International Artists Forum (IAF)
is an Independent, 501 C Non profit and first worldwide Artist’s organization which is Registered in USA. Mailing Address: 1945 Melvor Lane Winchester VA, 22601 US. www.iafamerica.com , email: iafamerica@gmail.com, Tel: 540-773-4346, Fax: 540-635-6928, Founder/President: Ram Prasad Khanal.
बहराइनमा लोक सँस्क्रिती कला संगीतमा आबद्ध, यस क्षेत्रलाई माया गर्नेहरुको एक भेलाले अन्तर्राष्ट्रिय कलाकार मँच बहराइन शाखा स्थापना गरेका छन । मँचको केन्द्रिय कार्यालय अमेरिकाको अनुमती एबम निर्देशनमा गठित उक्त शाखालाई केन्द्रले अनुमोदन गर्दै शाखामा आबद्ध सबैलाई केन्द्रिय अध्यक्ष राम प्रसाद खनालले स्वागत र बधाई ज्ञापन गर्नुभएको छ । अध्यक्ष खनालले अन्तर्राष्ट्रिय कलाकार मँच बहराइन शाखाले कला र सँगीत लगायत यसको बिधानले समेटेका हरेक बिधामा बहराइन शाखा सफल हुनेछ भन्दै शुभकामना पनि दिनुभएको छ ।
मँचको बहराइन शाखा यस प्रकार छ :
अमेरिकामा अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिका र अन्तर्राष्ट्रिय
नेपाली साहित्य समाज, वाशिंटन डिसी मेट्रोको संयुक्त आयोजना, रातै रातै भएर
सारी ब्लाउज, पोते, तिलहरी र श्रीँगार सहित आएका अमेरिकाबासी दिदी बहिनी
आमा र भाउजुहरु, मग मग बसाउँदै थियो दिदी बहिनीले छरेको अत्तर, भर्जिनियाको
मनासस शहरमा रहेको Splashdown Water Park, दाजुभाइ पनि के कम कम्मर
मर्काउँदै, दिदी बहिनीसँग जोडको तोड गर्दै तिजका गीतमा नाच्न मस्त देखिन्थे
।
अमेरिकामा हाल सम्म भएका तिज कार्यक्रम मध्येकै भब्य र रमाइलो भन्दै मज्जा लिँदै थिए दर्शक । करिब ५ घण्टा लगातार नाचेर तिज महोत्सब
मनाए नेपाली चेलीबेटी र दाजुभाइ सम्म सबैले । कोही हतार हतार नाच्दै म त
काममा जानुछ भन्दै निस्किँदै थिए त कोही म त भर्खर काम सकेर आएको ढिला भएँ
माफ पाउँ है भन्दै दर खाँदै र नाच्दै थिए । आउने जाने क्रम चलिरह्यो साँझ
सम्म । पटलक गरी ल्याइएका बिभिन्न परिकारका मज्जा बेग्लै थिए । उद्घोसक
उपाध्यक्ष भूपनारायण घर्ति मगर, सचिब परशु तिमल्सिनाहरु दर खान सबैलाई
आमन्त्रित गर्दै र पाहुनाको सत्कार मा खट्दै थिए भने पुस्पा घिमिरे,
शुभद्रा पराजुली, मन कुमारी थापा, बिमला निरौला, राम अधिकारी, लगायतका
आयोजक सदस्यहरु र थुप्रै अरु सहयोगी हातहरुलाई तिजको दर ब्यबस्थापन,
कार्यक्रममा सबै भन्दा राम्रो नाच्ने तीन जना दिदी बहिनीलाई निर्णायकहरुद्वारा प्रथम द्वितिय र त्रितिय घोषणा गरी पुरस्कार स्वरुप पदक प्रदान गरिने, प्रतियोगितामा समुह वा ब्यक्तिगत रुपमा नाच्ने जो कोही पनि प्रतियोगीका रुपमा सहभागी हुन सक्ने, महिलाहरुको नेपाली पोशाकमा आकर्शक ढंगले सजिएर आउने एक जना दिदी वा बहिनीलाई, यसै गरी नेपाली पोशाक दौरा शुरवाल ढाका टोपीमा सजिएर आउने मध्ये बाट एक जना दाजु वा भाईलाई र कार्यक्रममा सबै भन्दा बढी सक्रिय भै खट्ने योगदान दिने एक जनालाई समेत बिशेष पुरस्कार स्वरुप एक एक पदक अन्तर्राष्ट्रिय कलाकार मँचको तर्फबाट प्रदान गरिने ।
आगामी September 13, 2015 आईतवारका दिन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिंटन डिसी मेट्रो कमिटी र अन्तर्राष्ट्रिय कलाकार मँच, केन्द्रिय समिती अमेरिकाको संयुक्त आयोजनामा नेपाली चेलीहरूको महान चाड हरितालिका तीजको उपलक्ष्यमा तीज महोत्सव अमेरिका (प्रतियोगी / अप्रतियोगी बिशेष कार्यक्रम) Ben Lomond Park Dr Manassas VA 20109 (Splashdown Water Park ) मा नेपाल कै झल्को आउनेगरी नेपाली पाराले चौरमा बसेर सभ्य र अनुशासित ढंगले तीज गीत गाउने
World business management and consultancy को आयोजना, पेन्शल्भेनिया को
रमणिय शहर पिट्स्बर्ग, भुटानी र नेपाली दुबै समुदायका करिब एक हजार दर्शकले
खचाखच भरिएको हलमा जब लोकप्रिय कलाकारहरु, ख्याती प्राप्त कलाकारहरु
प्रेमराजा महत, रामप्रसाद खनाल, रतन सुबेदी, जितु नेपाल मुन्द्रे, बद्री
पंगेनी, शिला आले, निरु खड्का, ढकाल बर्दर्शहरु गीत, प्रहशन, नाच प्रस्तुत
गर्दै गए दर्शक हरु पुरै मोहित भएर कार्यक्रम को भरपुर मनोरन्जन लिइरहेका
थिए । दर्शक दिर्घामा बसेका प्रमुख अतिथी अमेरिकाका लागि नेपाली राजदुत डा.
अर्जुन कार्की देखी बिशिस्ठ अतिथिहरु र दर्शक हरुलाई ताली पिट्दै र कलाकार
हरुलाई साथ दिँदै फुर्सद थिएन । प्रेमराजा महतको पानको पात देखी बाँझो खेत
मा सम्म, राम प्रसाद खनालको छाता ओझेल पारिदेउ, देउरालीमा पिपल छायाँले
देखी नारायणघाटैमा लगायतका गीतहरु सम्म, रतन सुबेदीको प्यारोडी, जितु नेपाल
को हाँस्यब्यँग, बद्री
अन्तर्राष्ट्रिय
कलाकार मँच केन्द्रिय समितिका सल्लाहकार आदरणीय अग्रज कलाकार,
नेपाली चलचित्र क्षेत्रका धुर्ब तारा
श्री नीर शाहज्यू
राष्ट्रपती रामवरण यादवबाट राष्ट्रिय चलचित्र दिर्घ साधना सम्मानबाट सम्मानित र नगद पुरस्कारबाट पुरस्क्रित हुनुभएकोमा मँच गौरवान्वित छ । यस अबसरमा मँचका सल्लाहकार श्री शाहज्यू लाई मँच केन्द्रिय समिती र समस्त शाखा, महा शाखाहरुका तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दछौँ । - रामप्रसाद खनाल, अध्यक्ष एबम अन्तर्राष्ट्रिय
कलाकार मँच, केन्द्रिय समिति अमेरिका
समस्त परिवार
आज अपरान्ह शितल निवासमा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार एवं चलचित्र
दीर्घ साधना सम्मान समारोहमा राष्ट्रिय डा. रामवरण यादव ज्यूबाट चलचित्र
दीर्घ साधना सम्मान ग्रहण गर्दै । नगद रु. ३ लाख ५१ हजार १ सय ११ रुपैया
सहितको यो सम्मान र पुरस्कारका लागि चलचित्र बिकास बोर्डले मलाई योग्य
ठहर्याएकोमा मुरी मुरी धन्यवाद दिन चाहान्छु ।
- नीर शाह
अन्तर्राष्ट्रिय कलाकार मँच केन्द्रिय समिती र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डिसी मेट्रोका तर्फबाट अध्यक्ष रामप्रसाद खनालले अमेरिकामा एक बिज्ञप्ती प्रकाशित गर्दै भनेका छन " हाम्रा लोकप्रिय कलाकार, लोक गायक बुद्धी कृष्ण लामिछाने प्यारालाइशिस भएर थलिनु भएको, उपचार खर्चको अभाबमा पिल्सिरहनुभएको र यसै अवस्थामा वहाँको घर भुकम्पले क्षतिभएको, बिरामी मान्छे, घर बाहिरको बास भएको खबरले हाम्रो मुटु छिया छिया भएको छ । ब्यक्तिगत रुपमा मेरा अभिन्न मित्र, सहयात्री, लोक गायक लामिछानेलाई सरकार, कुनै संघ संस्थाबाट पनि कुनै किसिमको सहयोग नभएको भन्ने गुनासो सुन्दा म झनै मर्माहित भएको छु । यस दु:खद घडीमा वहाँ लाई म सँलग्न दुई वटै संस्था अन्तर्राष्ट्रिय कलाकार मँच केन्द्रिय समिती र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डिसी मेट्रोका तर्फबाट पचास हजार रुपैयाँं सहयोग आजै पठाएको अबगत गराउँदै देश बिदेशमा रहनुभएका समस्त सहयोगी मनहरुलाई आफु सक्दो सहयोग पठाउन म अन्तर्राष्ट्रिय कलाकार मँच केन्द्रिय समिती र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डिसी मेट्रोका तर्फबाट हार्दिक आह्वान गर्दछु ।" अध्यक्ष खनालले अगाडि भनेका छन " लोकका गीत गाउने एउटा लोक गायक बुद्धी कृष्ण लामिछाने सबैको साझा सम्पत्ती हुन, उनलाई बँचाउनु हामी सबैको दायित्व हो, यस दु:खद घडीमा झन भुकम्पले उनलाई झनै आहत पुर्याएकोले भत्किएको घर पुनर्निर्माणमा पनि सहयोग गरिदिन म सबै सबैमा बिनम्रता पूर्वक आग्रह गर्दछु । लोक गायक लामिछानेको उपचार र बसोबास निर्माणमा सहयोगी बनेका नेपाल टेलिभिजनको मेरो कार्यक्रम "लोक दोहोरी" का मेरा पूर्व सहयोगी भाई, हालका चर्चित कलाकार, टेलिभिजन कार्यक्रम प्रस्तोता कृष्ण कंडेललाई बिशेष धन्यवाद दिँदै सहयोगी मनहरुलाई उनको मोबाइल नम्बर ९८४९३२९३१९ मा फोन गरी संपर्क गर्न, सहयोग गर्न म तर्फबाट सार्वजनिक रुपमा आह्वान गर्दछु ।"
- सरोज केसी, काठमाडौँ : पिडिमा बसेर मेरै बाटो हेरेर भन्दै गित गाउने गायक बुद्धि कृष्ण
लामिछाने साच्चै यति बेला पिडि मा नै बसेर दिन काट्ने गर्दछन। उनको शरीरको
दाहिने भाग नचलेको चार बर्ष भई सक्दा पनि कुनै
अन्तरास्ट्रिय कलाकार मँच केन्द्रका तर्फबाट अमेरिकाबाट पठाइएको राहत र त्यसमा मँचको नेपाल शाखाबाट समेत थप गरी काभ्रे जिल्लाको ढाड गाऊमा भुकम्प पिडीतहरूलाई राहत बितरण गर्दै अन्तरास्ट्रिय कलाकार मँच नेपाल शाखाका अध्यक्ष शिबहरि पौड्याल, बरिस्ठ उपाध्यक्ष किरण केसि, उपाध्यक्ष मनोज आचार्य, सदस्य सुरेन्द्र केसि र सदस्य सौगात कंडेल र साथीहरु । २०७२।२।२४
नेपालमा हालै गएका ठुला २ भुकम्प पछि अन्तराष्ट्रिय कलाकार मँचका
तर्फबाट चर्चित र लोकप्रिय कलाकारहरु क्रमश अन्तराष्ट्रिय कलाकार मँच नेपाल
शाखाका अध्यक्ष शिवहरी पौडेल, बरिस्ठ उपाध्यक्ष किरण केसी, उपाध्यक्ष जितु
नेपाल, नेपाल शाखामै आबध्द सिताराम कट्टेल, कुन्जना घिमिरे, केदार घिमिरे
देखी केन्द्रिय समितिमा रहेका लोकप्रिय कलाकारहरु हरि बहादुर थापा,
शर्मिला मल्ल, दिपकराज गिरी, दीपाश्री निरौला, अनिल पाण्डे सहित सबै कलाकार
साथीहरु, यसै गरी केन्द्रिय समितिका सल्लाहकारहरु आदरणिय निर शाह देखी
कृष्ण मल्ल, नारायण रायमाझी, राजाराम पौडेल, गौरी मल्ल, सरोज खनाल,
राजेन्द्र शलभ सम्म सबैले उध्दार तथा राहत बितरणमा प्रत्यक्ष तथा
अप्रत्यक्ष रुपमा सहभागी भै देखाउनुभएको मानबियता र आ आफ्नो ठाउँबाट कुनै न
कुनै रुपमा दिनुभएको योगदानको अन्तराष्ट्रिय कलाकार मँच केन्द्रिय समिती
मुक्त कन्ठले प्रशँशा गर्दै मँचका यस्ता हस्तीहरु प्रति हार्दिक सम्मान
ब्यक्त गर्दछ । यसै गरि अन्तराष्ट्रिय कलाकार मँच केन्द्रिय समितिका
तर्फबाट हामीले गरेको सहयोगको आह्वानलाई साकार बनाउन मँचको नेपाल शाखाका सबै पदाधिकारी तथा सदस्यहरु, कतार
शाखा, अध्यक्ष भबिन तामाङ देखी अन्य देशमा रहेका शाखाहरु र त्यहाँ रहेका
सबै पदाधिकारी तथा सदस्यहरुले प्रत्यक्ष अप्रत्यक्ष रुपमा खेल्नुभएको
भूमिका, जे जसरी जुन माध्यमबाट भएपनी भुकम्प पिडितहरुलाइ गर्नुभएको डोनेशन
सहयोग सबैका लागि पनि मँच केन्द्रिय समिती सबैलाई हार्दिक धन्यवाद ज्ञापन
गर्दछ । यस आपतको घडीमा तपाईंहरुले गर्नुभएको मानबिय, आर्थिक, भौतिक सहयोग,
भुकम्प पिडितहरुलाइ दिनुभएको साथ नेपालको इतिहासमा सुनौला अक्षरमा अँकित
रहनेछ । अझै पनि तपाईं हाम्रो साथ र सहयोग नेपालका भुकम्प पिडितहरुलाइ
जरुरी छ र सहयोगका हातहरु लगातार अगाडि बढी रहुन केन्द्र सबैमा हार्दिक
आह्वान गर्दछ ।
- रामप्रसाद खनाल - अध्यक्ष
अन्तराष्ट्रिय कलाकार मँच, केन्द्रिय कार्य समिती, अमेरिका
नेपालको कलाकारिता क्षेत्रका अहिलेका चर्चित हस्तीहरु एबम् हाम्रा प्रिय कलाकार भाइहरु सिताराम कट्टेल ‘धुर्मुस’, प्रमोद खरेल, पशुपति शर्मा, बहिनिहरु कुञ्जना घिमिरे ‘सुन्तली’ तथा संगिता थापा मगर जसले हिंजो राति भर्जिनियामा आ - आफ्नो कलाको जादु देखाउनु भएर दर्शकको माया जित्नुभयो वहाँहरु सबैलाइ धन्यबाद र बधाई ! एउटा सफल कार्यक्रम, भब्य कार्यक्रम । समय बितेको पत्तै भएन ! यस बाहेक भाइ बहिनीहरुले दाजुहरु प्रति देखाएको सम्मान र माया प्रति दाजुहरु आभारी छन् । हामीलाइ पुरा बिश्वास छ अमेरिका भर भाइबहिनीहरुको यो टिमले यसै गरि सफलता पुर्बक कार्यक्रम सम्पन्न गर्नेछ । दर्शकले पनि भरपुर मनोरन्जन हाशिलगर्न सक्ने छन् । यो टिमलाइ सबैको साथ र सहयोग रहोस् हाम्रो आग्रह छ । - रामप्रसाद खनाल / प्रेमराजा महत ( अन्तराष्ट्रिय कलाकार मन्च समस्त परिवार )
अन्तरराष्ट्रिय कलाकार मँचको केन्द्रिय समितिको बिधान, निती नियम बिपरित गठन हुने वा भएका, बिधान बिपरित र केन्द्रको अनुमती बिना गठित वा गठन हुने कुनै महाशाखा, शाखा, उपशाखा इकाइहरुलाई मँचले मान्यता दिन नसक्ने जानकारी गराउँदै मँचको केन्द्रको अनुमती बिना मँचको नाम र लोगो समेत कहिं कतै दुरुपयोग भएको पाइएमा मँचको बिधान अनुसार कानुनी कार्यबाही अगाडि बढाइने ब्यहोरा सम्बन्धित सबैमा सुचित गरिन्छ । साथै अमेरिकामा नेम ब्रान्ड दर्ता गरिसकिएको यो अन्तरराष्ट्रिय कलाकार मँच (International Artists Forum) नेपाली कलाकारहरुको मात्र अन्तरराष्ट्रिय संगठन नभएको र यसमा जुनसुकै देशका, जुनसुकै बिधाका कलाकार सँलग्न हुन सक्ने ब्यहोरा समेत जानकारी गराइन्छ । बिधान तथा थप जानकारीको लागि मँचको वेबसाईट www.iafamerica.com हेर्न अनुरोध गरिन्छ । स्थापित भैसकेका महाशाखा, शाखाहरुलाई कृयाशिल हुन, आबस्यक परे केन्द्रलाई जानकारी दिएर पुनर्गठन गर्न सबै महाशाखा, शाखाहरुलाई केन्द्र सूचित गर्दछ । दुई बर्ष सम्म कुनै कार्यक्रम वा गतिबिधी नगरेका कुनै पनि शाखाहरु भएमा त्यस्ता शाखाहरुलाई केन्द्रले खारेज गरी नयाँ ब्यबस्थापन गर्न समेत सक्ने नियम प्रति सबैलाई ध्यानाकर्षण गराउँछ । कुनै कुनै शाखाहरु द्वारा निर्मित फेसबुक वालहरुमा असान्दर्भिक कुराहरु पोस्ट गरिएको देखिन आएकोले त्यस्ता शाखाहरुलाई तत्काल वाल बाट असान्दर्भिक कुरा हटाउन समेत केन्द्र निर्देश गर्दछ । शाखा, महाशाखाहरुलाई यो पनि सुचित गरिन्छकी कुनै देशमा दर्ता गर्दा कानुनी कठिनाई आएमा ब्यबहारिकतालाई हेरी महाशाखा वा शाखा नलेखी अन्तरराष्ट्रिय कलाकार मँच (International Artists Forum) + देशको नाम लेख्न केन्द्रले छुट दिएको छ तर बोली, व्यबहार र अन्य लेखाइ, पत्राचार, समाचार सम्प्रेसण हरेक कुरामा महा शाखा वा शाखा वा उपशाखा केहो प्रस्ट खुलाउन अनुरोध गर्दै त्यसो नगर्ने, बिधान बिपरित कार्य गर्ने वा केन्द्रलाई जानकारी नगराइ कुनै बिधान बिपरित हुनेगरी कार्य गरेको पाइएमा बिधान अनुसार त्यस्ता महाशाखा वा शाखालाई निलम्बन देखी आबस्यक परे खारेज सम्म गरिने कुरा यसै सूचना द्वारा सूचित गरिन्छ । शाखा नभएका देशहरुमा शाखा बिस्तार वा काम गर्न इच्छुक कलाकारहरुले iafamerica@gmail.com मा संपर्क राख्न समेत अनुरोध गरिन्छ ।
अमेरिका, भर्जिनिया / बरिस्ठ हाँस्य कलाकार मदन कृष्ण श्रेष्ठ र हरिबँश आचार्यले यस पटक अमेरिकामा आफ्नो कार्यक्रममा नेपालीहरुबाट धेरै साथ र सहयोग पाएको बताउनुभएको छ । महले भन्नुभयो - संसारमा धेरै कार्यक्रम गरियो तर एकै पटक अमेरिकामा २८ वटा कार्यक्रम लगातार गरिएको यो पहिलो पटक हो । संसार का ३१ देश मा बिस्तारित र शाखाहरु स्थापना गरी कृयाशिल अन्तरराष्ट्रिय कलाकार मंच अमेरिका र हेम सरिता पाठक प्रतिस्ठान अमेरिकाले संयुक्त रुपमा आयोजना गरेको मह जात्रा टिमको अभिनन्दन एबम बिदाइ कार्यक्रममा बोल्दै महले भन्नुभयो - हामी पहिले देखी नै समाजमा जनचेतना जगाउन यस किसिमका कार्यक्रम गर्दै अाइरहेका छौं र गरिरहनेछौँ, अन्तरराष्ट्रिय कलाकार मंच र हेम सरिता पाठक प्रतिस्ठानले
मिति १४ /११ /२०१४ को दिन अन्तराष्ट्रिय कलाकार मंच इजरायल शाखा को बैठक अध्यक्ष गायिका सुनिता पाख्रिनको अध्यक्षतामा सपन्न भएको छ |उक्त बैठकमा उपस्थित कलाकारहरुको भेलाले गायिका सुनिता पाख्रिन अध्यक्षतमा विभिन्न विधामा रहनु भएका कलाकारहरुलाई समेटी 2७ जना सदस्यहरुको नयाँ कार्य समितिको चयन (पुनर्गठन ) गरेको छ साथै दुइ सदस्यीय सल्लाहकारहरुको पनि चयन गरेको छ | सम्पूर्ण नव गठित पदाधिकारीहरुले (कलाकारहरुले) मंचको लक्ष्य तथा
अन्तरराष्ट्रिय कलाकार मँचका तर्फबाट अध्यक्ष रामप्रसाद खनालले अमेरिकामा एक प्रेस बिज्ञप्ती प्रकासित गर्दै नेपाली लोकगीत र संगीतक्षेत्रका एक अथक योद्धा, लोकगीत पिता जन कबि केशरी श्री धर्मराज थापा ज्यु को निधनले मँच मर्माहत भएको छ भन्दै स्वर्गिय थापा ज्यु प्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्नुभएको छ । "नेपाली लोकगीत ईतिहासका कहिलै नअस्ताउने तारा श्री थापा अब हामी बीच रहनुभएन तर पनि वहाँ का कृति र वहाँले दिनुभएको अमुल्य योगदान हामी बीच सधैं बाँचिरहने छन, वहाँ को योगदान लाई अन्तरराष्ट्रिय कलाकार ऊच्च सम्मान का साथ सधैंब सम्झिरहने छ र वहाँका पाइलाहरुलाइ पछ्याइरहने छ" अध्यक्ष खनालले बिज्ञप्तीमा भन्नु भएको छ । "मँच स्वर्गिय जनकबी केशरी थापा प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परिवार जनमा हार्दिक समबेदना प्रकट गर्दछ" भन्दै वहाँले "आफुलाइ ब्यक्तिगत रुपमा पनि श्री थापाले जहिले पनि लोकगीत दोहोरीगीतको क्षेत्रमा अग्रसर हुन गर्नुभएको प्रोत्साहन र दिशा निर्देशलाई पनि म सधैं सम्झिरहने छु" भन्नुभएको छ ।
हाम्रा साथी, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान,
नेपालका पूर्व अध्यक्ष–संरक्षक एवं कलाकार कल्यााण्कारी कोषका अध्यक्ष लोक
तथा दोहोरी गायक दुर्गा रायमाझी संगीत नाट्य एकाडेमी नेपालको प्राज्ञसभा
सदस्य पदमा मनोनित हुनु भएकोेमा हार्दिक बधाई ! - रामप्रसाद खनाल - अध्यक्ष एबम अन्तरराष्ट्रिय कलाकार मँच समस्त परिवार
अमेरिकाको भर्जिनिया फल्स्चर्चमा आयोजित एक कार्यक्रममा नेपाल को चलचित्र
क्षेत्रका नयाँ पिँढिका चर्चित नायक जीबन लुइटेललाई अन्तरराष्ट्रिय कलाकार
मंच, युनाइटेड नेपालका तर्फबाट संयुक्त रुपमा सम्मान गरियो ।
अन्तरराष्ट्रिय कलाकार मंचका सल्लाहकार एबम युनाइटेड नेपालका अध्यक्ष सरोज
खनाल, अन्तरराष्ट्रिय कलाकार मंचका अध्यक्ष रामप्रसाद खनाल, उपाध्यक्ष
किरण प्रताप केसी, मँचका केन्द्रिय सदस्य एबम चलचित्र कोरियो ग्राफर नबिन
केसी, कलाकार एबम चलचित्र ठुलीका निर्माता पुस्कर पन्तले नायक लुइँटेल लाई
खादा ओढाइ सम्मानपत्रका साथ सम्मान गर्नुभएको थियो । कार्यक्रममा वहाँको
सम्मानमा रात्रीभोजको आयोजना गरिएको थियो । उक्त सम्मान कार्यक्रममा पुस्कर
पन्त, अनिल खड्का , किरण प्रताप केसी, रामप्रसाद खनाल, सरोज खनाल, जीबन लुइँटेलले
आफ्ना मन्तब्य राख्नुभएको थियो भने कार्यक्रमको सँचालन परशु तिमील्सिनाले
गर्नुभएको थियो । यस अघी आजै लोमन्स केनेमा घर मा जीबन लुइँटेल द्वारा
अभिनित चलचित्र ठुली पनि प्रदर्शन गरियो जहाँ डिसी मेट्रो एरियाका
नेपालीहरुले जीबन को साथमा चलचित्र हेरेका थिए ।