Saturday, November 16, 2013

अन्तराष्ट्रिय कलाकार मँच का सम्पूर्ण महा शाखा एबम शाखा उपशाखा हरुलाई अत्यन्त जरुरी सूचना !

संसार भर फैलिएका जुन सुकै क्षेत्रका कलाकारहरु (गायक, न्रित्यकार, संगीतकार, साना ठुला पर्दाका चलचित्रका कलाकार, कला को कुनै पनि बिधा अन्तर्गत रहेका नेपाली वा जुनसुकै देश का, जुन सुकै बिधाका कलाकारहर) को साझा संस्था अन्तरराष्ट्रिय कलाकार मँच हाल संसार का ३० देश मा स्थापित भै कृयाशिल

अन्तराष्ट्रिय कलाकार मंच यूरोप महा शाखा द्वारा प्रस्तुत "नेपाली सन्ध्या"

बेल्जियमका यूरोपियन,अफ्रिकन र अन्य बिभिन्न देशका नागरिकहरु माझ हाम्रो नेपाली संगीत चिनाउने शुभ अवसर प्राप्त भएको छ l आउदो ३० नोभेम्बर २०१३ सनिवारका दिन बिशुद्ध नेपाली बाध्यबादन जुन लोप हुने अवस्थामा छ l त्यसलाई जिवन्त राख्न गायक दीपक बज्राचार्यको परिकल्पना र भुषण दाहालको उद्घोषण,निर्देशनमा करिबन २५० संगीतकर्मी र प्राबिधिज्ञको ४ वर्ष लामो अध्यन अनुसन्धान पश्चात तयार बिशेष डकुमेन्ट्री फिल्म "क्रिम अफ रिदम "लाई यूरोपको राजधानी बेल्जियमको डाइमंड सिटि नामले परिचित शहर एन्त्रोपेन सिटिको "MerksemDok" Emiel Lemineurstraat 72-74, 2170 Merksem मा Stad Antwerpen ( महानगरपालिका )को सहभागितामा बिशेष प्रदर्शनी गरिदै छ l जसलाई Gazet van Antwerpen ( बेल्जियमको चर्चित पत्रिकाले प्रमोट गर्दैछ ) आज Gazet van Antwerpen ले गायक बज्राचार्य संग अन्तरर्वार्ता लिएको छ l आउदो साता पब्लिस हुने सो अन्तर्वार्ता लाखौ यूरोपियन पाठकहरु सामु पुग्ने छ l यूरोपको चर्चित मेडियाले स्थान दिएको सम्भवत: दीपक बज्राचार्य पहिलो नेपाली गायक हुनु भएको छ l यस कार्यक्रममा धेरै भन्दा धेरै बिषेशत: बेल्जियमवासी नेपाली दाजु भाई दिदि बहिनी सहभागी भएर नेपाल चिनाउने अन्तराष्ट्रिय कलाकार मंच यूरोप (IAF Europe ) को अभियानमा साथ दिनुहुने छ भनेर गायक दीपक बज्राचार्य र नायिका झरना थापाको यूरोप टूरका संयोजक तथा IAF Europe का अध्यक्ष कलाकार,निर्देशक उज्ज्वल के.सी.ले आशा व्यक्त गर्नु भएको छ l साथमा डकुमेन्ट्री फिल्मको प्रदर्शनी पश्चात गायक दीपक बज्राचार्य,नायिका झरना थापा र स्थानीय स्वदेशी बिदेशी कलाकारहरुको साथमा रमाइलो सांगीतिक कार्यक्रम पनि हुने के.सी.ले जानाकारी गराउनु भयो lउक्त अन्तराष्ट्रिय कलाकार मंच यूरोप महा शाखा द्वारा प्रस्तुत "नेपाली सन्ध्या" नामक सांगीतिक कार्यक्रमलाई फ्रेन्डशिप कल्ब बेल्जियम( CNTB )ले आयोजना गर्दै छ l डकुमेन्ट्री फिल्म "क्रिम अफ रिदम "को झलक हेर्नका लागि तलको लिंकमा जान सक्नु हुने छ l

अन्तराष्ट्रिय कलाकार मंच-जर्मनी शाखा (International Artists Forum -Germany Branch) को प्रस्तुती र एल सि सि ब्रेमेनको सहआयोजना चर्चित आनी छोइङ डोल्मा को कार्यक्रम जर्मनीमा

चर्चित गायिका आनी छोइङ डोल्मा को कार्यक्रम जर्मनीमा हुने !
अन्तराष्ट्रिय कलाकार मंच-जर्मनी शाखा  (International Artists Forum -Germany Branch) को प्रस्तुती र एल सि सि ब्रेमेनको सहआयोजना चर्चित आनी छोइङ डोल्मा को कार्यक्रम निम्न मिती र स्थानमा हुने हुँदा सम्पुर्ण महानुभावहरुलाई हार्दिक आमन्त्रण 

Monday, November 4, 2013

अन्तराष्ट्रिय कलाकार मंच इजरायल शाखा द्वारा आयोजित तिहार विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न

 अन्तराष्ट्रिय कलाकार मंच इजरायल शाखा द्वारा आयोजित तिहार विशेष सांस्कृतिक कार्यक्रम सफलताको साथ सम्पन्न भएको छ ! आयोजित कार्यक्रम श्रीमती सुनिता पाख्रिनको सभापतित्वमा भएको थियो भने प्रमुख आतिथि महामहिम राजदुतावास श्री प्रल्हाद प्रसाई र वहाँको परिवार हुनुहुन्थ्यो |त्यस्तै गरि अतिथिहरुमा इजरायलमा रहेका विभिन्न संघ संगठनका प्रतिनिधिहरु रहनुभएको थियो, राजदुतावास बाट
पाल्नु भएको प्रमुख अतिथिले मन्तव्यमा सम्पूर्ण नेपाली दाजुभाई तथा 
दिदीबहिनीहरुलाई दीपावलीको शुभकामनाको साथै अन्तराष्ट्रिय कलाकार मंच इजरायल शाखाको नयाँ गठित पदाधिकारी ज्यूहरुलाई बधाई र कार्यकाल सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो| त्यस्तै  गरि संस्थाको अध्यक्ष  एवम सभापतिले अन्तराष्ट्रिय कलाकार मंच इजरायल शाखाको  पदाधिकारीहरु र कलाकारहरु पूर्ण जिम्मेवारी र  उत्साहका साथ कार्य गर्ने अठोट गर्दै कार्यक्रममा उपस्थित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई दीपावलीको शुभकामना ब्यक्त गर्दै