Thursday, May 12, 2016

अन्तर्राष्ट्रिय कलाकार मंच यूरोप महाशाखा र जर्मनी शाखाको संयुक्त पहलमा यूरोपमा "मह जोडी" लाई सम्मान

 जर्मनी / अन्तर्राष्ट्रिय कलाकार मंच यूरोप महाशाखा र जर्मनी शाखाको संयुक्त पहलमा यूरोप यात्रामा रहेका "मह जोडी" मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई जर्मनीको एस्सेन शहरमा सम्मान गरिएको छ | मंचको तर्फबाट अन्तर्राष्ट्रिय कलाकार मंच, जर्मनी शाखाका

संरक्षक तथा एन आर एन जर्मनीका प्रवक्ता श्री लब थापाले स्वागत मन्तब्य पेश गर्नु भएको थियो | जर्मनीमा सबैको मन जित्न सफल गायक सुमन रेग्मीलाई अन्तर्राष्ट्रिय कलाकार मंच यूरोपको तर्फबाट आर्टिस्ट अफ युरोपले सम्मान पत्र वितरण गरिएको थियो | जर्मनी म्युनिक निवासी प्रतिभावान गायक खड्ग न्याैपाने र एन आर एन जर्मनी निबर्तमान उपाध्यक्ष श्रीमती तारा थापाद्वारा संयुक्त रुपमा "मह जोडी" लाई लाईफ टाईम एचिभमेन्ट एवार्ड द्वारा सम्मानित गरिएको थियो | सम्मान कार्यक्रममा जर्मनीको एस्सेन शहरमा "मह जोडी साँझ" आयोजना गर्ने आयोजक एन आर एन जर्मनीका उपाध्यक्ष रणबहादुर साउथ र एल सी सी एन आर डब्लुका संयाेजक दिपक लामा , महिला संयोजक सरिता आचार्य मह यात्रा कार्यक्रम आयोजक राधा सिग्देल लगायत प्रतिनिधिहरुलाई कदर पत्र प्रदान गरिएको थियो | कार्यक्रममा जनसम्पर्क समिति जर्मनीका सभापति बिजय माेक्तानकाे उपस्थिति रहेकाे थियाे। सम्मान कार्यक्रमको संचालन अन्तर्राष्ट्रिय कलाकार मंच जर्मनी शाखाका अध्यक्ष बेल गुरुङ्गले गर्नु भएको थियो | उक्त अबशरमा अन्तर्राष्ट्रिय कलाकार मंचका केन्दीय अध्यक्ष रामप्रसाद खनालले पठाउनु भएको शुभकामना र सन्देश पढेर सुनाईएको थियो | अन्तर्राष्ट्रिय कलाकार मंच द्वारा सम्मानित हुन् पाउँदा आफुहरु अति हर्षित भएको भनि खुशी व्यक्त गर्दै हरिवंश आचार्यले आफुहरुलाई अमेरिकामा अध्यक्ष रामप्रसाद खनालले पनि ठूलो सहयोग र सम्मान गर्नु भएको थियो भनि स्मरण गराउनु भएको थियो | आयोजक द्वारा सोधिएको प्रश्नको उत्तर दिंदै मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य दुवैले साँकृतिक कार्यक्रम गर्दा के कसरी स्टेजको तयारि गर्ने प्राविधिक तथा लाईटिंग सम्बन्धित आफ्नो बिसेष अनुभव सुनाउदै सुझाब समेत प्रस्तुत गर्नु भएको थियो | उक्त कार्यक्रममा नेपालबाट आउनु भएका वरिष्ट हाँस्य कलाकार नरेन्द्र कंशाकार ,गायिका माण्डवी त्रिपाठी, गायक यमन श्रेष्ठ र कलाकार मोहित आचार्य ज्यूको पनि उपस्थिति रहेको थियो | कार्यक्रम उपस्थित सबैलाई धन्यवाद दिंदै कार्यक्रमको समापन कार्यक्रमको सभापति अन्तर्राष्ट्रिय कलाकार मंच यूरोप महाशाखाका अध्यक्ष दयाराम पौड्यालले गर्नु भएको थियो |
- लक्ष्मण जाेशी महा-सचिव अन्तर्राष्ट्रिय कलाकार मंच, यूराेप महाशाखा


*****************************************************************
updated ....

बिषय:- युरोप महासाखाको कार्य प्रगती बारे जानकारी |
अन्तरास्ट्रिय कलाकार मंच अमेरिका, केन्द्र 
अन्तरास्ट्रिय कलाकार मंच युरोप महाशाखाले गरेका केहि महत्वपूर्ण कार्यहरु समाबेश गरि २०१६ कार्य प्रगति विवरण पेश गरेको छु |
फेब्रुवरी २०१६ 
(१)१४ फेब्रुवरी आई ए एफ डे:-
अन्तरास्ट्रिय कलाकर मंच युरोप महाशाखा द्वारा प्रत्येक  बर्ष युरोपका विभिन्न देशमा आयोजना गरिने प्रमुख कार्यक्रम जसमा  समाजका विभिन्न तहका सामाजिक व्यक्तित्वहरु  तथा कलाकार र पत्रकारहरुलाई  सम्मान गरिने छ साथै युरोपमा रहेका  नब आगन्तुक कलाकारहरुलाई मंचको ब्यबस्थापन गरि प्रस्तुतिको मौका दीइने एजेन्डाका साथ् आई ए एफ डे २०१६ बेल्जियको एन्ट वेर्पेनमा सप्पन्न   |
(२)२७फेब्रुवरी नेपालका बरिस्ट गाएक खेम राज गुरुङ ज्युको  सी डी बिमोचन कार्यक्रम  ब्रेमन सहरमा सम्पन्न गरिएको छ | 
मार्च २०१६ 
(३) ३० मार्च हामि उठ्नेछौँ अभियान द्वारा तयार पारिएको शिर्ष   गित को छायांकन अन्तर्गत जर्मनीमा हुने छायांकनको  लागि आई ए एफ द्वारा स्थान छनौट , कलाकार चयन तथा अन्य कार्यमा  सहयोग |
छायांकन सम्पन्न,  नेपाल लागायत संसार भरि एकै साथ् प्रसारण | चारै तर्फ प्रसंसा |
मई 2016
(४)९ मई   २०१६नेपालका सम्मानित कलाकार द्वय  मदन कृष्ण र हरिबंश ज्युलाई स्वागत तथा सम्मान कार्यक्रम साथमा युरोपमा आफ्नो गायिकी बाट सबैको मन जित्न सफल गाएक सुमन रेग्मी र गाएक खड्ग नेउपाने लाई कलाकारितामा योगदान पुर्याए बापद मह जोडी द्वारा  सम्मान र  सोहि  दिन एन आर एन जर्मनी द्वारा  आयोजना गरिएको सांस्कृतिक साँझमा आई  ए एफ युरोप  महासाखाको तर्फ  बाट आर्थिक सहयोग,
(५) १४ मई कलाकार मंच युरो महाशाखा  ब.उपाध्यक्ष तेजेन्द्र कंडेल द्वारा केन्द्रिय  अध्यक्ष राम प्रसाद खनाल  ज्यु तथा प्रेम राजा महत ज्यु संग भेट बार्ता ( आबस्यक छलफल र भबिस्यमा बरिस्ट गाएक प्रेम राजा महत ज्युको युरोप भ्रमण बारे आबस्यक छलफल ) राम प्रसाद खनाल र प्रेम राजा महत द्वारा आई ए एफ युरोप महासाखाको आर्थिक कोष संकलन कार्यक्रमको लागि  लागि सहयोग कार्यक्रम गर्ने प्रतिबध्दता |
जुलाई २०१६ 
 (६) १९ जुलाई मुन्स्टरमा अन्तरास्ट्रिय कलाकार मंच जर्मनी  द्वारा आयोजित   शिब परियार साँझ( मान काजि नेपालि सम्मानित )कार्यक्रममा  युरोप महासाखाको सहभागी तथा महासाखाको तर्फबाट आर्थिक सहयोग गरिएको  |
(७) ३० जुलाई २०१६ मा आयोजना गर्ने भनि तयारि गरिएको कार्यक्रम  ( बसन्त चौधरीको महाकाब्य बाचन  )  का लागि बैठकको आयोजना गरि कार्यक्रमको लागि सबै प्रचार प्रचार पुरा गरि कार्यक्रम हल समेत बुक गरिएको तर नेपाल बाट आउने पाहुनाहरुको भिसाको समस्या देखा पर्न गई कार्यक्रम 
स्थगित गरिएको |
(८)२५ जुलाई  पोर्तुगलमा अन्तरास्ट्रिय कलाकार मंच पोर्तुगल साखा द्वारा आयोजना गरिने   शिब परियार साँझको तयारिको लागि आबश्यक सर सल्लाह,र  पोर्तुगल साखालाई कार्यक्रम गर्ने  प्रोत्साहन स्वरुप महासाखा बाट आर्थिक सहयोग गरिने निर्णय |
अगस्त  २०१६    
(९)२अगस्त २०१६ हल्याण्डमा सांस्कृतिक सचिब मदन के सी द्वारा  शिब परियार साँझ कार्यक्रम , तयारि तथा छल फल तथा कार्यक्रम सम्पन्न |
सेप्टेम्बर २०१६ 
(१०)२२ सेप्टेम्बर अन्तरास्ट्रिय कलाकार मंच साईप्रस साखा गठन 
  कार्यसमिति गठन   तयारीमा लामो समय व्यस्त   , कार्य समिति को नामावली , लोगो तथा समितिको  पोस्टर डिजाईन , कार्य समितिको प्रचार प्रसार तथा केन्द्र द्वारा साईप्रस साखालाई स्वीकृतिको लागि पत्राचार | केन्द्रबाट 
साईप्रश साखालाई स्वीकृति प्रदान |
 स्विजरल्याण्ड साखा पुरनगठनको तयारिका लागि अध्यक्ष कृष्ण सापकोटा र पधाधिकारीहरु बीच छल फल | जनवरीमा साखा पुर्नर्गठन  गरिने अन्तिम तयारि |
 अस्ट्रिया साखा गठनको तयारिका हाम्रा अस्ट्रिय प्रतिनिधी संग बृहत छल फल  
सकारात्मक , छिट्टै साखा गठन गरिने |
नोभेम्बर 
(११) ४ नोभेम्बर २०१६ गैर आवाशीय नेपालि संघ ब्रुसेल्स र युरोप महाशाखाको संयुक्त आयोजनामा आई ए एफ युरोप महाशाखाको तर्फबाट कार्यक्रम सयोजिका  योगिता थापा द्वारा कार्यक्रम आयोजना गरि गायिका नलिना चित्रकार तथा सन्जिब प्रधान साँझ कार्यक्रममा सफलतापुर्बक सम्पन्न | 
(१२) २२ नोभेम्बर हल्याण्डमा  महाशाखाको प्रतिनिधि गर्दै   कार्यक्रम संयोजक उपाध्यक्ष सबु पौडेल र सा-सचिब मदन के सी द्वारा आई ए एफ युरोप महाशाखाका लागि  नेपाल तारा बिजेता दिपक लिम्बु र अन्य कलाकार हरुको साथमा सांकृतिक कार्यक्रमको  आयोजना  गरि सम्पन्न गरिएको छ |
आउदा दिनमा संस्थाले बिभिन्न भाभी योजनाहरू तर्जुमा गर्दै 
महाशाखा द्वारा कलाकारिता अक्षय कोषको सुरुवात गरिने तथा आगामी आई ए एफ डे २०१७ कार्यक्रम जर्मनीमा आयोजना गरिने बिसयमा तयारि समितिको गठन गर्न गईरहेको   जानकारी गराउदछु |

अध्यक्ष -दयाराम पौड्याल 
आई ए एफ युरोप महाशाखा   
Dec. 03, 2016

No comments: