Friday, July 28, 2017

अन्तर्राष्ट्रिय कलाकार मँच केन्द्रिय कार्य समितिद्वारा अध्यक्ष सीता घिसिङ, महासचिब कुमार लिम्बु सहितको नयाँ निर्बाचित इजरायल शाखालाई अनुमोदन र बधाई !

अन्तर्राष्ट्रिय कलाकार मँच केन्द्रिय कार्य समितिले June 16, 2017  मा इजरायलमा सम्पन्न साधारण सभाबाट निर्बाचित  इजरायल शाखाको नयाँ कार्य समितिलाई मँचको केन्द्रको बिधानको परिधि भित्र रही कार्य गर्ने गरी
अनुमोदन गरेको छ । केन्द्रले नयाँ निर्बाचित कार्य समितिलाई बधाई ज्ञापन गर्दै कला र सँस्कृतिको लागि क्रियाशिल हुन पनि निर्देशन दिएको छ । मँचका गतिबिधिहरु मा बिगत मा भन्दा झन बढी क्रियाशिलता देखियोस, सबै कलाकार हरुलाई समेटेर इजरायल शाखाले आफ्नो क्रियाशिलता देखाउन सकोस । मँच भित्र स्वस्थ प्रतिस्प्रधा होस केन्द्रको यही चाहना छ भन्दै केन्द्रिय अध्यक्ष रामप्रसाद खनालले इजरायल शाखाको क्रियाशिलता हेर्न आफु आत्तुर रहेको बताउनुभएको छ ।

No comments: