
International Artists Forum (IAF) is an Independent, 501 C Non profit and first worldwide Artist’s organization which is Registered in USA. Mailing Address: 1945 Melvor Lane Winchester VA, 22601 US. www.iafamerica.com , email: iafamerica@gmail.com, Tel: 540-773-4346, Fax: 540-635-6928, Founder/President: Ram Prasad Khanal.
Monday, October 10, 2022
पाँचौँ ग्लोबल नेपाली फिल्म अवार्ड एवम् चलचित्र महोत्सव २०२२, अक्टोबर १३, १४ र १५ को भव्य सफलताको लागि हार्दिक मङ्गलमय शुभकामना !
Saturday, August 6, 2022
अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाको महासचिवमा सरोज केसी, बोर्ड अफ डाइरेक्टरमा कलाकार द्वय पुस्कर पन्त र रुसा केसी नियुक्त
Tuesday, June 28, 2022
अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाको अनुरोध !
कलाकारहरूको स्वतन्त्र र अन्तर्राष्ट्रिय छाता सङ्गठन अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाको आयोजनामा (कोभिडका कारण ढिलो भएको) अमेरिका भर रहेका गायक, गायिका, चलचित्र देखी अन्य क्षेत्र सम्म जुनसुकै विधामा रहेका, भएका जुनसुकै कलाकारहरूको अमेरिकाब्यापी सम्मेलन आयोजना गरिँदै छ ।
उक्त सम्मेलनमा अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाको नयाँ ढाँचा, नयाँ नेतृत्व चयन, विधान परिमार्जन गर्ने र अन्तर्राष्ट्रिय कलाकार मञ्चका सबै देशमा रहेका निष्क्रिय शाखाहरूलाई विघटन गर्दै नयाँ शाखा बनाउने अभियान लाई मूर्त रूप दिने कार्य योजना तय गर्ने कार्यक्रम पनि छ ।
यो सम्मेलनमा यो वा त्यो होइन सबै क्षेत्रका हरेक कलाकारहरूलाई निमन्त्रणा गरिने छ र सबैको सहभागितामा नयाँ बाटो तय गरिने छ । अमेरिकामा रहेका जुनसुकै विधा र क्षेत्रका सबै कलाकारहरू लाई यो सम्मेलन कहिले कुन सिटीमा गर्दा बढी उपयुक्त होला राय सल्लाहका दिनुहुन सादर अनुरोध गरिन्छ । दशैं तिहारको सेरोफेरोमा वा सो अगावै सम्मेलन गर्ने अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाको सोच रहेको छ ।
पुराना, नयाँ सबै क्षेत्र र विधाका कलाकार मित्रहरू, हामी तपाईँको आवाज सुनेर सबैलाई पायक पर्ने ठाउँ र मिति तय गर्ने छौँ तसर्थ तपाईँहरूको राय सल्लाह यहाँ, इन्बक्समा वा अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाको इमेल iafamerica@gmail.com मा पठाइ सहयोग गरिदिनुहुन सादर अनुरोध गरिन्छ । यो सम्मेलन आफ्नै सिटीमा आयोजना गर्न कुनै कलाकार साथीहरू र समूह तयार हुनुहुन्छ भने वा अमेरिकामा रहेका कुनै पनि सामाजिक संस्थाहरूले यो सम्मेलनको आयोजना गरी आतिथ्यता र ऐक्यबद्धता जनाउन चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला ।
* संपर्क फोन नम्बर - 703-419-0924.
* iafamerica@gmail.com
* rampdkhanal@gmail.com
- अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका
www.IAFAmerica.com
Thursday, June 23, 2022
अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाको इजरायल शाखामा नयाँ नेतृत्व, केन्द्रद्वारा मान्यता प्रदान, नव निर्वाचित टिमलाई हार्दिक बधाई, निवर्तमान टिमलाई हार्दिक धन्यवाद
Sunday, June 12, 2022
अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाले गर्यो वरिष्ठ गायिका कुन्ती मोक्तान र वरिष्ठ सङ्गीतकार एवम् गीतकार शिला बहादुर मोक्तानलाई अमेरिकामा अभिनन्दन
अमेरिका / कलाकारहरूको अन्तर्राष्ट्रिय सङ्गठन अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाले वरिष्ठ गायिका कुन्ती मोक्तान र वरिष्ठ सङ्गीतकार एवम् गीतकार शिला बहादुर मोक्तानलाई अमेरिकामा आयोजित एक बिशेष कार्यक्रममा अभिनन्दन गरेको छ । अमेरिकाको भर्जिनिया मनाससमा आयोजित वरिष्ठ गायिका कुन्ती मोक्तान र वरिष्ठ सङ्गीतकार एवम् गीतकार शिला बहादुर मोक्तान सुमधुर साँझका अवसरमा वहाँहरूलाई अभिनन्दन गरिएको हो ।
Monday, February 22, 2021
अन्तर्राष्ट्रिय कलाकार मँचका अध्यक्ष खनालसँग AP1 TV ले लिएको एउटा बिशेष अन्तर्वार्ता
अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाले निर्माण गरेको एउटा स्वागत गीत यस्तो छ !
Wednesday, July 29, 2020
अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाको नयाँ कार्य समितिलाई मञ्चको विधान, नीति, निर्देशन लाई पूर्ण पालना गर्ने गरी केन्द्रले मान्यता प्रदान गर्यो
Sunday, January 19, 2020
अन्तर्राष्ट्रिय कलाकार मञ्चले डिसीमा सम्पन्न गर्यो सिमा अतिक्रमण सम्बन्धी कार्यक्रम, तीन हस्तिलाई सम्मान र सिमा सम्बन्धी पुस्तक बिमोचन !

अन्तर्राष्ट्रिय कलाकार मञ्च, केन्द्रीय कार्य समिति, अमेरिकाका तर्फबाट अध्यक्ष एवम् लोक गायक रामप्रसाद खनालले वहाँहरूलाई सम्मान, पुरस्कार र पदक समर्पण गर्नुभयो । मञ्चकै तर्फबाट कोषाध्यक्ष एवम् सँस्कृतीबिद भुपनारायण घर्तिमगर, मञ्चका बोर्ड अफ डाइरेक्टर, अग्रज कोरियो ग्राफर नबिन केसी, कवि रबिन्द्र श्रेष्ठ, गीतकार एबम मञ्चका बोर्ड अफ डाइरेक्टर अम्बिका गुरुङ, अग्रज पत्रकार सोमनाथ घिमिरे, प्रा. डा. गोपी उप्रेती, समाजसेवी गोविन्द मैनाली, मन्दिरा मैनाली, मन थापा लगायत व्यक्तित्वहरूले तिनै जना सम्मानित व्यक्तित्वहरूलाई खादा, माला लगाएर सम्मान व्यक्त गर्नुभयो ।
Wednesday, December 25, 2019
अन्तर्राष्ट्रिय कलाकार मँचका केन्द्रीय अध्यक्ष, वरिष्ठ लोकगायक एवं पत्रकार रामप्रसाद खनाललाई "स्टार अफ दि इयर" को अवार्ड प्रदान


काठमाडौं । लाजिम्पाट स्थित होटल लि हिमालयमा आयोजित एक बिशेष कार्यक्रममा विदेशमा रहेर पनि गीत संगीत क्षेत्रमा निरन्तर सक्रिय रहेर उत्कृष्ट योगदान दिए बापत अन्तर्राष्ट्रिय कलाकार मँचका केन्द्रीय अध्यक्ष, वरिष्ठ लोकगायक एवं पत्रकार रामप्रसाद खनाललाई स्टार अफ किङ्ग कतारले स्टार अफ दि इयरको अवार्ड प्रदान गरिएकोछ ।
साढे तीन दशक यता गीत संगीत, कलाकारिता, पत्रकारिता र साहित्यका क्षेत्रमा स्वदेश तथा बिदेशमा जहाँ रहँदा पनि वहाँले दिनुभएको योगदान को उच्च कदर गर्दै वहाँलाई स्टार अफ द इयर पुरस्कार प्रदान गरिएको कुरा कार्यक्रम मा घोषणा गरियो ।
पूर्व प्रधानमन्त्री झलनाथ खनाल, अग्रज हाँस्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र बसुन्धारा भुसाल, चलचित्र बिकास बोर्डका अध्यक्ष केशब भट्टराई लगायतका बिशिस्ट अतिथिहरुले खनाललाई उक्त पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
Saturday, December 14, 2019
अन्तर्राष्ट्रिय कलाकार मञ्च : कालापानी, लिपुलेक, लिम्पिया धुरा सहित कैयौँ नेपाली भूभागहरू माथि भारतीय कब्जाको विरोध गर्न, यो ज्यादतीका विरुद्ध संसारकै ध्यान आकर्षण गर्न आयोजित उक्त कार्यक्रममा सहभागिताका लागि सबै कलाकारहरू, नेपाली समुदायमा हार्दिक अपिल
यो कुरा कसैबाट पनि छिपेको छैन कि हाम्रा धेरै जसो नेपाली राजनीतिक पार्टी र तिनका नेताहरू आफ्नो राजनीतिक स्वार्थको लागि भारतसँग बारम्बार लम्पसार परिरहँदा, भारतसँग सन्धि सम्झौता गरिरहँदा नेपाल र नेपाली जनतामाथि ठुलो घात भइरहेको छ । पछिल्लो समय भारतले जारी गरेको नक्सामा भारतले नेपाली थुप्रै भूभागहरू आफ्नो तिर पारेको घटनाले राष्ट्रलाई माया गर्ने हरेक नेपालीहरू मर्माहत र आक्रोशित हुनु स्वाभाविकै छ ।
अन्तर्राष्ट्रिय कलाकार मञ्च भारतीय पक्षबाट इतिहास देखी वर्तमान सम्म भएका सिमा मिचाई, थिचोमिचो, अन्याय, अत्याचारको घोर भर्त्सना गर्दछ । सँग सँगै हाम्रा धेरै जसो नेपाली राजनीतिक पार्टी र तिनका नेताहरू आफ्नो राजनीतिक स्वार्थको लागि भारत सँग बारम्बार लम्पसार परिरहँदा, भारतसँग सन्धि सम्झौता गरिरहँदा नेपाल र नेपाली जनतामाथि ठुलो घात भइरहेको प्रति दुःख व्यक्त गर्दै त्यस्ता राष्ट्रद्रोहीहरुको निन्दा पनि गर्न चाहन्छ ।
Monday, September 16, 2019
अन्तर्राष्ट्रिय कलाकार मञ्चद्वारा अमेरिकामा बसन्त चौधरीका १० कृति लोकार्पण, अभिनन्दन र विश्व काब्य यात्रा सम्पन्न, चौधरीको कला देखेर डिसी दङ्ग !

अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका ( www.iafamerica.com ) र इन्टरनेशनल मिडिया एण्ड इन्टरटेन्मेन्ट हाउस, अमेरिकाको संयुक्त आयोजनामा भएको कार्यक्रममा कवि, साहित्यकार एबम गीतकार बसन्त चौधरीले वहाँका आफ्ना नेपाली र हिन्दी भाषाका कविता, मुक्तक र गजल बाचन गरेर वाशिङ्गटन डिसीबासीलाई मनमुग्ध मात्र पार्नुभएन, वाहवाही पनि बटुल्न सफल हुनुभयो ।
शुरुमा ४५ मिनेटको काब्य बाचन तय गरिए पनि वाशिङ्गटन बासीको फर्माइसमा वहाँले करिब डबल समय लिनुभयो । अचम्म त के भयो भने चौधरीको काब्य बाचन शुरु भए पछी दर्शक श्रोता दीर्घा वाहवाही, ताली र साथ दिन तल्लिन देखियो भने कार्यक्रम अन्त्य भए पछी पनि चौधरी सँगै झुम्मीइ रह्यो । अमेरिकाबासी नेपालीहरुका बिच चौधरी सुपर स्टार सेलिब्रेटी जस्तै भएर बिदा हुनुभयो । बिदा हुनु अघि आधा घण्टा फोटो शेशनमा तानातान मा परेका चौधरी सँग रात्रीभोज अबधी भर पनि दर्शक श्रोता झुम्मीइ रहे ।
आयोजक अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका र इभेन्ट म्यानेज्मेन्ट गरेको इन्टरनेशनल मिडिया एण्ड इन्टरटेन्मेन्ट हाउस, अमेरिकाका अध्यक्ष, लोक तथा लोहोरी गायक रामप्रसाद खनालले कार्यक्रमको शुरुमै बसन्त चौधरीको विश्व काब्य यात्रा आयोजना बारेमा प्रस्ट पार्दै चौधरी सहित सबै अतिथि दर्शक र श्रोताहरुलाई स्वागत गर्नुभएको थियो ।
Saturday, August 31, 2019
Tuesday, August 13, 2019
वासिङ्टन डिसीमा अग्रज कवि,साहित्यकार एबम गीतकार बसन्त चौधरीको बिभिन्न नौँ भाषामा प्रकाशित कविता कृति "बसन्त" को अमेरिका लोकार्पण र "विश्व काब्य यात्रा, वाशिङ्गटन डिसी श्रृंखला" हुँदै


Sunday, July 28, 2019
अन्तर्राष्ट्रिय कलाकार मञ्च, केन्द्रिय समिति अमेरिकाको बिधान अनुसार सल्लाहकारमा थप केही अग्रज कलाकारहरुलाई नियुक्त
अन्तर्राष्ट्रिय कलाकार मञ्चको नेपाल शाखामा शैलेन्द्र सिँखडा सहितको नयाँ कार्यसमिति, केन्द्रीय अध्यक्ष खनालका तीन कृति बिमोचन
Tuesday, May 21, 2019
हार्दिक धन्यवाद र आभार - अन्तर्राष्ट्रिय कलाकार मञ्च
http://www.newsofnepal.com/2019/05/16/211507/…
https://www.brtnepal.com/2019/05/14/83747.html
https://www.enepalese.com/2019/05/228854.html
http://www.nepalayanews.com/archives/114910
http://www.iafamerica.com/2019/05/blog-post.html
http://www.nepalmother.com/2019/05/blog-post_13.html
https://voiceofwashington.blogspot.com/2019/…/blog-post.html
http://www.loksangitparakhi.com/16049/…
https://www.khasokhas.com/85425…
http://www.khullamanch.com/archives/13283…
https://www.facebook.com/…/a.81063844246…/1059718554225806/…
http://www.pahilopost.com/content/20190515113051.html…
https://www.hamropatro.com/news/details/5635940823990272…
http://www.dcnepal.com/international-artist-munch…
https://www.jananinepal.com/2019/32733…
http://jhilko.com/post/--2448…
http://www.filmykhabar.com/news/17433/…
http://www.thuloparda.com/post/30446…
http://www.plus977.net/…
https://nepalijanta.com/2019/05/127726…
http://cinepati.com/read/post/3191…
http://www.nepalesediaspora.com/archives/8697
http://www.globenepal.com/…/%E0%A4%85%E0%A4%A8%E0%A5%8D%E0%…
https://www.hollywoodkhabar.com/internationl-nepali-artisto…
https://www.beautynewsnepal.com/9634/…
https://www.jananinepal.com/2019/32966…
https://www.himalayakhabar.com/detail/70067.html…
http://www.khullamanch.com/archives/13283…
http://www.nepalayanews.com/archives/114910…
- रामप्रसाद खनाल, अध्यक्ष एबम
अन्तर्राष्ट्रिय कलाकार मञ्च,
केन्द्रीय समिति अमेरिका समस्त परिवार
Monday, May 20, 2019
अन्तर्राष्ट्रिय कलाकार मञ्च, केन्द्रीय समिति अमेरिकाको सूचना !
केन्द्रिय समितिको पुनर्गठन पछि बिभिन्न देशमा भएका शाखाहरुको पनि पुनर्गठन, निस्क्रिय शाखाहरु बिघटन गरि नयाँ गठन गर्ने निर्णय भए अनुसार यो सूचना प्रकाशित गरिएकोछ ।
कलाकार मित्रहरु, कृपया यो सूचना तपाईंलाई जानकारी भएका अरु कलाकार साथीहरुलाई पनि सूचित गरी सहयोग गरिदिनु हुन बिनम्र अनुरोध छ ।
नयाँ शाखा गठन वा पुनर्गठनमा :
Monday, May 13, 2019
कलाकारहरूको अन्तर्राष्ट्रिय स्वतन्त्र सङ्गठन अन्तर्राष्ट्रिय कलाकार मञ्च, केन्द्रीय समिति अमेरिका पुनर्गठन
Tuesday, February 12, 2019
अन्तर्राष्ट्रिय कलाकार मञ्च, केन्द्रिय समिति अमेरिकाको भेला तथा पुनर्गठन गरिँदै, कलाकारहरुलाई संपर्क गर्न अनुरोध
अमेरिकामा रहनुभएका सबै कलाकार मित्रहरु !
अमेरिकामा दर्ता भै कार्यरत रहेको र नेपाल सहित संसारका बिभिन्न देशहरुमा समेत शाखा भएको कलाकारिता अन्तर्गतका जुनसुकै बिधाहरुमा पनि सँलग्न कलाकारहरुको पहिलो अन्तर्राष्ट्रिय संस्था अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका International Artists Forum ( www.IAFAmerica.com ) को भेला तथा पुनर्गठन गरिन लागेकोले अमेरिकामा रहनुभएका जुनसुकै बिधाका कलाकारहरुलाई यथाशिघ्र संपर्कका