Sunday, May 21, 2017

सबैलाई अचम्मित पार्दै अमेरिकामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटी र अन्तर्राष्ट्रिय कलाकार मँच अमेरिकाको संयुक्त आयोजनामा मे २०, २०१७ शनिवारका दिन एक साथ धेरै कार्यक्रम सम्पन्न

सबैलाई अचम्मित पार्दै अमेरिकामा नौलो ढंगबाट एक साथ धेरै कार्यक्रम सम्पन्न गरियो !

- २० जना हजुर बा, हजुर आमा, बा आमालाई संयुक्त रुपमा प्रमुख अतिथि !
- सात घण्टा लामो कार्यक्रम तर कसैले लामो मानेनन ! 
- बुद्ध जयन्ती, सिद्धिचरण जयन्ती, नेपाली नयाँ बर्षका उपलक्ष्यमा आयोजित ग्रीष्मकालीन बिशेष साँस्कृतिक तथा साहित्यिक कार्यक्रममा नाच, गान, कविता, गीत, हास्यब्यँग, खेलकुद सबै खुराक र बनभोजको खुराक समेत !
सबैलाई अचम्मित पार्दै अमेरिकामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटी र अन्तर्राष्ट्रिय कलाकार मँच अमेरिकाको संयुक्त आयोजनामा मे २०, २०१७ शनिवारका दिन एक साथ धेरै कार्यक्रम सम्पन्न गरियो त्यो पनि नौलो ढंगबाट ।

अमेरिकामा पहिलो पटक कुनै ठुलो पद वा नाम नहेरी ससम्मान २० जना बुढाबुढी हजुर बा हजुर आमा, बा आमालाई संयुक्त रुपमा प्रमुख अतिथिको आशन ग्रहण गराएर मात्र अध्यक्ष रामप्रसाद खनालले आफ्नो

अध्यक्षता ग्रहण गरे कार्यक्रममा ।

नाच, गान, कविता, गीत, हास्यब्यँग, खेलकुद सबै खुराक र बनभोजको खुराक समेत मिस्रित उक्त कार्यक्रम बुद्ध जयन्ती, सिद्धिचरण जयन्ती, नेपाली नयाँ बर्षका उपलक्ष्यमा आयोजित ग्रीष्मकालीन बिशेष साँस्कृतिक तथा साहित्यिक कार्यक्रम नाम दिइएको थियो । कोही भलिबल खेल्दै थिए त कोही फुटबल, कोही टेनिस त कोही दौडमा मस्त । मनासस भर्जिनियाको स्प्ल्यास डाउन वाटर पार्कमा आयोजित यो कार्यक्रमले फरक आनन्दको अनुभुती दिइरहेको थियो सबैलाई । अमेरिकनहरु पनि त्यहाको रौनक हेर्दै देखिन्थे । मौसम त्यस्तै आनन्दको थियो ।            

रोल्पाली मगर, ज्ञानका हिसाबले पण्डित, अनेसास डिसी महासचिब पण्डित भूप नारायण घर्तिमगरले नेपाली नयाँ बर्ष, बुद्ध जयन्ती र सिद्धिचरण जयन्तिका बारेमा जानकारी प्रस्तुत गरेर शुरु गरेको कार्यक्रम बिहान ११ बजे शुरु भएर बेलुकी ६ बजे सम्म यू घण्टा चल्दा पनि कही कतै कसैलाई बोर लाग्ने अबसर दिएनन आयोजकहरुले । बिच बिच मा बुढाबुढी हजुर बा हजुर आमा, बा आमा देखी तरुनी तन्नेरी सम्म जुरुक्क उठेर  नाच्दा कार्यक्रमझनै रमाइलो हुन्थ्यो ।   

भोक लाग्यो दश थरी, सबैले मिलेर बनाएका खानाका परिकार छन, छिन छिनमा गीत, कविता, हास्यब्यँग, नाचको बहार छ अनी के को बोर हुनु । बेलुकी पख काम हुनेहरु खाँदै, रमाइलोको आनन्दको मज्जा लिंदै जान त मन थिएन के गर्नु हजुर अब काम मा जानुछ भन्दै बिदा माग्दै थिए त, कोही हेर्नुस त काम बाट भर्खर निस्केर सिधै यता आएको भन्दै थिए । अमेरिका को ब्यस्तता र काम को चापमा पनि आउने जाने क्रम जारी रह्यो ।

कतिखेर दुर्गा रिजाल जस्ती अमेरिकामा रहेकी प्रसिद्ध छन्द कवीको छन्द कविता त कति खेर नीरा शर्मा, प्रेम सँग्रौला, कृष्ण अधिकारी र वहाँहरु जस्ता दर्जनौ  कविताका हस्तीहरु कविता पस्कन्थे । अरूण रूपाखेती, भूप नारायण घर्तिमगर, चेतन सिटौला, सकुन्तला अधिकारी, सुमिना चापागाई, सिश्री ओझा, अनमोल सिटौला, निलकण्ठ सुबेदी, गोमा न्यौपाने, ईन्द्र श्रेष्ठ, पुष्कर पन्त, बृहस्पति लम्साल, कृष्ण मुरारी पुडासैनी, सुजना ढकाल, मन थापा, बिमला निरौला, रोमा भण्डारी, आयुसा ढकाल, नीता श्रेष्ठ, दीपा अधिकारी, हरिप्रसाद प्रसाई, सुस्मा खनाल, बिना घर्तिमगर, बिबेचना निरौला, सुगन्ध श्रेष्ठ, रामशरण हुमागाई, आनन्दु लामा, दिलीप नेपाल, मनिषा प्रसाई, कृतार्थ पुडासैनी, प्रणव नेपाल, रामप्रसाद खनाल लगायत कयौँका गीत, कविता, नाच, हास्यब्यँग सहितका बिबिध प्रस्तुतिको बहारले कार्यक्रम सुन्दर र रोमान्चित देखिन्थ्यो ।

गिनिज बुकमा नाम लेखाइ सकेका मार्शल आर्ट - कराते तर्फका नेपालका राष्ट्रिय प्रतिभा जो अमेरिकामा पनि नयाँ किर्तिमान कायम गर्दैहुनुहुन्छ  अर्थात उज्ज्वल ठकुरी देखी पावर लिफ्टिङमा अमेरिका टप अर्का नेपाली प्रतिभा जो अब संसार जित्ने तयारी गर्दै हुनुहुन्छ वहाँ अर्थात रुप कार्की र रेडियोकर्मी, कला कर्मी सरोज केसीलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटी र अन्तर्राष्ट्रिय कलाकार मँच अमेरिकाको तर्फबाट संयुक्त रुपमा अध्यक्ष रामप्रसाद खनाल र अन्तर्राष्ट्रिय कलाकार मँचकी केन्द्रिय सदस्य, नायिका अनुपमा प्रसाइले सम्मान गर्नुभयो ।

१० बर्षको उमेरमै मार्शल आर्टमा अमेरिकामा गोल्ड मेडल प्राप्त गर्ने प्रनब नेपाल र अर्का कृतार्थ पुडासैनी लाई पनि कार्यक्रममा उनिहरुको प्रस्तुति सहित सम्मान गरियो । कार्यक्रममा अनमोल सिटौलाको नयाँ अङ्रेजी कविता कृति द इन्लाईटमेन्टको लोकार्पण पनि गरिएको थियो । कार्यक्रम मा अमेरिका नेपाल सोसाइटीका उपाध्यक्ष प्रभा देउजा, महासचिब प्रेम पौडेलले पनि बोल्नुभएको थियो । अन्त्यमा कार्यक्रममा भाग लिने सबैलाई प्रमाणपत्र बितरण गर्दै कार्यक्रम समापन गरिएको थियो ।  कार्यक्रमका केही तस्वीरहरु आफै यसरी समाचार बोल्छन :  
  
 















































कार्यक्रमका बाँकी तस्वीरहरु हेर्न तलका लिँक क्लिक गर्न सक्नुहुन्छ 
  
http://enepalese.com/2017/05/127279.html

No comments: