International Artists Forum (IAF) is an Independent, 501 C Non profit and first worldwide Artist’s organization which is Registered in USA. Mailing Address: 1945 Melvor Lane Winchester VA, 22601 US. www.iafamerica.com , email: iafamerica@gmail.com, Tel: 540-773-4346, Fax: 540-635-6928, Founder/President: Ram Prasad Khanal.
Monday, February 22, 2021
अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाले निर्माण गरेको एउटा स्वागत गीत यस्तो छ !
अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाले लोक सँस्कृतिको जगेर्नाका लागि निर्माण गरेका केही मौलिक गीतहरु पनि तपाईंहरुका लागि यहाँ प्रस्तुत छन
Wednesday, July 29, 2020
अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाको नयाँ कार्य समितिलाई मञ्चको विधान, नीति, निर्देशन लाई पूर्ण पालना गर्ने गरी केन्द्रले मान्यता प्रदान गर्यो
अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाको भर्खरै सम्पन्न अधिवेशनले नयाँ कार्य समिति निर्माण गरी केन्द्र समक्ष स्वीकृति एबम मान्यताका लागि पठाएकोमा अन्तर्राष्ट्रिय कलाकार मञ्चको विधान, नीति, निर्देशन लाई पूर्ण पालना गर्ने गरी केन्द्रले स्वीकृत गर्दै मान्यता प्रदान गरेको छ । अन्तर्राष्ट्रिय कलाकार मञ्चको केन्द्रीय समिति अमेरिकाका अध्यक्ष रामप्रसाद खनालले कादम्बरी दाना श्रेष्ठको अध्यक्षतामा इजरायल शाखामा हाल सम्म कार्य समितिमा रहेर योगदान दिनुहुने सबै सबैलाई हार्दिक धन्यवाद दिँदै नयाँ निर्वाचित अध्यक्ष अनिल सिंह राजपूत सहितको कार्यसमितिलाई हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । नेपाली कला, संस्कृति, गीत सङ्गीत र साहित्यका लागि स्थापित हाम्रो संस्था अन्तर्राष्ट्रिय कलाकार मञ्चको इजरायल शाखाले सबैलाई समेटेर अगाडि बढ्न सकोस् भनी खनालले नयाँ कार्यसमितिलाई शुभकामना पनि दिनुभएको छ । सर्वसम्मत ढङ्गले निर्वाचित कार्यसमितिको नामावली, जिम्मेवारी हस्तान्तरणका बेला लिइएका केही तस्बिरहरू तल प्रस्तुत छन् :


Sunday, January 19, 2020
अन्तर्राष्ट्रिय कलाकार मञ्चले डिसीमा सम्पन्न गर्यो सिमा अतिक्रमण सम्बन्धी कार्यक्रम, तीन हस्तिलाई सम्मान र सिमा सम्बन्धी पुस्तक बिमोचन !
अन्तर्राष्ट्रिय कलाकार मञ्च, केन्द्रीय कार्य समिति, अमेरिकाको आयोजनामा जनवरी १८ तारिख भर्जिनिया गेन्सभिलमा एक विशेष कार्यक्रम आयोजना गरी सिमाबिद, नापी विभागका पूर्व महा निर्देशक , प्रबुद्ध व्यक्तित्व बुद्धि नारायण श्रेष्ठ, पाँच वटा विश्व कीर्तिमान कायम गरेर गिनिज बुकमा नाम लेखाएका नेपाली गौरव उज्ज्वल ठकुरी र पावर लिफ्टिङ्ग तर्फका अन्तर्राष्ट्रिय च्याम्पियन अर्का नेपाली गौरव रूप कार्कीलाई वहाँहरूको योगदानका लागि सम्मान र पुरस्कार प्रदान गरियो ।अन्तर्राष्ट्रिय कलाकार मञ्च, केन्द्रीय कार्य समिति, अमेरिकाका तर्फबाट अध्यक्ष एवम् लोक गायक रामप्रसाद खनालले वहाँहरूलाई सम्मान, पुरस्कार र पदक समर्पण गर्नुभयो । मञ्चकै तर्फबाट कोषाध्यक्ष एवम् सँस्कृतीबिद भुपनारायण घर्तिमगर, मञ्चका बोर्ड अफ डाइरेक्टर, अग्रज कोरियो ग्राफर नबिन केसी, कवि रबिन्द्र श्रेष्ठ, गीतकार एबम मञ्चका बोर्ड अफ डाइरेक्टर अम्बिका गुरुङ, अग्रज पत्रकार सोमनाथ घिमिरे, प्रा. डा. गोपी उप्रेती, समाजसेवी गोविन्द मैनाली, मन्दिरा मैनाली, मन थापा लगायत व्यक्तित्वहरूले तिनै जना सम्मानित व्यक्तित्वहरूलाई खादा, माला लगाएर सम्मान व्यक्त गर्नुभयो ।
Wednesday, December 25, 2019
अन्तर्राष्ट्रिय कलाकार मँचका केन्द्रीय अध्यक्ष, वरिष्ठ लोकगायक एवं पत्रकार रामप्रसाद खनाललाई "स्टार अफ दि इयर" को अवार्ड प्रदान

- राज लुइँटेलकाठमाडौं । लाजिम्पाट स्थित होटल लि हिमालयमा आयोजित एक बिशेष कार्यक्रममा विदेशमा रहेर पनि गीत संगीत क्षेत्रमा निरन्तर सक्रिय रहेर उत्कृष्ट योगदान दिए बापत अन्तर्राष्ट्रिय कलाकार मँचका केन्द्रीय अध्यक्ष, वरिष्ठ लोकगायक एवं पत्रकार रामप्रसाद खनाललाई स्टार अफ किङ्ग कतारले स्टार अफ दि इयरको अवार्ड प्रदान गरिएकोछ ।
साढे तीन दशक यता गीत संगीत, कलाकारिता, पत्रकारिता र साहित्यका क्षेत्रमा स्वदेश तथा बिदेशमा जहाँ रहँदा पनि वहाँले दिनुभएको योगदान को उच्च कदर गर्दै वहाँलाई स्टार अफ द इयर पुरस्कार प्रदान गरिएको कुरा कार्यक्रम मा घोषणा गरियो ।
पूर्व प्रधानमन्त्री झलनाथ खनाल, अग्रज हाँस्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र बसुन्धारा भुसाल, चलचित्र बिकास बोर्डका अध्यक्ष केशब भट्टराई लगायतका बिशिस्ट अतिथिहरुले खनाललाई उक्त पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
Saturday, December 14, 2019
अन्तर्राष्ट्रिय कलाकार मञ्च : कालापानी, लिपुलेक, लिम्पिया धुरा सहित कैयौँ नेपाली भूभागहरू माथि भारतीय कब्जाको विरोध गर्न, यो ज्यादतीका विरुद्ध संसारकै ध्यान आकर्षण गर्न आयोजित उक्त कार्यक्रममा सहभागिताका लागि सबै कलाकारहरू, नेपाली समुदायमा हार्दिक अपिल
सदियौँ देखी हामी हाम्रो छिमेकी देश भारतबाट हेपिँदै, मिचिँदै, थिचिँदै आएका छौँ । हाम्रा सिमानाहरू सारिँदा, नेपाली भूभाग भारत तिर पारिँदा, हाम्रो पानी हामीलाई उपयोग गर्न नदिई बाँध बाँधेर सीमा पारी झारिँदा हामी नेपाली माथि कति अन्याय र अत्याचार भएको छ त्यसको कुनै लेखाजोखा छैन । रोटी बेटीको हाम्रो सम्बन्ध भन्दै छिमेकी राष्ट्र भारतले हामी माथि गर्दै आएको थिचोमिचो इतिहास देखी आज सम्म निरन्तर जारी छ । कालापानी, लिपुलेक, लिम्पिया धुरामा मात्र होइन नेपाल भारत सीमा क्षेत्रका हजारौँ हेक्टर नेपाली भूभाग हडप्ने, रातारात सीमा सार्ने, नेपाली भूभाग आफ्नो तिर पार्ने भारतीय गिद्दे दृष्टि अत्यन्त खेद जनक छ ।
यो कुरा कसैबाट पनि छिपेको छैन कि हाम्रा धेरै जसो नेपाली राजनीतिक पार्टी र तिनका नेताहरू आफ्नो राजनीतिक स्वार्थको लागि भारतसँग बारम्बार लम्पसार परिरहँदा, भारतसँग सन्धि सम्झौता गरिरहँदा नेपाल र नेपाली जनतामाथि ठुलो घात भइरहेको छ । पछिल्लो समय भारतले जारी गरेको नक्सामा भारतले नेपाली थुप्रै भूभागहरू आफ्नो तिर पारेको घटनाले राष्ट्रलाई माया गर्ने हरेक नेपालीहरू मर्माहत र आक्रोशित हुनु स्वाभाविकै छ ।
अन्तर्राष्ट्रिय कलाकार मञ्च भारतीय पक्षबाट इतिहास देखी वर्तमान सम्म भएका सिमा मिचाई, थिचोमिचो, अन्याय, अत्याचारको घोर भर्त्सना गर्दछ । सँग सँगै हाम्रा धेरै जसो नेपाली राजनीतिक पार्टी र तिनका नेताहरू आफ्नो राजनीतिक स्वार्थको लागि भारत सँग बारम्बार लम्पसार परिरहँदा, भारतसँग सन्धि सम्झौता गरिरहँदा नेपाल र नेपाली जनतामाथि ठुलो घात भइरहेको प्रति दुःख व्यक्त गर्दै त्यस्ता राष्ट्रद्रोहीहरुको निन्दा पनि गर्न चाहन्छ ।
यो कुरा कसैबाट पनि छिपेको छैन कि हाम्रा धेरै जसो नेपाली राजनीतिक पार्टी र तिनका नेताहरू आफ्नो राजनीतिक स्वार्थको लागि भारतसँग बारम्बार लम्पसार परिरहँदा, भारतसँग सन्धि सम्झौता गरिरहँदा नेपाल र नेपाली जनतामाथि ठुलो घात भइरहेको छ । पछिल्लो समय भारतले जारी गरेको नक्सामा भारतले नेपाली थुप्रै भूभागहरू आफ्नो तिर पारेको घटनाले राष्ट्रलाई माया गर्ने हरेक नेपालीहरू मर्माहत र आक्रोशित हुनु स्वाभाविकै छ ।
अन्तर्राष्ट्रिय कलाकार मञ्च भारतीय पक्षबाट इतिहास देखी वर्तमान सम्म भएका सिमा मिचाई, थिचोमिचो, अन्याय, अत्याचारको घोर भर्त्सना गर्दछ । सँग सँगै हाम्रा धेरै जसो नेपाली राजनीतिक पार्टी र तिनका नेताहरू आफ्नो राजनीतिक स्वार्थको लागि भारत सँग बारम्बार लम्पसार परिरहँदा, भारतसँग सन्धि सम्झौता गरिरहँदा नेपाल र नेपाली जनतामाथि ठुलो घात भइरहेको प्रति दुःख व्यक्त गर्दै त्यस्ता राष्ट्रद्रोहीहरुको निन्दा पनि गर्न चाहन्छ ।
Monday, September 16, 2019
अन्तर्राष्ट्रिय कलाकार मञ्चद्वारा अमेरिकामा बसन्त चौधरीका १० कृति लोकार्पण, अभिनन्दन र विश्व काब्य यात्रा सम्पन्न, चौधरीको कला देखेर डिसी दङ्ग !
अग्रज कवि, साहित्यकार एबम गीतकार बसन्त चौधरीको बिभिन्न नौं भाषामा प्रकाशित कविता कृति "बसन्त" र हिन्दी भाषामा प्रकाशित कृति "चाहतोँ के साय में" को अमेरिका लोकार्पण र वहाँको "विश्व काब्य यात्रा, वाशिङ्गटन डिसी २० औं श्रृंखला" अत्यन्त भब्य र सभ्य रुपमा सम्पन्न भएको छ ।अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका ( www.iafamerica.com ) र इन्टरनेशनल मिडिया एण्ड इन्टरटेन्मेन्ट हाउस, अमेरिकाको संयुक्त आयोजनामा भएको कार्यक्रममा कवि, साहित्यकार एबम गीतकार बसन्त चौधरीले वहाँका आफ्ना नेपाली र हिन्दी भाषाका कविता, मुक्तक र गजल बाचन गरेर वाशिङ्गटन डिसीबासीलाई मनमुग्ध मात्र पार्नुभएन, वाहवाही पनि बटुल्न सफल हुनुभयो ।
शुरुमा ४५ मिनेटको काब्य बाचन तय गरिए पनि वाशिङ्गटन बासीको फर्माइसमा वहाँले करिब डबल समय लिनुभयो । अचम्म त के भयो भने चौधरीको काब्य बाचन शुरु भए पछी दर्शक श्रोता दीर्घा वाहवाही, ताली र साथ दिन तल्लिन देखियो भने कार्यक्रम अन्त्य भए पछी पनि चौधरी सँगै झुम्मीइ रह्यो । अमेरिकाबासी नेपालीहरुका बिच चौधरी सुपर स्टार सेलिब्रेटी जस्तै भएर बिदा हुनुभयो । बिदा हुनु अघि आधा घण्टा फोटो शेशनमा तानातान मा परेका चौधरी सँग रात्रीभोज अबधी भर पनि दर्शक श्रोता झुम्मीइ रहे ।
आयोजक अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका र इभेन्ट म्यानेज्मेन्ट गरेको इन्टरनेशनल मिडिया एण्ड इन्टरटेन्मेन्ट हाउस, अमेरिकाका अध्यक्ष, लोक तथा लोहोरी गायक रामप्रसाद खनालले कार्यक्रमको शुरुमै बसन्त चौधरीको विश्व काब्य यात्रा आयोजना बारेमा प्रस्ट पार्दै चौधरी सहित सबै अतिथि दर्शक र श्रोताहरुलाई स्वागत गर्नुभएको थियो ।
Saturday, August 31, 2019
Tuesday, August 13, 2019
वासिङ्टन डिसीमा अग्रज कवि,साहित्यकार एबम गीतकार बसन्त चौधरीको बिभिन्न नौँ भाषामा प्रकाशित कविता कृति "बसन्त" को अमेरिका लोकार्पण र "विश्व काब्य यात्रा, वाशिङ्गटन डिसी श्रृंखला" हुँदै

अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका र इन्टरनेशनल मिडिया एण्ड इन्टरटेन्मेन्ट हाउस, अमेरिकाको संयुक्त आयोजनामा आगामी सेप्टेम्बर १५ तारिख आइतबार अमेरिकाको वासिङ्टन डिसीमा अग्रज कवि,साहित्यकार एबम गीतकार बसन्त चौधरीको बिभिन्न नौँ भाषामा प्रकाशित कविता कृति "बसन्त" को अमेरिका लोकार्पण कार्यक्रम र चौधरी स्वयम उपस्थित भै कविता बाचन गर्नुहुने "विश्व काब्य यात्रा, वाशिङ्गटन डिसी श्रृंखला" आयोजना गरिएको छ ।Sunday, July 28, 2019
अन्तर्राष्ट्रिय कलाकार मञ्च, केन्द्रिय समिति अमेरिकाको बिधान अनुसार सल्लाहकारमा थप केही अग्रज कलाकारहरुलाई नियुक्त
अन्तर्राष्ट्रिय कलाकार मञ्च, केन्द्रिय समिति अमेरिकाको बिधान अनुसार मँचका संस्थापक एबम अध्यक्ष रामप्रसाद खनालले सल्लाहकारमा थप केही अग्रज कलाकारहरुलाई नियुक्त गरी नेपाल शाखाको भेलाका क्रममा प्रमाणपत्र हस्तान्तरण गर्नुभएको छ । मँचका प्रमुख सल्ल्लाहकार नीर शाह र अध्यक्ष खनाल दुबैले थप सल्लाहकारहरुलाई प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो । यसरी सल्लाहकार नियुक्त हुनुहुने अग्रज कलाकारहरुमा चलचित्र बिकास बोर्डका अध्यक्ष केशब भट्टराई, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, अग्रज कलाकार, चलचित्र निर्देशक, अभिनेता एबम संचारकर्मी दिनेश डिसी र लोकप्रिय हाँस्यकलाकार राजाराम पौडेल हुनुहुन्छ ।
अन्तर्राष्ट्रिय कलाकार मञ्चको नेपाल शाखामा शैलेन्द्र सिँखडा सहितको नयाँ कार्यसमिति, केन्द्रीय अध्यक्ष खनालका तीन कृति बिमोचन
कलाकारहरूको अन्तर्राष्ट्रिय स्वतन्त्र छाता सङ्गठन अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका ( International Artists Forum - IAF- www.IAFAmerica.com ) को केन्द्रीय समिति अमेरिका अन्तर्गतको नेपाल शाखाको कलाकार भेला तथा नेपाल शाखामा नयाँ नेत्रित्व चयन कार्यक्रम मँचका प्रमुख सल्लाहकार एबम अग्रज कलाकार नीर शाहको प्रमुख आतिथ्यमा काठमाडौंमा सम्पन्न भएको छ ।
अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका केन्द्रीय अध्यक्ष रामप्रसाद खनालको नयाँ कविता कृति "मुर्दाहरुको बस्ती", गीति सिडी " रामप्रसाद खनालका गीतहरु" र डिभिडी "रामप्रसाद खनालका सदाबहार गीतहरु" को सामुहिक रुपमा बिमोचन समेत गरिएको उक्त कार्यक्रममा यस अघि शिवहरी पौड्यालले नेत्रित्व गर्नुभएको मँचको नेपाल शाखा कार्य समितिलाई बिदाई गरी नेपालका प्रसिद्ध कलाकार एबम कवि शैलेन्द्र सिम्खडाको अध्यक्षता मा नयाँ नेपाल शाखा निर्माण गरिएको छ ।
नेपालका अग्रज कलाकारहरु क्रमश: सम्भुजित बास्कोटा, सन्तोष पन्त, हरि बहादुर थापा, सरोज खनाल, किरण केसी, दिनेश डिसी, चलचित्र बिकास बोर्डका अध्यक्ष समेत रहेका अग्रज कलाकार केशब भट्टराई लगायतका कलाकारहरु, प्राज्ञहरु, बुद्धिजिबीहरु, साहित्यकारहरुको गुणस्तरीय उपस्थिती रहेको उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली कला क्षेत्रका भिस्म पितामह, ज्युँदा इतिहास नीर शाहले आफु अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका स्थापना काल देखी नै यसमा आबध्द रहेको र यसले कला, सँस्कृती, साहित्य लगायतका क्षेत्रमा खेलेको भूमिका, अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका अध्यक्ष राम प्रसाद खनालले खेल्नुभएको भूमिका अतुलनिय रहेकाले आफु अहिले पनि यो संस्थासँग जोडीइरहेको बताउनुभयो ।
Tuesday, May 21, 2019
हार्दिक धन्यवाद र आभार - अन्तर्राष्ट्रिय कलाकार मञ्च
कलाकारहरूको अन्तर्राष्ट्रिय स्वतन्त्र छाता सङ्गठन अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका ( International Artists Forum - IAF - www.iafamerica.com ) को केन्द्रीय समिति हालै पुनर्गठन पश्चात हामी र हाम्रो टिमलाई बधाई ज्ञापन गर्नुहुने सबै सबैमा हार्दिक आभार प्रकट गर्दछौँ । यसै गरी हाम्रो समाचारलाई प्राथमिकताका साथ प्रकाशन, प्रसारण गरिदिनुहुने सबै पत्रकार मित्रहरु, मिडियाहरुमा पनि हार्दिक धन्यवाद र आभार प्रकट गर्दछौँ । हाम्रो संस्था के हो ? कसरी काम गरिरहेको छ ? यसका गतिबिधी कस्ता छन ? हेर्नुहोस www.iafamerica.com मा । वेबसाइट हेर्दैगर्दा पेजको अन्त्यमा आउने Older Post मा क्लिक गर्दै जानुभयो भने संस्थाका सबै गतिबिधिहरु हेर्न बुझ्न सकिने छ । धन्यवाद । प्रकाशित समाचारका केही लिँकहरु:
http://www.newsofnepal.com/2019/05/16/211507/…
https://www.brtnepal.com/2019/05/14/83747.html
https://www.enepalese.com/2019/05/228854.html
http://www.nepalayanews.com/archives/114910
http://www.iafamerica.com/2019/05/blog-post.html
http://www.nepalmother.com/2019/05/blog-post_13.html
https://voiceofwashington.blogspot.com/2019/…/blog-post.html
http://www.loksangitparakhi.com/16049/…
https://www.khasokhas.com/85425…
http://www.khullamanch.com/archives/13283…
https://www.facebook.com/…/a.81063844246…/1059718554225806/…
http://www.pahilopost.com/content/20190515113051.html…
https://www.hamropatro.com/news/details/5635940823990272…
http://www.dcnepal.com/international-artist-munch…
https://www.jananinepal.com/2019/32733…
http://jhilko.com/post/--2448…
http://www.filmykhabar.com/news/17433/…
http://www.thuloparda.com/post/30446…
http://www.plus977.net/…
https://nepalijanta.com/2019/05/127726…
http://cinepati.com/read/post/3191…
http://www.nepalesediaspora.com/archives/8697
http://www.globenepal.com/…/%E0%A4%85%E0%A4%A8%E0%A5%8D%E0%…
https://www.hollywoodkhabar.com/internationl-nepali-artisto…
https://www.beautynewsnepal.com/9634/…
https://www.jananinepal.com/2019/32966…
https://www.himalayakhabar.com/detail/70067.html…
http://www.khullamanch.com/archives/13283…
http://www.nepalayanews.com/archives/114910…
- रामप्रसाद खनाल, अध्यक्ष एबम
अन्तर्राष्ट्रिय कलाकार मञ्च,
केन्द्रीय समिति अमेरिका समस्त परिवार
http://www.newsofnepal.com/2019/05/16/211507/…
https://www.brtnepal.com/2019/05/14/83747.html
https://www.enepalese.com/2019/05/228854.html
http://www.nepalayanews.com/archives/114910
http://www.iafamerica.com/2019/05/blog-post.html
http://www.nepalmother.com/2019/05/blog-post_13.html
https://voiceofwashington.blogspot.com/2019/…/blog-post.html
http://www.loksangitparakhi.com/16049/…
https://www.khasokhas.com/85425…
http://www.khullamanch.com/archives/13283…
https://www.facebook.com/…/a.81063844246…/1059718554225806/…
http://www.pahilopost.com/content/20190515113051.html…
https://www.hamropatro.com/news/details/5635940823990272…
http://www.dcnepal.com/international-artist-munch…
https://www.jananinepal.com/2019/32733…
http://jhilko.com/post/--2448…
http://www.filmykhabar.com/news/17433/…
http://www.thuloparda.com/post/30446…
http://www.plus977.net/…
https://nepalijanta.com/2019/05/127726…
http://cinepati.com/read/post/3191…
http://www.nepalesediaspora.com/archives/8697
http://www.globenepal.com/…/%E0%A4%85%E0%A4%A8%E0%A5%8D%E0%…
https://www.hollywoodkhabar.com/internationl-nepali-artisto…
https://www.beautynewsnepal.com/9634/…
https://www.jananinepal.com/2019/32966…
https://www.himalayakhabar.com/detail/70067.html…
http://www.khullamanch.com/archives/13283…
http://www.nepalayanews.com/archives/114910…
- रामप्रसाद खनाल, अध्यक्ष एबम
अन्तर्राष्ट्रिय कलाकार मञ्च,
केन्द्रीय समिति अमेरिका समस्त परिवार
Monday, May 20, 2019
अन्तर्राष्ट्रिय कलाकार मञ्च, केन्द्रीय समिति अमेरिकाको सूचना !
कलाकारहरूको अन्तर्राष्ट्रिय स्वतन्त्र सङ्गठन अन्तर्राष्ट्रिय कलाकार मञ्च, केन्द्रीय समिति अमेरिका ले संसार भर रहेका कलाकारहरुलाई एकताबध्द बनाउँदै कला, लोक सँस्कृती, गीत संगीत, साहित्यका लागि काम गर्दै अगाडि बढ्ने क्रममा अन्तर्राष्ट्रिय कलाकार मञ्च, केन्द्रीय समिति अमेरिका अब बिभिन्न देशहरुमा शाखाहरु बिस्तार गर्ने अभियानमा जुटेको छ । जुन सुकै बिधाका कलाकारहरु यसमा रहेर सक्रिय रुपमा काम गर्न सक्नुहुन्छ । इच्छुक कुनै पनि बिधाका कलाकारहरुलाई iafamerica@gmail.com वा rampdkhanal@gmail.com वा अध्यक्ष वा महासचिबको फेसबुकको इन्बक्समा आफ्नो नाम, बिधा, हालको फोन नम्बर, ठेगाना सहित संपर्कमा आउन अनुरोध गरिन्छ । कृपया आफु शाखामा बसी काम गर्न इच्छुक भएमा आफु कुन देशमा बसेर काम गर्न इच्छुक हुनुहुन्छ सो समेत खुलाई संपर्क गर्नुहुन सादर अनुरोध छ ।
केन्द्रिय समितिको पुनर्गठन पछि बिभिन्न देशमा भएका शाखाहरुको पनि पुनर्गठन, निस्क्रिय शाखाहरु बिघटन गरि नयाँ गठन गर्ने निर्णय भए अनुसार यो सूचना प्रकाशित गरिएकोछ ।
कलाकार मित्रहरु, कृपया यो सूचना तपाईंलाई जानकारी भएका अरु कलाकार साथीहरुलाई पनि सूचित गरी सहयोग गरिदिनु हुन बिनम्र अनुरोध छ ।
नयाँ शाखा गठन वा पुनर्गठनमा :
केन्द्रिय समितिको पुनर्गठन पछि बिभिन्न देशमा भएका शाखाहरुको पनि पुनर्गठन, निस्क्रिय शाखाहरु बिघटन गरि नयाँ गठन गर्ने निर्णय भए अनुसार यो सूचना प्रकाशित गरिएकोछ ।
कलाकार मित्रहरु, कृपया यो सूचना तपाईंलाई जानकारी भएका अरु कलाकार साथीहरुलाई पनि सूचित गरी सहयोग गरिदिनु हुन बिनम्र अनुरोध छ ।
नयाँ शाखा गठन वा पुनर्गठनमा :
Monday, May 13, 2019
कलाकारहरूको अन्तर्राष्ट्रिय स्वतन्त्र सङ्गठन अन्तर्राष्ट्रिय कलाकार मञ्च, केन्द्रीय समिति अमेरिका पुनर्गठन
* समेटिए सिनियर देखी जुनियर कलाकार सम्म, अमेरिका स्तरीय कलाकार सम्मेलन एक बर्ष भित्र, विश्व सम्मेलन दुई बर्ष भित्र गरिने
Tuesday, February 12, 2019
अन्तर्राष्ट्रिय कलाकार मञ्च, केन्द्रिय समिति अमेरिकाको भेला तथा पुनर्गठन गरिँदै, कलाकारहरुलाई संपर्क गर्न अनुरोध
अन्तर्राष्ट्रिय कलाकार मञ्च, केन्द्रिय समिति अमेरिकाका तर्फबाट केन्द्रिय अध्यक्ष रामप्रसाद खनालले एक बिज्ञप्ती जारी गर्दै अन्तर्राष्ट्रिय कलाकार मञ्च, केन्द्रिय समिति अमेरिकाको भेला तथा पुनर्गठन गर्न लागिएको बताउनुभएको छ । वहाँका अनुसार पहिला केन्द्रिय समिती अमेरिका र त्यस लगत्तै अन्य देशहरु, शाखाहरुको पुनर्गठन गर्न लागिएको बताउनुभएको छ । हाल सम्म कार्यरत केन्द्रिय समितिका कतिपय साथीहरु अमेरिका बहिर रहनुभएको र यसले गर्दा संगठनका काम कार्वाहीमा असर परेकोले पुनर्गठन गरी संगठनलाई कृयाशिल पार्नु नै भेला र पुनर्गठनको उद्देस्य रहेको छ भन्दै खनालले भन्नुभएको छ:
अमेरिकामा रहनुभएका सबै कलाकार मित्रहरु !
अमेरिकामा दर्ता भै कार्यरत रहेको र नेपाल सहित संसारका बिभिन्न देशहरुमा समेत शाखा भएको कलाकारिता अन्तर्गतका जुनसुकै बिधाहरुमा पनि सँलग्न कलाकारहरुको पहिलो अन्तर्राष्ट्रिय संस्था अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका International Artists Forum ( www.IAFAmerica.com ) को भेला तथा पुनर्गठन गरिन लागेकोले अमेरिकामा रहनुभएका जुनसुकै बिधाका कलाकारहरुलाई यथाशिघ्र संपर्कका
अमेरिकामा रहनुभएका सबै कलाकार मित्रहरु !
अमेरिकामा दर्ता भै कार्यरत रहेको र नेपाल सहित संसारका बिभिन्न देशहरुमा समेत शाखा भएको कलाकारिता अन्तर्गतका जुनसुकै बिधाहरुमा पनि सँलग्न कलाकारहरुको पहिलो अन्तर्राष्ट्रिय संस्था अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका International Artists Forum ( www.IAFAmerica.com ) को भेला तथा पुनर्गठन गरिन लागेकोले अमेरिकामा रहनुभएका जुनसुकै बिधाका कलाकारहरुलाई यथाशिघ्र संपर्कका
Monday, September 10, 2018
अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डिसी मेट्रो कमिटीको संयुक्त आयोजनामा नेपालको तीज बिर्साउने गरी अमेरिकामा यसरी सम्पन्न भयो तीज महोत्सब २०१८ !

Monday, July 23, 2018
अन्तर्राष्ट्रिय कलाकार मञ्च नेपाल शाखाका अध्यक्ष एवम् अग्रज हास्य कलाकार शिवहरी पौडेल, गीतकारअम्बिका गुरुङ, रोहिणी शर्मालाई सम्मान
अमेरिकामा २०५ औँ भानु जयन्ती, गृष्मकालीन वनभोज, साहित्यिक तथा सांस्कृतिक कार्यक्रम र सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
कार्यक्रमको मञ्च पछाडिको खेल मैदान भारी वर्षाले ताल बनिरहेको थियो । कुनै बेला इन्द्र खुसी हुनुहुन्छ पानी पर्छ कुन बेला रिसाउनुहुन्छ पानी बन्द हुन्छ तर पनि सहभागीको आउने र जाने क्रम रोकिएन । मौसमको प्रतिकुलता जे जस्तो भए पनि अन्तर्राष्ट्रिय कलाकार मञ्च नेपाल शाखाका अध्यक्ष एवम् अग्रज हास्य कलाकार शिवहरी पौडेलको प्रस्तुति सुन्दै हाँस्दै गर्दा सहभागीहरू खुसी भएर पानी पार्ने इन्द्र भन्दा अझै खुसी र दङ्ग देखिए । त्यसमाथि मिठा मिठा नेपाली खाना परिकार
Tuesday, June 19, 2018
अन्तर्राष्ट्रिय कलाकार मञ्च, केन्द्रिय समिति अमेरिकाद्वारा इजरायल शाखाको पुनर्गठनलाई अनुमोदन
अन्तर्राष्ट्रिय कलाकार मञ्च, केन्द्रिय समिति अमेरिकाका तर्फ बाट अध्यक्ष राम प्रसाद खनालले एक प्रेस बिज्ञप्ती प्रकाशित गर्दै भर्खरै पुनर्गठित इजरायल शाखालाई केन्द्रले केन्द्रको बिधान परिधि भित्र रही सन्चालन हुनेगरी अनुमोदन गरिएको बताउनुभएको छ । वहाँले कार्य समितिमा रही काम गरेका पुराना सबै पदाधिकारी, सदस्यहरु, सल्लाहकारहरु, सहयोगीहरु लाई हार्दिक धन्यवाद ज्ञापन गर्दै नब गठित इजरायल शाखामा निर्वाचित अध्यक्ष पेमा लामा सहित सिँगो कमिटीलाई नै केन्द्रको तर्फ बाट बधाई दिँदै कार्यकालको सफलताका लागि शुभकामना ब्यक्त गर्नुभएको छ ।
Monday, May 14, 2018
Saturday, April 14, 2018
अन्तर्राष्ट्रिय कलाकार मँचका अध्यक्ष रामप्रसाद खनाल शान्तिका लागि राजदूत (Ambassador for Peace) नियुक्त
Ram Prasad Khanal Appointed Ambassador for Peace by Universal Peace Federation (UPF), USA
रामप्रसाद खनाल शान्तिका लागि राजदूत नियुक्त, The Washington Times का अध्यक्ष एबम Universal Peace Federation, USA का अध्यक्ष थोमस पि मेकडेभिटले गरे खनाललाई शान्तिका लागि राजदूतपदको प्रमाणपत्र हस्तान्तरण
संसारका १२० भन्दा बढी देशमा कृयाशिल, संयुक्त राष्ट्रसघका महासचिब देखी बिभिन्न देशका राष्ट्रपती, प्रधानमन्त्री, मन्त्रिहरु, सबै खाले धर्मका धर्म गुरुहरु, कलाकार, पत्रकार, बैज्ञानिक देखी प्रसिद्ध मानिसहरु आबद्ध, शान्तिका लागि अन्तर्राष्ट्रिय स्तरमै कार्यरत संस्था Universal Peace Federation, USA ले अन्तर्राष्ट्रिय कलाकार मँचका अध्यक्ष एबम अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङटन डिसी मेट्रो कमिटीका अध्यक्ष रामप्रसाद खनाललाई शान्तिका लागि राजदूत (Ambassador for Peace) नियुक्त
Sunday, March 11, 2018
अन्तर्राष्ट्रिय कलाकार मँचको साइप्रस शाखाकी संस्थापक अध्यक्ष कोपिला दाहाल सुबेदीलाई पति शोक
अन्तर्राष्ट्रिय कलाकार मँचको साइप्रस शाखाकी संस्थापक अध्यक्ष कोपिला दाहाल सुबेदीलाई पति शोक परेको दु:खद खबरले मँच केन्द्रिय समिती परिवार अत्यन्त दुखित र स्तब्ध छ । शाखा अध्यक्ष कोपिला दाहाल सुबेदीका पति आनन्द सुबेदीको दु:खद निधन भएकोछ । स्वर्गीय सुबेदी प्रति हार्दिक श्राध्दान्जली अर्पण गर्दै शोक सन्तप्त कोपिलाजी र समस्त परिवारजनमा हार्दिक समबेदना प्रकट गर्दछौँ । यस्तो दु:खद घडीमा कोपिलाजी र वहाँको परिवार लाई आबस्यक सहयोगका लागि मँचको युरोप शाखा, युरोपमा रहेका अन्य शाखाहरुलाई सादर अनुरोध गर्दै उक्त सहयोग कार्यका लागि अग्रसरता अपनाउन युरोप महाशाखा अध्यक्ष दयाराम पौडेल सहित सिंगो युरोप महाशाखा परिवारलाई केन्द्र हार्दिक अनुरोध गर्दछ ।
- रामप्रसाद खनाल - अध्यक्ष एबम
अन्तर्राष्ट्रिय कलाकार मँच
केन्द्रिय समिती अमेरिका परिवार
Subscribe to:
Comments (Atom)










