International Artists Forum (IAF) is an Independent, 501 C Non profit and first worldwide Artist’s organization which is Registered in USA. Mailing Address: 1945 Melvor Lane Winchester VA, 22601 US. www.iafamerica.com , email: iafamerica@gmail.com, Tel: 540-773-4346, Fax: 540-635-6928, Founder/President: Ram Prasad Khanal.
Thursday, April 22, 2010
बरिस्ठ कलाकार शिवहरी पौड्यालको अध्यक्ष्यतामा अन्तरराष्ट्रिय कलाकार मन्चको नेपाल शाखा गठन
हाल अमेरिकामा स्टेज शो तथा भ्रमणमा रहनु भएका नेपालका चर्चित हाँस्य कलाकार, जिरे खुर्सानीका निर्देसक तथा बरिस्ठ कलाकार शिवहरी पौड्यालको अध्यक्ष्यतामा अन्तरराष्ट्रिय कलाकार मन्चको नेपाल शाखा गठन गरिएकोछ । अमेरिका मा केन्द्रिय समिती रहेको उक्त मन्चको बिभिन्न देश हरुमा शाखा हरु बिस्तार गर्ने क्रममा भर्खरै नेपाल शाखा बिस्तार गरिएको अन्तरराष्ट्रिय कलाकार मन्च का केन्द्रिय अध्यक्ष्य राम प्रसाद खनालले प्रेस रिलिज मार्फत सबैमा जानकारी गराउनु भएको छ । साथै नेपालमा रहेका सबै कलाकारहरु लाई नेपाल शाखा का नब नियुक्त अध्यक्ष्य श्री पौड्याल सँगको समन्वयमा अगाडि बढ्न आग्रह पनि गर्नु भएको छ । केही समय भित्रै नेपाल मा हरेक बिधाका कलाकार हरुको ब्यापक भेला गरिने र सो भेलाले मन्चको नेपाल शाखा लाई अझ बिस्तार गरी अगाडि बढ्ने कुरा नेपाल शाखा का नब नियुक्त अध्यक्ष्य पौड्यालले जानकारी दिनु भयो ।
Tuesday, November 24, 2009
अन्तराष्ट्रिय कलाकार मँच,अमेरिकाको जरुरी सूचना !!!
गीत, संगीत, चलचित्र, नाटक, वा कुनै पनि क्षेत्रमा कला भएका कलाकार र तिनिहरु लाई माया गर्ने प्रबुद्ध बर्गको एकता एबम हक र अधिकारकालागि स्वतन्त्ररुपमा आवाज उठाउने, आपशी संपर्क, आपत बिपतमा सहयोग, नेपाली कम्युनिटीका लागि मनोरन्जन प्रदान, बिदेशमा नेपाली कला को पहिचान गराउने लगायतका कला सँग सम्बन्धित रहने गरी अमेरिकामा स्थापित यस् अन्तरराष्ट्रिय कलाकार मँच लाई बिस्तार गरिदै छ । इच्छुक नेपाली कुनैपनी बिधाका कलाकारहरु लाई ईमेल वा फोन बाट संपर्क गर्न अनुरोध गरिन्छ । अमेरिकामा प्रधान कार्यालय रहने यस् मन्चको समितीमा जुन सुकै देशमा रहेका नेपाली वा अरुदेशका कलाकार ले सहभागि हुन सक्नेछन । सँख्या हेरी हरेक देशमा यस् मन्चका शाखाहरु पनि बिस्तार गरिदैछ र संख्या हेरी अमेरिका वा अन्य देश का बिभिन्न शहर हरुमा पनि थप् यस् मन्च का शाखा उप शाखा खोल्ने हाम्रो अभियान अहिले तिब्र पारेका छौं । कलाकार मित्रहरु ईमेल मार्फत तपाईंको विवरण ईमेल र फोन नम्बर हामीलाई पठाउनुश तुरुन्त हामी तपाईंलाई संपर्क गर्नेछौ । नेपाल मा हुने कलाकार साथीहरुले निर शाह, कृष्ण मल्ल, हरी बहादुर थापा, राजाराम पौडेल मध्ये एक लाई भेट्न वा हामीलाई ईमेल वा फोन बाट संपर्क गर्न अनुरोध गर्दछौ। -अन्तराष्ट्रिय कलाकार मँच,अमेरिका
Email : internationalartistsforum@gmail.com, or rampdkhanal@gmail.com, Tel. 703-419-0924http://www.iafusa.blogspot.com
Sunday, October 18, 2009
अन्तराष्ट्रिय कलाकार मंच पोल्याण्ड शाखा गठन
अन्तराष्ट्रिय कलाकार मन्च अमेरिकाको मातहतमा रहने गरी मन्चको बिधान अनुसार पोल्यान्डमा नेपाली कला, साहित्य, गीत संगीत एब कल्चरका बिभिन्न बिधामा कार्यरत कलाकारहरुको एक भेलाले अन्तराष्ट्रिय कलाकार मन्च पोल्यान्ड शाखा गठन गरिएको छ। जस मा अध्यक्ष मित्र लाल पार्दे, उपाध्यक्ष श्री टोप बहादुर गैरे क्षेत्री, श्रीमती किर्ती पोख्रेल्, महासचिब्
श्री इन्द्र कुमार हिराचन, सचिब् श्री सुभाश घिसिङ्, कोषाध्यक्ष श्री अजय लामा, सदस्य श्री श्रीधर कार्की रहनु भएको कुरा अन्तराष्ट्रिय कलाकार मन्च अमेरिकाले जनाएको छ ।
यसै बिच अन्तराष्ट्रिय कलाकार मन्च अमेरिकाका अध्यक्ष्य रामप्रसाद खनालले एक प्रेस रिलिज जारी गर्दै मन्चको पोल्यान्ड शाखा लाई हार्दिक बधाई र संलग्न सबैलाई नेपाली कला, गीत संगीत, संस्क्रिती, साहित्यलाई अन्तरराष्ट्रियकरण गर्ने मन्च को महान पवित्र उद्देस्य परिपुर्तीका लागि काम गर्न शुभकामना दिनुभएको छ।
अध्यक्ष्य खनाल ले प्रेस रिलिजमा अगाडि भन्नु भएको छ "हामी छिट्टै अब संसारका बिभिन्न देस हरुमा पनि मन्चका शाखा बिस्तार गर्दै छौं त्यसैले इच्छुक सबै कलाकार साहित्यकार गीत संगीत का क्षेत्र मा काम गर्न चाहने सबैलाई हाम्रो ईमेल internationalartistsforum@gmail.com मा अथवा www.iafusa.blogspot.com मा संपर्क गर्न अनुरोध गर्दछौं"
Monday, October 12, 2009
अमेरिकामा पनि आफ्नो कला मज्जाले देखाए नेपाली कलाकारहरुले दशै को मौकामा !!!
दश बर्ष अमेरिका बसे पनि सरोज खनालको कलाकारितामा कुनै कमी देखिएन, नत सारँगा, पूजा , प्रेमराजामा पनि कुनै कमी देख्न पाइयो। पर्दा पछाडिका डान्स डाइरेक्टोर नबिन केसी, लुना, र लक्ष्मी को त झन कमी हुने कुरै भएन।
चौतारी को आयोजनामा अमेरिकाको भियना ओक्टन् हाई स्कुलमा नेपालका बरिस्ठ कलाकारहरुले दशै तिहार को अबसरमा एउटा रमाइलो कार्यक्रमको आयोजना गरे । सरोज खनाल, प्रेमराजा महत, सुनिल उप्रेती, रामप्रसाद खनाल, सारंगा श्रेष्ठ, पूजा चन्द, सन्जीब प्रधान, कर्ण दास, दीपेश किशोर भट्टराई, रतन सुबेदी, राजु लामा, सपना श्री, किशोर क्ष्यत्री, किरण केसी, नबिन केसी, लुना श्रेष्ठ, लक्ष्मी श्रेष्ठ,समिक्षा महत, सदिक्षा महत, कृतिका श्रेष्ठ, सबु, सैलु बजिमय, साङ्य श्रेष्ठ, दिक्षा यादव, आदी कलाकारहरुले गीत न्रित्य, नाटक लगायतका रोचक खुराक पस्केका थिए । कार्यक्रम अत्यन्त रोचक र एतिहासिक थियो । पर्दा पछाडि बाट कलाकार सुर्यमाला खनाल र सुनिल उप्रेती को, त्यसै गरी कृष्ण शर्मा र निर्मल आत्रेय को भूमिका पनि उत्तिकै थियोकार्यक्रम सफल पार्न ।
चौतारी को आयोजनामा अमेरिकाको भियना ओक्टन् हाई स्कुलमा नेपालका बरिस्ठ कलाकारहरुले दशै तिहार को अबसरमा एउटा रमाइलो कार्यक्रमको आयोजना गरे । सरोज खनाल, प्रेमराजा महत, सुनिल उप्रेती, रामप्रसाद खनाल, सारंगा श्रेष्ठ, पूजा चन्द, सन्जीब प्रधान, कर्ण दास, दीपेश किशोर भट्टराई, रतन सुबेदी, राजु लामा, सपना श्री, किशोर क्ष्यत्री, किरण केसी, नबिन केसी, लुना श्रेष्ठ, लक्ष्मी श्रेष्ठ,समिक्षा महत, सदिक्षा महत, कृतिका श्रेष्ठ, सबु, सैलु बजिमय, साङ्य श्रेष्ठ, दिक्षा यादव, आदी कलाकारहरुले गीत न्रित्य, नाटक लगायतका रोचक खुराक पस्केका थिए । कार्यक्रम अत्यन्त रोचक र एतिहासिक थियो । पर्दा पछाडि बाट कलाकार सुर्यमाला खनाल र सुनिल उप्रेती को, त्यसै गरी कृष्ण शर्मा र निर्मल आत्रेय को भूमिका पनि उत्तिकै थियोकार्यक्रम सफल पार्न ।
Friday, September 11, 2009
अन्तरराष्ट्रिय कलाकार मँच द्वारा बरिस्ठ कलाकार निर शाहलाई मानार्थ बरिस्ठ सलाहकार नियुक्त
विश्व भरी छरिएर रहेका नेपाली कलाकार हरु र बिदेसी कलाकार लाई समेत् समेट्दै अन्तरराष्ट्रिय रुपमा बितार गरिदै गरेको अमेरिकामा प्रधान कार्यालय रहेको अन्तरराष्ट्रिय कलाकार मँच, अमेरिकाका तर्फबाट अध्यक्ष्य रामप्रसाद खनाल र महासचिब रमेश उप्रेतीले एक प्रेस रिलिज जारी गर्दै हाल अमेरिका भ्रमण् मा रहनु भएका बरिस्ठ कलाकार निर शाह लाई मँच को अती ऊच्च सम्मान अर्थात " मानार्थ बरिस्ठ सल्लाहकार" मा मा नियुक्त गरिएको जनाउनु भएको छ । उक्त पद स्विकार गरिदिनुभएकोमा निर शाह प्रती आभार प्रकट गर्दै मँच ले वहांको सल्लाह र सुझाब ले मँच लाई टेवा पुग्ने विश्वाश लिएको छ । यसै सन्धर्बमा वहाँलाई अभिनन्दन गर्दै मँच का तर्फबाट श्री शाह लाई प्रदान गरिएको अभिनन्दन पत्र तल जस्ताको तस्तै प्रस्तुत छ । जुन कार्यबाहक नेपाली राजदुत् काली प्रसाद पोख्रेल ले एक समारोहकाबिच शाह लाई अमेरिका मा हिजो प्रदान गर्नुभएको थियो। 
नीर शाहलाई अमेरिकामा सम्मान गरियो
अमेरिकाको स्प्रिङ्ग फिल्डमा अमेरिका नेपाल सोसाइटी, खस खस , बिस्व सन्देस , बिस्व परिक्रमा को आयोजनामा राम मालाकार को सभापतित्वमा आयोजित समान कार्यक्रममा बरिस्ठ कलाकार , गीतकार ,
Monday, August 31, 2009
Wednesday, August 5, 2009
अमेरिकामा नेपालि कलाकारहरु
- विजय पौडेल / न्युयोर्क
प्रकृतिले सिंगारिएका छङ्छङ् बग्ने खोलानालाहरु, बिहान उठ्नासाथ सिरानीबाटै देखिने चाँदीझंै टल्कने हिमशृङ्खलाहरु, हरिया डाँडाकाँडाहरु अनि चिरबिर चिरबिर गर्ने चराचुरुङ्गीहरुको साथमा आफूले जन्मेदेखि लडिबुडी गरेको घरआँगन, करेसाबारी अनि आफ्नो परिवार, नातागोता, आफ्ना साथीसंगीहरुसँगै दिल खोलेर मनाइने चाडबाड र रीतिरिवाज सबैलाई छाडेर नयाँ सृष्िट गनर्,े नयाँ ससंार बसाउन,े धन कमाउने अनी समृद्धशाली जीवन बिताउने सपना बोकेर परदेसिन बाध्य भएका छन् धेरैभन्दा धेरै नेपालीहरु ।
प्रकृतिले सिंगारिएका छङ्छङ् बग्ने खोलानालाहरु, बिहान उठ्नासाथ सिरानीबाटै देखिने चाँदीझंै टल्कने हिमशृङ्खलाहरु, हरिया डाँडाकाँडाहरु अनि चिरबिर चिरबिर गर्ने चराचुरुङ्गीहरुको साथमा आफूले जन्मेदेखि लडिबुडी गरेको घरआँगन, करेसाबारी अनि आफ्नो परिवार, नातागोता, आफ्ना साथीसंगीहरुसँगै दिल खोलेर मनाइने चाडबाड र रीतिरिवाज सबैलाई छाडेर नयाँ सृष्िट गनर्,े नयाँ ससंार बसाउन,े धन कमाउने अनी समृद्धशाली जीवन बिताउने सपना बोकेर परदेसिन बाध्य भएका छन् धेरैभन्दा धेरै नेपालीहरु ।
Thursday, November 20, 2008
बरिस्ठ लोक गायक राम थापाको दु:खद निधनमा अन्तराष्ट्रिय कलाकार मन्चद्वारा गहिरो दु:ख प्रकट
एकै छिन् यो गीत हेरौ,
यो गीत का गायक राम थापा अर्थात् नेपाली लोक गिती फाट् का एक अग्रणी तारा, अब भौतिक रुपमा हामी बिच रहनु भएन, ५० बर्ष कै उमेर मा वहाँको जन्डिश रोग बाट निधन भएको छ । सयौ लोक गीत का रचयिता, गायक एबम संगीतकार राम थापा को दु:खद निधन मा अन्तराष्ट्रिय कलाकार मन्च का तर्फ बाट अध्यक्ष्य राम प्रसाद खनाल र महासचिब रमेश उप्रेती ले एक प्रेस रिलिज जारी गर्दै वहाँ को निधन प्रति गहिरो दु:ख प्रकट गर्नुभएको छ । शोक सन्तप्त परिवार प्रति समबेदना प्रकट गर्दै अन्तराष्ट्रिय कलाकार मन्च वहाँ को आत्माको चिर शान्ती को कामना गर्दछ प्रेस रिलिज मा भनिएकोछ ।
एकै छिन् यो गीत हेरौ,
यो गीत का गायक राम थापा अर्थात् नेपाली लोक गिती फाट् का एक अग्रणी तारा, अब भौतिक रुपमा हामी बिच रहनु भएन, ५० बर्ष कै उमेर मा वहाँको जन्डिश रोग बाट निधन भएको छ । सयौ लोक गीत का रचयिता, गायक एबम संगीतकार राम थापा को दु:खद निधन मा अन्तराष्ट्रिय कलाकार मन्च का तर्फ बाट अध्यक्ष्य राम प्रसाद खनाल र महासचिब रमेश उप्रेती ले एक प्रेस रिलिज जारी गर्दै वहाँ को निधन प्रति गहिरो दु:ख प्रकट गर्नुभएको छ । शोक सन्तप्त परिवार प्रति समबेदना प्रकट गर्दै अन्तराष्ट्रिय कलाकार मन्च वहाँ को आत्माको चिर शान्ती को कामना गर्दछ प्रेस रिलिज मा भनिएकोछ ।
Friday, October 31, 2008
अन्तरराष्ट्रिय कलाकार मँच, अमेरिकाको सूचना !!!
गीत, संगीत, चलचित्र, नाटक, वा कुनै पनि क्षेत्रमा कला भएका कलाकार र तिनिहरु लाई माया गर्ने प्रबुद्ध बर्गको एकता एबम हक र अधिकारकालागि स्वतन्त्ररुपमा आवाज उठाउने, आपशी संपर्क, आपत बिपतमा सहयोग, नेपाली कम्युनिटीका लागि मनोरन्जन प्रदान, बिदेशमा नेपाली कला को पहिचान गराउने लगायतका कला सँग सम्बन्धित रहने गरी अमेरिकामा स्थापित यस् अन्तरराष्ट्रिय कलाकार मँच लाई बिस्तार गरिदै छ । इच्छुक नेपाली कुनैपनी बिधाका कलाकारहरु लाई ईमेल वा फोन बाट संपर्क गर्न अनुरोध गरिन्छ । अमेरिकामा प्रधान कार्यालय रहने यस् मन्चको समितीमा जुन सुकै देशमा रहेका नेपाली वा अरुदेशका कलाकार ले सहभागि हुन सक्नेछन । सँख्या हेरी हरेक देश मा यस् मन्च का शाखाहरु पनि बिस्तार गरिनेछ । कलाकार मित्रहरु ईमेल मार्फत तपाईंको विवरण पठाउनुश हामी तपाईंलाई संपर्क गर्नेछौ ।
-अन्तरराष्ट्रिय कलाकार मँच,अमेरिका
Email : internationalartistsforum@gmail.com
www.iafamerica.blogspot.com
-अन्तरराष्ट्रिय कलाकार मँच,अमेरिका
Email : internationalartistsforum@gmail.com
www.iafamerica.blogspot.com
Thursday, October 30, 2008
संसार भरिका कलाकारहरुको साझा चौतारी : अन्तरराष्ट्रिय कलाकार मन्च

- लेखनाथ गौतम-
फेरी अर्को संस्था जन्म्यो । जन्मनु र मर्नु वा बन्द हुनु सामान्य कुरा हुन् । संस्था जन्माउनु एक अर्थमा सामान्य नै भन्नु पर्छ । त्यस्को उद्देश्य निर्धारण गर्नु र केही गर्छु भन्ने नै सबैको चाहना हुन्छ । संस्था खोल्दा वा कुनै सामाजिक समुह श्रीजना गर्दा असल उद्देश्य र नियत नै राखिएको हुन्छ । तर त्यस्ले के गर्छ त्यो प्रमुख कुरा हो । त्यस्को कथनी र करणी बिच कत्तिको फरक छ हेर्ने त्यो हो । कसैले थाहा पाएका छैनन् भन्ने भ्रम पाले पनि तिनिहरुलाई समाजले कर्के नजरले
Friday, October 24, 2008
अन्तराष्ट्रिय कलाकार मँच, अमेरिकाको केन्द्रिय समिती बिस्तार
बिभिन्न देशहरुमा पनि मन्चका शाखाहरु बिस्तार हुने
अमेरिका । केही समय अघी अमेरिकामा स्थापित अन्तराष्ट्रिय कलाकार मँचको केन्द्रिय समिती हालै बिस्तार गरिएको छ । गीत, संगीत , चलचित्र , हाँस्यब्यँग, नाट्य, बाद्यबादन, न्रित्य, प्रहसन, उदघोसण् लगायत बिबिध कलासँग सम्बन्धित कलाकारहरुलाई समेटेर गरिएको बिस्तार अनुसार बरिश्ठ लोक तथा दोहोरी गायक राम प्रसाद खनाल अध्यक्ष्य (भर्जिनिया अमेरिका), बरिस्ठ नाट्यकर्मी (मालती मंगले गिती नाटकका मंगले) हरीबहादुर थापा ऊपाध्यक्ष्य (नीयोर्क अमेरिका), थुप्रै चलचित्रमा सफल अभिनय गरेर ख्याति कमाएकी लोकप्रिय नायिका जल शाह ऊपाध्यक्ष्य (साल्टलेकसिटी, अमेरिका), दर्जनौ चलचित्रका सफल नायक युबा ढुकढुकी रमेश उप्रेती महा -सचिब (बाल्टिमोर अमेरिका), नायिका एबम न्रित्यँगना अनुपमा प्रसाइ कोइराला सचिब (भर्जिनिया अमेरिका) , चलचित्र अभिनेता, निर्देशक कृष्णमुरारी ढुङ्गेल कोसाध्यक्ष्य (क्लोराडो अमेरिका ) रहनु भएको छ ।
केन्द्रिय कार्यसमितीका सम्मानित सदस्यहरुमा बरिश्ठ कलाकारहरु क्रमश : नायिका शर्मिला मल्ल (नेपाल), लोकप्रिय नायिकाहरु करिस्मा मानन्धर र पूजा चन्द (बाल्टिमोर अमेरिका), नायक सुरेश मरहठ्हा, गायिका ममता दीप बीम (क्यलिफोर्निया अमेरिका), प्यारोडी सम्राट रतन सुबेदी (बाल्टिमोर अमेरिका), चर्चित नायिका एबम कुशल न्रित्यङाना सारँगा श्रेष्ठ (मारिल्यान्ड अमेरिका) , सुप्रशिद्ध गायक गायिका एबम पप स्टारहरु क्रमश: सन्जीव प्रधान र सरिस्मा आमात्य (बाल्टिमोर अमेरिका), चर्चित नायक सुधाम्शु जोशी , दर्जनौ सिरियल तथा फिल्ममा कलाकार रही सकेका र बिदेशमा पनि नेपाली कला संगीत कै लागि समर्पित हरी सिवाकोटी (बेलायत), चर्चित हाँस्यब्यङगकार नारायण त्रिपाठी (वशिङ्टन डिशि, अमेरिका), बाद्यबादक्, न्रित्यकार एबम नाट्यकर्मी राज कपुर (नीयोर्क अमेरिका) , लोकप्रिय कलाकर्मी अनिल पाण्डे (क्यलिफोर्निया अमेरिका), कलाकर्मी एबम चर्चित उदघोसिका रचना सिंह (सन्फ्रान्शिस्को अमेरिका), नयाँ पुस्ताका तर प्रखर लोक तथा दोहोरी गायक पवन ओली (मारिल्यान्ड अमेरिका}, छानिनुभएको छ ।
Subscribe to:
Posts (Atom)