजु नेपालमा भुकम्पले त्यस्तो सत्यानाश पारेछ, हामी यहाँ मान्छे हँसाउँदै हिडन, यता बस्न मनले दिएन, हामी फर्किन लाग्यौँ" मैले पनि उनिहरु दुबैको कुरामा सही थापेँ । भुकम्पको दुई
दिन पछी उनिहरु अमेरिकाबाट नेपाल हानिए ।

 एयरपोर्टबाट  घर  पुगेका  उनिहरु आफ्नो दुधेबालक र आफ्नै भत्केको घरको पनि मतलब नगरेर राहत बितरणमा जुटे, ठाउँं ठाउँँ पुगे, भुकम्प पिडितको लागि मलम पट्टी बने मैले मात्र होइन दुनियाँले देखेको कुरा हो यो । सरकार बरु निकम्मा भयो केही गर्न सकेन भन्ने गुनासो सुनिरहेकै बेला धुर्मुस र सुन्तलीले डोनेशन उठाएर धेरैलाई राहत दिए, अाफै मजदुर बनेर काम पनि गरे । पुनर्निर्माणमा जुटे ।

काभ्रेको डाँडागाउँको उनिहरुले बनाएको नमुना बस्तीमा म सशरीर पुग्न नसके पनि त्यहाँको सबै विवरण थाहा पाए पछि यि दुई कलाकार भाई बहिनी प्रति म झनै सकारात्मक र प्रभाबित भएको छु । रात दिन नभनेर खटेका यि जोडीले अहिले फेरी सिन्धुपाल्चोकको गिरान्चौरमा भुकम्पले तहस नहस भएको अर्को बस्ती पुनर्निर्माण गर्न लागेछन ।

केही दिन अघि धुर्मुस भाईले मेरो फोनमा घन्टी बजाए, मैले उठाएँ । (त्यो भन्दा अघि पछि पनि धुर्मुस भाई र सुन्तली बहिनीले सधैं अती सम्मान का साथ सम्झिरहन्छन खोइ किन हो मलाई थाहा छैन, त्यो उनिहरुनै जानुन) धुर्मुसले भने " दाजु फेरी अर्को नमुना बस्ती बनाउन आँटियो, हजुरको पनि साथ सहयोग र आशिर्बाद चाहियो" मैले भने भाई हामीलाई लज्जित नबनाउँ न ! मेरो पुरै सहयोग र साथ हुन्छ । उनको चर्पी अभियानलाई सफल पार्न मैले र अग्रज मित्र प्रेमराजा महतले अमेरिकामा आफु सक्दो सहयोग गरेर खाता खोलिदिएका थियौं । उनले त्यसमा पनि गज्जबै गरे ।

मेरो नजरमा मदनकृष्ण श्रेष्ठ, हरिबँश आचार्य, सन्तोष पन्त दाई पछिका नयाँ पिँढीका जे जस्तो रोल पनि निर्वाह गर्न सक्ने खुबी भएका सिताराम कट्टेल धुर्मुस भाई र कुन्जना घिमिरे सुन्तली बहिनी दुबैले हामी सबै कलाकार लाई एक कदम उछिनेर  अत्यन्त उदाहरणिय राम्रो काम गरिरहेका छन त्यो भन्न हामीले कन्जुस्याइँ गर्नुहुन्न । त्यसो भनेर मैले मेरा अन्य कलाकार अग्रजहरु, साथीहरु, हाम्रा जुनियर भाई बहिनीहरु लाई कम आँकलन गर्न खोजेको कदापी होइन, गलत अर्थ नलागोस तर भूकम्प पछि यि जोडीले जती गरे हामी अरु कलाकारले त्यती गर्न सकेनौँ हामीले त्यो स्वीकार्दा सानो भइन्न ।

अहिले उनिहरुले शुरु गरेको दोस्रो पुनर्निर्माण परियोजना शुरु भैसकेको छ र त्यहाँ तपाईं हाम्रो सहयोग को जरुरी छ । कती दिने, कती दिन सकिन्छ त्यो आ आफ्नो कुरा हो, तर जती सकिन्छ थोरै धेरै सहयोग गरेर धुर्मुस सुन्तलीको परियोजनालाई सफल बनाउनु तपाईं हाम्रो मानबिय, नैतीक, सामाजिक दायित्व हो भन्ने मलाई लाग्छ । थोरै धेरै जे जती सकिन्छ संसार भर छरिएर रहेका नेपालीले सहयोग गरौं त यो मात्र होइन यस्ता धेरै परियोजना सफल हुनेछन ।

त्यसैले म सार्वजनिक रुपमा आह्वान गर्दछु - सबै सहयोगी हात र मनहरुलाई, कृपया थोरै धेरै जे जती सकिन्छ सहयोग पठाउँ । सामाजिक भावना, परोपकारको भावना, आपत बिपतमा परेकाहरुको लागि केही गरौं धुर्मुस सुन्तली सँगै । मेरी छोरी सुस्मा खनालले केही समय अघि आफ्नो जन्म दिनमा पाएको उपहारमा सँकलित तिस हजार दुई सय सत्तरी रुपैंया चौबिस पैसा हामीले धुर्मुस सुन्तलीको यो दोस्रो परियोजना लाई पठायौं । एक जनाले धेरै भन्दा पनि धेरै ले थोरै थोरै पठाउँदा त्यो झन प्रभाबकारी, उत्तरदायी, प्रेरणादायी हुन्छ भन्ने कुरामा म विश्वाश राख्छु ।
      

म अध्यक्ष रहेको अन्तर्राष्ट्रिय कलाकार मँच का सबै महा शाखा, शाखा, यस अन्तर्गत रहेका सबै कलाकार हरुलाई पनि आफु सक्दो सहयोग पठाउन म बिनम्र अनुरोध गर्दछु । सहयोग पठाउन सबैभन्दा सजिलो अहिले गो फन्डमा धुर्मुस सुन्तलीको एकाउन्ट छ । यो लिंकमा https://www.gofundme.com/274vdtqc क्लीक गरी सिन्धुपाल्चोक गिरान्चौर एकिकृत बस्ती निर्माणमा सजीलै सहयोग गर्न सकिन्छ । सुरक्षित छ डराउनु पर्दैन । अथवा Money Order, Western Union Money Transfer बाट पनि उनिहरुलाई सहयोग पठाउन सकिन्छ त्यसका लागि म सबैलाई अन्तरात्मा देखी बिनम्र अनुरोध गर्दछु ।

- रामप्रसाद खनाल - अध्यक्ष  
अन्तर्राष्ट्रिय कलाकार मँच (www.IAFAmerica.com)
 केन्द्रिय कार्य समिती अमेरिका
   
Background
The comedian duo of Sitaram Kattel (Dhurmus) and Kunjana Ghimire (Suntali) of the weekly sitcom Meri Bassai were in the US in the middle of a two-and-a-half month tour when the Great Earthquake rattled Nepal on April 25. One week after the quake, the duo—who are also the Sanitation Brand Ambassadors for the Nepal government—were back in Nepal. They had to cancel the remaining scheduled 18 shows, which were meant to raise money for sanitation programmes back home. Since they have been back, they have focused solely on carrying out relief work.  The husband and wife have successfully rebuilt Pahari Basti, Danda Gaun, ward no 16, in Kavrepalanchok district, with the help of locals and volunteers by making earthquake-resistant houses for an Integrated Model Village. (Text credit: The Kathmandu Post)
Photo: First Model Village at Pahari Basti, Kavrepalanchwok district.

After the successful efforts to rebuild the Pahari Basti in personal efforts, the comedian duo aim to rebuild the Giran Chaur Village at Melamchi Municipality, Sindhupalchwok. This time, they are more organized with the Dhurmush Suntali Foundation.

Rebuilding Giran Chaur Village
Giran Chaur was a beautiful village at Melamchi municipality, 8 in Sindhupalchwok. After the earthquake in April, 2015, homes in the village completely collapsed (shown in the picture below) forcing the villagers to stay in the temporary shelter.         Photo: Giran Chaur village at the moment.

The village and the homes are not rebuilt even after a year of the earthquake. Indigenous needy Tamang communities, who lost their homes and loved ones still live in the temporary shelters as monsoon is approaching soon that makes their life more complicated. (Sketch of the design to be updated soon)

What we have planned? There are 5 15 people from 65 Tamang families staying in the temporary shelters in the village at the moment. We’re planning to change the face of this village to by building a model village for the Tamang community and help them for decent living with beautiful homes as gift after the earthquake. There will be 65 quake resistant homes for 65 families with toilets and small gardens in each. Following is the plan in specific:

Location: Giran Chaur, Melamchi-8, Sindhupalchwok
Area of the village: 5 Hectare
Types of homes to be built: 4-room earthquake resistant single stair building
Estimated Cost: 35 million Nepali Rupees
Each of the 65 homes will have a tap with running drinkable water, a toilet, small garden, children friendly structures and the model village will have one big community hall. Photo: Dhurmus with the children of Giran Chaur village

Even a penny counts!
We know we all have some kind of strength. Some can afford time to take initiative to lead on the ground; some may not be able to do that but can contribute little of what we have. Here we are, on the ground to build the village. If you cannot come on the ground, you may consider contributing the amount whatever you can. Let us work on your behalf. Even a single penny counts as we're running out of money already.

Transparency of the money you contribute
Dhurmush Suntali Foundation is the legally registered entity under the Social Welfare Council of Government of Nepal. Each of your contribution will be audited by the registered auditor and details of the expenses will be made public on dhurmussuntali.com and other social media platforms. Names of the contributors will be added on the inscription to be placed at the community hall.
                      

हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले बैशाख १२ मै दोश्रो एकिकृत बस्तीको शिल्यान्यास गरे












dhurmus suntali new namuna basti
हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले दोश्रो एकिकृत बस्तीको शिल्यान्यास गरेका छन् । भूकम्प गएको ठ्याक्कै एक वर्ष पुगेको दिन आज बिहान ११ बजेर ५६ मिनेटमा उनीहरुले मेलम्ची ८, गिरानचौरमा दोश्रो एकिकृत बस्तीको शिल्यान्यास गरेका हुन् । बस्ती निर्माणको काम थालनीस्वरुप गिरानचौर एकिकृत बस्तीमा सामूदायिक भवनको जग शिल्यान्यास गरिएको हो । यस अघि विभिन्न व्यक्ति, संघ संस्थाको
सहयोगमा धुर्मुस सुन्तलीले काभ्रेको डाँडा गाउँमा पहिलो एकिकृत नमुना बस्ती बनाएका थिए । गिरानचौरमा रहेका ६५ परिवारका लागि करीब ६ महिना भित्र एक घर, एक धारो, एक चर्पी, एक बगैँचालगायतका संरचना निर्माण गरेर हस्तान्तरण गर्ने फाउण्डेशनको लक्ष्य छ ।
गिरानचौर एकिकृत बस्तीलाई बालमैत्री, वातावरणमैत्री र पर्यटकीय पनि बनाइने फाउण्डेशनले जनाएको छ । पुनर्निर्माणमा ढिलाइ भइरहेकाले सरकारलाई सघाउने उद्देश्यले नयाँ नमुना बस्ती बनाउने अभियानमा लागेको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले बताएका छन् । धन नभए पनि ठूलो मन लिएर बस्तीको शिल्यान्यास गरेको बताउँदै उनले सहयोगी हातहरुको खाँचो रहेको औँल्याएका छन् । गिरानचौर एकिकृत बस्ती निर्माणको काम थालनी गदै गर्दा उनले पहिलो एकिकृत बस्ती बसाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संस्थाहरुलाई पनि धन्यवाद दिएका छन् । देश विदेशबाट सहयोग गर्ने केहि प्रतिबद्धताहरु आउन थालेकोमा खुशि व्यक्त गर्दै उनले त्यीनै प्रतिबद्धताका कारण काम गर्ने आँट पलाएको जनाएका छन् ।
साढे तीन करोड अनुमानीत लागत रहेको यो बस्ती निर्माणको थालनी गर्दा अहिले फाउण्डेशनको खातामा जम्मा १ लाख ७४ हजार रुपैँया मात्र रहेको फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले बताएकी छिन् । मनदेखि आँटेको काम पुरा गर्न मनकारी मान्छे, संघसंस्थाहरु भेटिने आशामा गिरानचौर एकिकृत बस्ती बसाउन आफूहरु अघि सरेको उनको भनाई छ । सामाजिक काम गर्न पाउँदाको खुशि अन्य कुनै पनि कामबाट प्राप्त हुन नसक्ने भएकाले ६५ परिवार भूकम्प पिडितको दुख कम गर्न लागि परेको उनी बताउँछिन् ।
dhurmus suntali new namuna basti
dhurmus suntali new namuna basti
भूकम्प पिडितको घाउमा मल्हम लगाउने यस अभियानमा साथ दिन उनले सबैमा अपिल गरेकी छिन् । आर्थिक रुपमा सहयोग गर्न नसक्नेहरुले श्रमदान मार्फत पनि बस्ती निर्माणमा सहयोग गर्न सकिने फाउण्डेशनले जनाएको छ ।






dhurmus suntali new namuna basti



No comments: