Sunday, May 21, 2017

अन्तर्राष्ट्रिय कलाकार मन्च बहराइन शाखाले आयोजना गरेको "एकल नृत्य प्रतियोगिता - २०१७" बहराइनमा भब्यताका साथ सम्पन्न

१४ प्रतिस्पर्धी लाई पछि पार्दै अनु बनिन एकल नृत्य प्रतियोगीता बहराइन कि बिजेता 
प्रथम - अनु लामा - तामाङ सेवा समाज बहराइन
द्वितीय - सकुन सुब्बा - प्रवासी नेपाली मंच बहराइन
तृतिय - कमला श्रेष्ठ - झपाली युवा समाज बहराइन
सान्त्वना - गुणराज मगर - नेपाल मगर संघ बहराइन
नेपाली कला संस्कृती को संरक्षण तथा प्रवर्द्धन गर्ने तथा परदेश मा लुकेर रहेका नेपाली प्रतिभा हरुलाइ खोजी गरि अगाडी बढ्न हौसला प्रदान गर्ने उदेश्यका साथ अन्तर्राष्ट्रिय कलाकार मन्च बहराइन , शाखा ले आयोजना
गरेको "एकल नृत्य प्रतियोगिता - २०१७" बहराइन मा भब्यताका साथ सम्पन्न भएको छ। गत शुक्रबार मे १९ तारिख मा सम्पन्न उक्त कार्यक्रम मा बहराइन मा कार्यरत करिब १४ जना प्रवासी कलाकार हरुको सहभागीता रहेको थियो। मंच का अध्यक्ष प्रकाश पाठक को अध्यक्षता मा सम्पन्न उक्त कार्यक्रम का प्रमुख अतिथि नेपाली राजदुतावास बहराइन का श्रम सहचारी जगदीश चन्द्र शिवाकोटी हुनुहुन्थ्यो भने बिशेष अतिथि हरुमा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज का अध्यक्ष एवम वरिष्ठ लोक गायक अशिम महत , बहराइन बासी नेपाली हरुका अभिभावक एवम नेपाली क्लब बहराइन का मानार्थ गम गुरुङ्ग , नेपाली क्लब बहराइन का अध्यक्ष कमल श्रेष्ठ हुनुहुन्थ्यो । त्यस्तै गरेर विशेष अतिथिको लागि निम्त्याइएका समाजसेवी तथा ब्यवसायी दुर्गा गिरि, एन आर एन ए बहराइन कि महिला सम्योजक लक्ष्मी गिरि तथा प्रोफेसर मेदनी प्रसाद भण्डारी भने कार्यब्यस्तता को कारण कार्यक्रम मा उपस्थित हुन सक्नु भएन , त्यस्तै गरेर कार्यक्रम लाइ आर्थिक एवम भौतिक रुपमा सहयोग गर्नुहुने सम्पुर्ण संघ संस्था तथा ब्यक्तिहरु , नेपाली राजदुतावास परिवार , पत्रकार , कलाकारहरु लगायत कार्यक्रम का मुख्य जिम्मेवार पाएका निर्णायक द्वय अनु राना मगर र अरुण क्षेत्री अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो । उक्त अवसरमा मंच का द्वितीय उपाध्यक्ष शिव अधिकारी ले स्वागत मन्तब्य राख्नु भएको थियो , त्यस्तै गरेर कार्यक्रम का प्रमुख अतिथि एवम बिशेष अतिथी ज्यू हरुले शुभकामना मन्तब्य राख्दै निर्णायक मन्डली का निर्णायक हरुलाइ निश्पक्ष निर्णय गर्नको निमित्त सुझाव दिनुभएको थियो। निर्णायक मण्डली को तर्फबाट भने अरुण क्षेत्री ले आज मंच को महासचिव नभएर एउटा निश्पक्ष निर्णायक भुमिका निभाउने र अनु राना ले पनि हाम्रोलाइ भन्दा राम्रो लाई जिताउनेमा ढुक्क रहन प्रतिबद्दता जाहेर गर्नु भएको थियो।
मंच का कोषाध्यक्ष मेघनाथ आचार्य ले अनौपचारिक रुपमा संचालन गर्नुभएको कार्यक्रम गत बैशाख ३१ गते तनहुँ को ब्यास नगरपालिका मा स्थानीय तह निर्वाचन मा मतदान गरेर फर्केका रङ्गमन्च का नाट्यकर्मी , सङ्गीतकर्मी तथा बहुप्रतिभाशाली कलाकार स्वर्गीय बिक्रम परियार को फोटो मा माल्यार्पण तथा दीप प्रज्वलन गरि १ मिनेट महोनधारण गरिएको थियो। परियार को अपहरण पछि हत्या गरिएको थियो । हत्यारा लाई कडा कार्वाही को माग गर्दै कलाकार मंच बहराइन ले उक्त हत्याकाण्ड को घोर भर्त्सना पनि गरेको थियो।
त्यसपश्चात कार्यक्रम का सभापति , प्रमुख अतिथी, बिशेष अतिथी ज्यू हरुबाट पानस मा दीप प्रज्वलन गर्दै राष्ट्रिय गीत को धुन सगै कार्यक्रम औपचारिक रुपमा शुरुवात गरिएको थियो। लोकगीत को टुक्का सगै स्टेज मा प्रवेश गरेकी ब्युटिफुल वोमन अफ बहराइन कि बिजेता तथा मंच कि सल्लाहकार इन्दिरा क्षेत्री ले औपचारिक कार्यक्रम संचालन गर्नुभएको थियो भने उहाँ लाई मेघनाथ आचार्य ले बिच बिचमा सघाउदै कार्यक्रम संचालन गर्नुभएको थियो। मंच कि बालकलाकार लक्ष्मी सुनार को स्वागत नृत्य सगै शुरु भएको कार्यक्रम त्यसपछि लगालग प्रतियोगीहरुले धमाकेदार प्रस्तुती दिएका थिए। १४ जना प्रतिस्पर्धी ले भाग लिएको उक्त प्रतियोगीता कि बिजेता बन्न सफल भइन तामाङ सेवा समाज बहराइन कि कलाकार अनु लामा क्रमश द्वितीय उपाधी प्रवासी नेपाली मंच बहराइन कि कलाकार सकुन सुब्बा ले हात पारिन भने तृतीय पुरस्कार झापाली युवा समाज कि कमला श्रेष्ठ ले जित्न सफल भइन, मारुनी नृत्य गरेर सबैको मन जित्न सफल मगर संघ बहराइन का कलाकार गुणराज मगर ले भने सान्त्वना पुरस्कार मा चित्त बुझाउनु पर्यो। साथै उक्त अवसरमा कलाकार मंच र कलाकार समाज का कलाकार हरुले रमाइलो प्रस्तुती हरु पस्केका थिए। साथै कार्यक्रम संचालिका क्षेत्री ले आफ्नो चतुर दिमाग लगाउदै निर्णायक द्वय क्षेत्री र राना लाई पनि नाच्न बाध्य पारेकी थिन। समग्रमा कार्यक्रम भब्य एवम सभ्य रुपमा सम्पन्न भएको थियो। बिजेता कलाकार हरुलाइ खदा ओडाएर अबीर को टीका लगाएर बिशेष सम्मान का साथ बिशेष अतिथी तथा सभापती द्वारा पुरस्कार बितरण गरिएको थियो । तथा प्रतियोगिता मा भाग लिने सम्पुर्ण प्रतियोगीहरु लाई पनि उच्च सम्मान गर्दै सम्मान पत्र प्रदान गरिएको थियो। अन्तमा बिजयी सम्पुर्ण प्रतियोगीहरुलाइ बधाइ तथा शुभकामना दिदै बिजय बन्न असफल प्रतियोगीहरुलाइ पनि निराश नहुन आग्रह गर्दै र कार्यक्रम सफल बनाउन महत्वपूर्ण भुमिका निभाउनुहुने सम्पुर्ण सहयोगी हरुलाइ एकमुष्ट धन्यवाद ब्यक्त गर्दै सभापती प्रकाश पाठक ले कार्यक्रम बिसर्जन भएको घोषणा गर्नु भएको थियो।
बिजयी कलाकार हरु क्रमश :
प्रथम - अनु लामा - तामाङ सेवा समाज बहराइन
द्वितीय - सकुन सुब्बा - प्रवासी नेपाली मंच बहराइन
तृतिय - कमला श्रेष्ठ - झपाली युवा समाज बहराइन
सान्त्वना - गुणराज मगर - नेपाल मगर संघ बहराइन







No comments: