Saturday, May 14, 2016

वाशिङटन डिसीमा नाट्य जगतका धुर्ब तारा, प्राज्ञ, अन्तर्राष्ट्रिय कलाकार मँचका केन्द्रीय उपाध्यक्ष, अग्रज कलाकार हरि बहादुर थापालाई अभिनन्दन

 नाट्य जगतका धुर्ब तारा, प्राज्ञ, अन्तर्राष्ट्रिय कलाकार मँचका केन्द्रीय उपाध्यक्ष, अग्रज कलाकार हरि बहादुर थापालाई वाशिङटन डिसीमा अमेरिका नेपाल सहयोगी समाजको तर्फबाट अभिनन्दन गरियो । काबा नेपाली 

राजदूत ॠषिराम घिमिरे र संस्थाका अध्यक्ष पदम रेग्मीले श्री थापालाई अभिनन्दन गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै काबा राजदूत घिमिरेले थापा जस्ता ईतिहास रचेका कलाकारलाई अमेरिकामा आफुले अभिनन्दन गर्न पाउनु सुखद कुरा भएको उल्लेख गर्नुभयो ।

अभिनन्दित अग्रज कलाकार, अन्तर्राष्ट्रिय कलाकार मँचका उपाध्यक्ष श्री थापाले आफुलाई अभिनन्दन गर्ने संस्था र सम्बन्धित  सबैलाई आभार प्रकट गर्दै नाट्य क्षेत्रको ईतिहास देखि बर्तमान सम्मको छोटो ईतिहास बारे प्रकाश पार्नु भयो । वहाँले अाफ्ना नाट्य क्षेत्रका अग्रजहरु लाई स्मरण गर्दै पछिल्लो पटक जोडीयोस भत्किएका मनहरु नामक नाटक मार्फत अमेरिकामा पनि नेपाली नाटकले प्रत्यक्ष प्रबेश पाएको बताउनुभयो । मन्तब्य लगत्तै जिबन्त र प्रत्य्क्स्ग अभिनय गरेर पनि उहाले सहभागीको मन जित्नुभएको थियो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य सामाजका संस्थापक अध्यक्ष, अग्रज साहित्यकार होमनाथ सुबेदीले अभिनन्दित अग्रज कलाकार थापाको परिचय राख्दै वहाँ नाट्य क्षेत्रको सम्राट भएको बताउनुभयो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य सामाज वाशिङटन डिसी मेट्रो कमिटीका अध्यक्ष समेत रहेका अन्तरास्ट्रिय कलाकार मँचका केन्द्रीय अध्यक्ष राम प्रसाद खनालले आफ्नो मँचका उपाध्यक्ष एबम नेपाल को नाट्य जगतका पछिल्ला सम्राट हरि बहादुर थापाको अभिनन्दन प्रति खुशी ब्यक्त गर्दै भन्नु भयो " हुन त अहिले गु र गोबर छुट्ट्याउन नसक्ने, समान र अभिनन्दनको दुरुपयोग गर्ने  हामी र हाम्रो समाजलाई अग्रज कलाकार थापाको सम्मानको कती अर्थ हुन्छ मलाई थाहा छैन तर आजको यो अभिनन्दन ले बिशेष महत्व राख्छ, महत्वपूर्ण छ, अभिनन्दित थापा ज्यु लाई बधाई र अभिनन्दनकर्ता संस्था र परिवारलाई म धन्यवाद ज्ञापन गर्दछु । वहाँले सो अबसरमा श्रीमती मीठु थापाका कारण हरि बहादुर थापा यहाँ सम्म आइपुगेको बताउंदै वहाँ र वहाँ सँग अर्का वहाँका अभिन्न मित्र सहयोगी प्राज्ञ प्रतिस्ठानका पूर्व प्रशासन प्रमुख, अग्रज साहित्यकार हेमन्त श्रेष्ठको योगदान को स्मरण गर्नुभयो ।


प्राज्ञ प्रतिस्ठानका पूर्व प्रशासन प्रमुख, अग्रज साहित्यकार हेमन्त श्रेष्ठले हरि बहादुर थापाको नाट्य यात्रामा आफु २०३६ साला देखि सँगै भएको स्मरण गर्दै वहाँको ब्यक्तित्व र क्षमताका बारेमा प्रकाश पार्नुभयो ।

दधि ढुंगानाको सँचालन, अध्यक्ष पदम रेग्मीको सँचालनमा सम्पन्न उक्त कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष सागर कंडेल, जन संपर्क समिती भर्जिनिया च्याप्टर अध्यक्ष रामशरण हुमागाइँ, NRN भर्जिनिया सचिब कृष्ण भण्डारी आदिले पनि आ अाफ्ना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।  

सो अबसरमा अभिनन्दित नाट्य अग्रज थापाका मालती मंगले सहित दश बिभिन्न उत्तम नाटक हरुको संक्षिप्त भिडियो क्लिपहरुको प्रदर्शन पनि गरिएको थियो ।     
 




















                             अन्तर्राष्ट्रिय कलाकार मँचका केन्द्रीय उपाध्यक्ष, अग्रज कलाकार हरि बहादुर थापालाई वाशिङटन डिसीमा अमेरिका नेपाल सहयोगी समाजको तर्फबाट अभिनन्दन गरिँदा : मँचका हामी तीन जना अध्यक्ष, उपाध्यक्ष र सचिब एउटै Frame मा अट्दाको क्षण ।

No comments: