Saturday, November 16, 2013

अन्तराष्ट्रिय कलाकार मंच यूरोप महा शाखा द्वारा प्रस्तुत "नेपाली सन्ध्या"

बेल्जियमका यूरोपियन,अफ्रिकन र अन्य बिभिन्न देशका नागरिकहरु माझ हाम्रो नेपाली संगीत चिनाउने शुभ अवसर प्राप्त भएको छ l आउदो ३० नोभेम्बर २०१३ सनिवारका दिन बिशुद्ध नेपाली बाध्यबादन जुन लोप हुने अवस्थामा छ l त्यसलाई जिवन्त राख्न गायक दीपक बज्राचार्यको परिकल्पना र भुषण दाहालको उद्घोषण,निर्देशनमा करिबन २५० संगीतकर्मी र प्राबिधिज्ञको ४ वर्ष लामो अध्यन अनुसन्धान पश्चात तयार बिशेष डकुमेन्ट्री फिल्म "क्रिम अफ रिदम "लाई यूरोपको राजधानी बेल्जियमको डाइमंड सिटि नामले परिचित शहर एन्त्रोपेन सिटिको "MerksemDok" Emiel Lemineurstraat 72-74, 2170 Merksem मा Stad Antwerpen ( महानगरपालिका )को सहभागितामा बिशेष प्रदर्शनी गरिदै छ l जसलाई Gazet van Antwerpen ( बेल्जियमको चर्चित पत्रिकाले प्रमोट गर्दैछ ) आज Gazet van Antwerpen ले गायक बज्राचार्य संग अन्तरर्वार्ता लिएको छ l आउदो साता पब्लिस हुने सो अन्तर्वार्ता लाखौ यूरोपियन पाठकहरु सामु पुग्ने छ l यूरोपको चर्चित मेडियाले स्थान दिएको सम्भवत: दीपक बज्राचार्य पहिलो नेपाली गायक हुनु भएको छ l यस कार्यक्रममा धेरै भन्दा धेरै बिषेशत: बेल्जियमवासी नेपाली दाजु भाई दिदि बहिनी सहभागी भएर नेपाल चिनाउने अन्तराष्ट्रिय कलाकार मंच यूरोप (IAF Europe ) को अभियानमा साथ दिनुहुने छ भनेर गायक दीपक बज्राचार्य र नायिका झरना थापाको यूरोप टूरका संयोजक तथा IAF Europe का अध्यक्ष कलाकार,निर्देशक उज्ज्वल के.सी.ले आशा व्यक्त गर्नु भएको छ l साथमा डकुमेन्ट्री फिल्मको प्रदर्शनी पश्चात गायक दीपक बज्राचार्य,नायिका झरना थापा र स्थानीय स्वदेशी बिदेशी कलाकारहरुको साथमा रमाइलो सांगीतिक कार्यक्रम पनि हुने के.सी.ले जानाकारी गराउनु भयो lउक्त अन्तराष्ट्रिय कलाकार मंच यूरोप महा शाखा द्वारा प्रस्तुत "नेपाली सन्ध्या" नामक सांगीतिक कार्यक्रमलाई फ्रेन्डशिप कल्ब बेल्जियम( CNTB )ले आयोजना गर्दै छ l डकुमेन्ट्री फिल्म "क्रिम अफ रिदम "को झलक हेर्नका लागि तलको लिंकमा जान सक्नु हुने छ l

No comments: