Saturday, November 16, 2013

अन्तराष्ट्रिय कलाकार मंच-जर्मनी शाखा (International Artists Forum -Germany Branch) को प्रस्तुती र एल सि सि ब्रेमेनको सहआयोजना चर्चित आनी छोइङ डोल्मा को कार्यक्रम जर्मनीमा

चर्चित गायिका आनी छोइङ डोल्मा को कार्यक्रम जर्मनीमा हुने !
अन्तराष्ट्रिय कलाकार मंच-जर्मनी शाखा  (International Artists Forum -Germany Branch) को प्रस्तुती र एल सि सि ब्रेमेनको सहआयोजना चर्चित आनी छोइङ डोल्मा को कार्यक्रम निम्न मिती र स्थानमा हुने हुँदा सम्पुर्ण महानुभावहरुलाई हार्दिक आमन्त्रण 
गर्दछौं। साथमा नेपाली आकर्षक नृत्य पनि प्रस्तुत हुने।
मिति : ७ डिसेम्बर शनिबार
समय: बेलुका ८ बजे
ठेगाना : Varreler Feld 7
28816 Stuhr , Germany
केही जानकारी:
आनी छोइङ डोल्मा (जन्म ४ जुन १९७१) बौद्ध भिक्षुणी तथा नेपाली भाषाकी गायिका हुन् । उनले गाएको ''फूलको आँखामा फूलै संसार'' भन्ने बोलको दुर्गा लाल श्रेष्ठ को शब्द र न्यिहु बज्राचार्यको संगीत निकै चर्चित गीत हो । यिनले आर्य तारा स्कुल सञ्चालन गरेकी छिन जहाँ उनी अनाथ बच्चाहरूलाई पढाउँछिन् ।

सन् १९७१मा जन्मिएकी छोइङ्ग डोल्मा एक बौद्ध धर्म मान्ने आनी हुन् । त्यसैले उनलाई आनी छोईङ्ग डोल्मा भनेर चिनिन्छ । सामान्यत आनी र लामाहरू सामान्य ब्यक्तिको जिवन भन्दा फरक रहने गर्दछन् । तर आफ्नो सांस्कृतिक र धार्मिक महत्वलाई राख्दै नेपाली साङ्गितिक क्षेत्रमा उदाएकी एक फरक पृष्ठभुमिकी गायिका हुन् आनी छोइङ डोल्मा । उनलाई नेपालीले मात्रै नभएर पूरै संसारका बौद्ध अनुयायीले चिन्ने गरेका छन । उनले बिशेषत धार्मीक भजन गाउने गरेकी छन् । उनी एक तिब्बतीयन शरणार्थी परीवारकी सदस्य हुन् । काठमाडौंमै जन्मिएकी उनी अहिले नागी गुम्बामा बस्ने गरेकी छिन् । शारीरिक शोषण गरेका उनका बाबुको हिंसा सहन नसकी १३ वर्षको उमेरमा नागी गुम्बा पुगेकी उनी अहिले पनि सोहि गुम्बामा सेवा गर्छिन् । वषौँसम्म उनलाई गुम्बामै बौद्ध भजनका ज्ञाताले संगीतको तालीम दिएका थिए । सन् १९९४मा अङग्रेजी गितार बादक स्टिभ टिब्बेटसले गुम्बा अवलोकनका लागि आउँदा आनी छोइङबाट प्रभावित भएर दुईवटा एल्बम समेत रेकर्ड गराएका थिए । तिब्बतीयन संगीत रहेको छो र सेल्वा नाम गरेका दुई एल्बमलाई समिक्षकहरूले निकै प्रसंशासमेत गरेका थिए । तिब्बतभन्दा बाहिर रहेर पनि त्यहाँको संगीतको प्रर्बद्धन गर्ने मध्ये आनी छोइङ पनि एक हुन् ।
अल्बमहरू

Chö (1997)
Dancing Dakini (1999)
Choying (2000)
Moments Of Bliss (2004)
Selwa (2004)
Smile (2005)
Inner Peace (2006)
आमा(2009)
Matakala (2009)
Inner Peace 2 (2011)

No comments: