Saturday, July 26, 2025

सबैभन्दा लोकप्रिय लोक गायकका रूपमा पुरस्कृत, सम्मानित भए अन्तर्राष्ट्रिय कलाकार मञ्चका अध्यक्ष रामप्रसाद खनाल

काठमाडौं / अन्तर्राष्ट्रिय कलाकार मञ्चका अध्यक्ष, पत्रकार, अभिनेता, गायक तथा समाजसेवी रामप्रसाद खनाललाई Global Star Award 2025 अन्तर्गत "Most Popular Singer – Male – Folk" विधामा सम्मानित गरिएको छ। काठमाडौँमा आयोजित एक विशेष समारोहमा उक्त अवार्ड प्रदान गरिएको हो।

पूर्वप्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा खनाललाई नेपाली लोकसंगीत क्षेत्रमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै यो अवार्ड प्रदान गरिएको हो।

हाल संयुक्त राज्य अमेरिकामा बसोबास गर्दै आएका खनालले विदेशमा रहँदा पनि लोकगीत, दोहोरी, तीज गीत लगायतका ८ वटा मौलिक गीत एक वर्षभित्र सार्वजनिक गरेका छन्। उनले उल्लेख गरेअनुसार, नेपालबाट धेरै कार्यक्रम आयोजकहरूले फोन, सन्देशमार्फत सम्झिरहँदा आफू अत्यन्तै आभारी छन्।

Saturday, November 9, 2024

भर्जिनियाका Senator Danica Roam बाट DMV Artist award 2024 ग्रहण गर्दै अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका संस्थापक अध्यक्ष रामप्रसाद खनाल

 

अमेरिकाको भर्जिनिया मनासस शहरमा नेपाली कलाकारहरुको सम्मानमा आयोजित एक कार्यक्रममा भर्जिनियाका Senator Danica Roam बाट DMV Artist award 2024 ग्रहण गर्दै अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका संस्थापक अध्यक्ष, नेपाल मदर डट कमका प्रधान सम्पादक, Avenues Television का अमेरिका सम्पादक रामप्रसाद खनाल । 

 

Saturday, December 23, 2023

कृष्ण कँडेललाई अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका तर्फबाट लोक दोहोरी र समाजसेवाको क्षेत्रमा पुराएको योगदानको कदर स्वरूप मञ्चको मानार्थ सदस्यता सहित मायाको चिनो प्रदान

 
अमेरिका भ्रमणमा रहेका समाजसेवी, चर्चित प्रतिभाशाली कलाकार, इन्द्रेणीका सञ्चालक कृष्ण कँडेल ( इन्द्रेणी ) लाई अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका तर्फबाट लोक दोहोरी र समाजसेवाको क्षेत्रमा पुराएको योगदानको कदर स्वरूप मञ्चको मानार्थ सदस्यता सहित मायाको चिनो प्रदान गर्दै मञ्चका संस्थापक अध्यक्ष रामप्रसाद खनाल । 

Monday, October 30, 2023

अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका संस्थापक अध्यक्ष, वरिष्ठ लोक तथा दोहोरी गायक एवम् पत्रकार रामप्रसाद खनाललाई अस्ट्रेलियाको सिड्नीमा स्वागत र सम्मान


 - कमल भण्डारी /  सिड्नी, अस्ट्रेलिया / अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका संस्थापक अध्यक्ष, वरिष्ठ लोक तथा दोहोरी गायक एवम् पत्रकार रामप्रसाद खनाललाई अस्ट्रेलियाको सिड्नीमा आयोजित एक विशेष कार्यक्रममा रुपन्देही सोसियल नेटवर्क अस्ट्रेलियाले भव्य स्वागत र वहाँको सम्मानमा एक विशेष कार्यक्रम सम्पन्न गरेको छ । अस्ट्रेलिया भ्रमणका क्रममा सिड्नी पुगेका खनाललाई अस्ट्रेलियावासी नेपालीहरूको तर्फबाट आयोजना गरिएको उक्त कार्यक्रममा खनालले विभिन्न गीतहरू गाएर उपस्थित जनसमुदायलाई मनोरञ्जन प्रदान गर्नुका साथै विदेशमा रहेका नेपालीहरूलाई नेपाली राजनीति र गुटबन्दीबाट परै बस्न सुझाउनुभएको थियो ।   

Monday, October 2, 2023

लोक गायिका आदरणीय हरिदेबी कोइराला, श्रस्टा रामबहादुर कोइराला र पोखरा प्रज्ञा प्रतिस्ठानका कुलपति पद्मराज ढकाललाई मञ्चको मानार्थ सदस्यता र मायाको चिनो प्रदान

 अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका तर्फबाट अमेरिका भ्रमणमा रहनुभएका लोकप्रिय लोक गायिका आदरणीय हरिदेबी कोइराला, श्रस्टा रामबहादुर कोइराला र पोखरा प्रज्ञा प्रतिस्ठानका कुलपति पद्मराज ढकालजीलाई मञ्चका संस्थापक / अध्यक्ष, वरिष्ठ लोक तथा दोहोरी गायक एवम पत्रकार रामप्रसाद खनाल मानार्थ सदस्यता र मायाको चिनो प्रदान गर्दै । 

Saturday, September 30, 2023

अमेरिकाका राष्ट्रपतिद्वारा प्रदान गरिने अमेरिकाको प्रतिष्ठित पुरस्कार "लाइफ टाइम एचिभमेन्ट अवार्ड" २०२३ अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका संस्थापक अध्यक्ष, वरिष्ठ लोक तथा दोहोरी गायक एवम् पत्रकार रामप्रसाद खनाललाई

 अमेरिका / अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका संस्थापक अध्यक्ष, वरिष्ठ लोक तथा दोहोरी गायक एवम् पत्रकार रामप्रसाद खनालले अमेरिकाका राष्ट्रपतिद्वारा प्रदान गरिने अमेरिकाको प्रतिष्ठित पुरस्कार "लाइफ टाइम एचिभमेन्ट अवार्ड" २०२३ प्राप्त गर्नु भएको छ । अमेरिकाका राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गर्नुभएको विशेष प्रमाणपत्र सहितको पुरस्कार र व्ह्वाइट हाउसका तर्फबाट राष्ट्रपतिले लेख्नुभएको सम्मान पत्र प्राप्त गर्नुभएका खनाल अमेरिकामा पनि गीत सङ्गीत, साहित्य, कलाकारिता, पत्रकारिता, विभिन्न व्यवसायहरूका अलावा स्वयमसेवीको रुपमा समाजसेवामा निरन्तर योगदान गरिरहनुभएको छ । 

समाजसेवाका क्षेत्रमा लगातार क्रियाशील खनालले स्वयमसेबकका रूपमा अमेरिकामा पुर्‍याउनुभएको विशेष योगदानको अमेरिकाका राष्ट्रपति जो बाइडेनले सम्मान पत्रमा प्रशंसा गर्नुभएको छ । 

Tuesday, July 4, 2023

काठमाडौँमा आयोजित एक बिशेष कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानद्वारा ८ जना अग्रज लोक स्रष्टालाई ‘सम्मानार्थ सदस्यता’ सहित सम्मान प्रदान

 
काठमाडौँमा आयोजित एक बिशेष कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले ८ जना अग्रज लोक स्रष्टालाई ‘सम्मानार्थ सदस्यता’ सहित सम्मान प्रदान गरेको छ । सोमबार गंगबुमा आयोजित कार्यक्रमकाबीच प्रतिष्ठानले सम्मान सहित सदस्यता प्रदान गरेको हो । ‘सम्मानार्थ सदस्यता’ र बिशेष सम्मान प्राप्त गर्नेमा कुमार बस्नेत, रामप्रसाद खनाल, नन्द कृष्ण जोशी, प्रेमदेव गिरी, हरिदेवी कोइराला, शम्भु राई, प्रेमराजा महत, कृष्ण गन्धर्व रहेका थिए । कार्यक्रममा प्रतिष्ठानका संस्थापक अध्यक्ष अम्बर बिरही गुरुङ, पुर्व अध्यक्ष तथा संरक्षक प्रजापती पराजुली, दुर्गा रायमाझी, पुरुषोतम न्यौपाने, चन्द्र शर्मा, सल्लाहकार नारायण रायमाझी उज्वलजंग ठकुरी, रामचन्द्र कोइराला, आरसि कोइराला, रमेश बाबु श्रेष्ठ, कृष्ण कडेल, राधाकृष्ण पाठक, लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगर लगायतले सम्मान ‘सम्मानार्थ सदस्यता’ प्रदान गरे । गायिका हरिदेवी कोईराला अवस्थता र रामप्रसाद खनाल हाल अमेरिकामा रहेकोले कार्यक्रममा सहभागी हुन सकेनन । 

Sunday, March 19, 2023

हार्दिक बधाई र कार्यकालको सफलताका लागि शुभकामना !

 हालै सम्पन्न नेपाल चलचित्र कलाकार संघको निर्वाचनबाट अध्यक्ष पदमा निर्वाचित हुनु हुने हाम्रा शुभचिन्तक, अग्रज कलाकार श्री मोहन निरौला सहित नब निर्वाचित सबै पदाधिकारी, सदस्य साथीहरुलाई हार्दिक बधाई र कार्यकालको सफलताका लागि शुभकामना व्यक्त गर्दछौं । तपाईंहरुको जीत नेपाल चलचित्र कलाकार संघमा आबध्द मात्र होइन सबै सबै कलाकारहरु र कलकारिता क्षेत्रकै जीत हुने गरी कार्य सम्पादन होस कामना । 

- रामप्रसाद खनाल - अध्यक्ष एबम 

अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका समस्त परिवार   

Sunday, November 6, 2022

अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका तर्फ बाट नेपाल चलचित्र कलाकार सङ्घ (FAAN) का अध्यक्ष रवीन्द्र खड्का सम्मानित

 नेपाल चलचित्र कलाकार सङ्घ (FAAN) केन्द्रीय कार्य समितिका अध्यक्ष रवीन्द्र खड्का अमेरिकामा आयोजित एक कार्यक्रममा सम्मानित भएका छन । खड्कालाई अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका तर्फ बाट अध्यक्ष एबम बरिष्ठ लोक तथा दोहोरी गायक रामप्रसाद खनालले सम्मान गरेका हुन । खड्का नेपाली चलचित्रका पुराना र अग्रज कलाकार हुन । उनी चलचित्रहरुमा नायकको भूमिका समेत निर्वाह गरिसकेका छन । खड्कालाई बिभिन्न कलाकारहरुको उपस्थितिमा अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका तर्फ बाट बिशेष पदक र सम्मान पत्रका साथ

Monday, October 10, 2022

पाँचौँ ग्लोबल नेपाली फिल्म अवार्ड एवम् चलचित्र महोत्सव २०२२, अक्टोबर १३, १४ र १५ को भव्य सफलताको लागि हार्दिक मङ्गलमय शुभकामना !

अमेरिकाको डेन्भर सहर कोलोराडोमा नेपाल फिल्म सोसाइटीको आयोजनामा यही अक्टोबर १३, १४ र १५ तारिख हुन गइरहेको पाँचौँ ग्लोबल नेपाली फिल्म अवार्ड एवम् चलचित्र महोत्सव २०२२ को भव्य सफलताको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।
- रामप्रसाद खनाल - अध्यक्ष एबम
अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका समस्त परिवार      
- आजिबन सदस्य - नेपाल फिल्म सोसाइटी     
 

Saturday, August 6, 2022

अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाको महासचिवमा सरोज केसी, बोर्ड अफ डाइरेक्टरमा कलाकार द्वय पुस्कर पन्त र रुसा केसी नियुक्त

अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाको महासचिवमा कलाकार, सञ्चार कर्मी सरोज केसी नियुक्त हुनुभएको छ । केसीलाई अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाको बिधान अनुसार संस्थापक एबम अध्यक्ष रामप्रसाद खनालले नियुक्त गर्नुभएको हो । केसी लामो समय देखी नेपालमा र हाल अमेरिकामा कलाकारिता एवम् सञ्चार क्षेत्रमा कार्यरत हुनुहुन्छ । वहाँले देश विदेशमा विभिन्न कार्यक्रमहरूमा कलाकार, उद्घोषक र सञ्चार कर्मीका हैसियतमा आफ्नो भूमिका

Tuesday, June 28, 2022

अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाको अनुरोध !

 कलाकारहरूको स्वतन्त्र र अन्तर्राष्ट्रिय छाता सङ्गठन अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाको आयोजनामा (कोभिडका कारण ढिलो भएको) अमेरिका भर रहेका गायक, गायिका, चलचित्र देखी अन्य क्षेत्र सम्म जुनसुकै विधामा रहेका, भएका जुनसुकै कलाकारहरूको अमेरिकाब्यापी सम्मेलन आयोजना गरिँदै छ । 

उक्त सम्मेलनमा अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाको नयाँ ढाँचा, नयाँ नेतृत्व चयन, विधान परिमार्जन गर्ने र अन्तर्राष्ट्रिय कलाकार मञ्चका सबै देशमा रहेका निष्क्रिय शाखाहरूलाई विघटन गर्दै नयाँ शाखा बनाउने अभियान लाई मूर्त रूप दिने कार्य योजना तय गर्ने कार्यक्रम पनि छ । 

यो सम्मेलनमा यो वा त्यो होइन सबै क्षेत्रका हरेक कलाकारहरूलाई निमन्त्रणा गरिने छ र सबैको सहभागितामा नयाँ बाटो तय गरिने छ । अमेरिकामा रहेका जुनसुकै विधा र क्षेत्रका सबै कलाकारहरू लाई यो सम्मेलन कहिले कुन सिटीमा गर्दा बढी उपयुक्त होला राय सल्लाहका दिनुहुन सादर अनुरोध गरिन्छ । दशैं तिहारको सेरोफेरोमा वा सो अगावै सम्मेलन गर्ने अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाको सोच रहेको छ । 

पुराना, नयाँ सबै क्षेत्र र विधाका कलाकार मित्रहरू, हामी तपाईँको आवाज सुनेर सबैलाई पायक पर्ने ठाउँ र मिति तय गर्ने छौँ तसर्थ तपाईँहरूको राय सल्लाह यहाँ, इन्बक्समा वा अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाको इमेल iafamerica@gmail.com मा पठाइ सहयोग गरिदिनुहुन सादर अनुरोध गरिन्छ । यो सम्मेलन आफ्नै सिटीमा आयोजना गर्न कुनै कलाकार साथीहरू र समूह तयार हुनुहुन्छ भने वा अमेरिकामा रहेका कुनै पनि सामाजिक संस्थाहरूले यो सम्मेलनको आयोजना गरी आतिथ्यता र ऐक्यबद्धता जनाउन चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला । 

* संपर्क फोन नम्बर - 703-419-0924.

* iafamerica@gmail.com

* rampdkhanal@gmail.com

-  अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका

www.IAFAmerica.com




Thursday, June 23, 2022

अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाको इजरायल शाखामा नयाँ नेतृत्व, केन्द्रद्वारा मान्यता प्रदान, नव निर्वाचित टिमलाई हार्दिक बधाई, निवर्तमान टिमलाई हार्दिक धन्यवाद

 अन्तर्राष्ट्रिय कलाकार मञ्चका तर्फबाट केन्द्रीय अध्यक्ष रामप्रसाद खनालले भर्खरै अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका अन्तरगतको इजरायल शाखामा आएको नयाँ नेतृत्वलाई हार्दिक बधाई र शुभकामना व्यक्त गर्दै अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाको विधि र विधान अन्तरगत स्थापित र सञ्चालित इजरायल शाखाले अझै राम्रो सँग काम गर्नेमा आफू विश्वस्त रहेको बताउनुभएको छ । मञ्चको विधि र विधान अन्तरगत भर्खरै सम्पन्न साधारण सभा र निर्वाचित कार्य समितिलाई मान्यता प्रदान गरिएको बत्ताउँदै खनालले नव निर्वाचित टिमलाई हार्दिक बधाई, निवर्तमान टिमलाई आज सम्म निर्वाह गरेको भूमिका र दिएको योगदानका लागि हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको छ । केन्द्रद्वारा नयाँ कार्य समितिलाई मान्यता प्रदान गरिएको खनालले बताउनुभयो । 

Sunday, June 12, 2022

अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाले गर्‍यो वरिष्ठ गायिका कुन्ती मोक्तान र वरिष्ठ सङ्गीतकार एवम् गीतकार शिला बहादुर मोक्तानलाई अमेरिकामा अभिनन्दन

 

 अमेरिका / कलाकारहरूको अन्तर्राष्ट्रिय सङ्गठन अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाले वरिष्ठ गायिका कुन्ती मोक्तान र वरिष्ठ सङ्गीतकार एवम् गीतकार शिला बहादुर मोक्तानलाई अमेरिकामा आयोजित एक बिशेष कार्यक्रममा अभिनन्दन गरेको छ ।  अमेरिकाको भर्जिनिया मनाससमा आयोजित वरिष्ठ गायिका कुन्ती मोक्तान र वरिष्ठ सङ्गीतकार एवम् गीतकार शिला बहादुर मोक्तान सुमधुर साँझका अवसरमा वहाँहरूलाई अभिनन्दन गरिएको हो । 

Monday, February 22, 2021

अन्तर्राष्ट्रिय कलाकार मँचका अध्यक्ष खनालसँग AP1 TV ले लिएको एउटा बिशेष अन्तर्वार्ता

 अध्यक्ष खनालसँगका केही अन्य अन्तर्वार्ताहरु पनि ।

अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाले निर्माण गरेको एउटा स्वागत गीत यस्तो छ !

अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाले लोक सँस्कृतिको जगेर्नाका लागि निर्माण गरेका केही मौलिक गीतहरु पनि तपाईंहरुका लागि यहाँ प्रस्तुत छन

Wednesday, July 29, 2020

अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाको नयाँ कार्य समितिलाई मञ्चको विधान, नीति, निर्देशन लाई पूर्ण पालना गर्ने गरी केन्द्रले मान्यता प्रदान गर्‍यो

अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाको भर्खरै सम्पन्न अधिवेशनले नयाँ कार्य समिति निर्माण गरी केन्द्र समक्ष स्वीकृति एबम मान्यताका लागि पठाएकोमा अन्तर्राष्ट्रिय कलाकार मञ्चको विधान, नीति, निर्देशन लाई पूर्ण पालना गर्ने गरी केन्द्रले स्वीकृत गर्दै मान्यता प्रदान गरेको छ । अन्तर्राष्ट्रिय कलाकार मञ्चको केन्द्रीय समिति अमेरिकाका अध्यक्ष रामप्रसाद खनालले कादम्बरी दाना श्रेष्ठको अध्यक्षतामा इजरायल शाखामा हाल सम्म कार्य समितिमा रहेर योगदान दिनुहुने सबै सबैलाई हार्दिक धन्यवाद दिँदै नयाँ निर्वाचित अध्यक्ष अनिल सिंह राजपूत सहितको कार्यसमितिलाई हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । नेपाली कला, संस्कृति, गीत सङ्गीत र साहित्यका लागि स्थापित हाम्रो संस्था अन्तर्राष्ट्रिय कलाकार मञ्चको इजरायल शाखाले सबैलाई समेटेर अगाडि बढ्न सकोस् भनी खनालले नयाँ कार्यसमितिलाई शुभकामना पनि दिनुभएको छ । सर्वसम्मत ढङ्गले निर्वाचित कार्यसमितिको नामावली, जिम्मेवारी हस्तान्तरणका बेला लिइएका केही तस्बिरहरू तल प्रस्तुत छन् :



Sunday, January 19, 2020

अन्तर्राष्ट्रिय कलाकार मञ्चले डिसीमा सम्पन्न गर्‍यो सिमा अतिक्रमण सम्बन्धी कार्यक्रम, तीन हस्तिलाई सम्मान र सिमा सम्बन्धी पुस्तक बिमोचन !

Image may contain: 23 people, including Mandira Mainali, Rup Karki, Bishwa Raj Thapa, Navin K KC, Ujjwal S. Thakuri, Ambika Gurung, Ram Prasad Khanal, Gopi Upreti, Khagendra Adhikari and 3 others, people smiling, people standing and indoorअन्तर्राष्ट्रिय कलाकार मञ्च, केन्द्रीय कार्य समिति, अमेरिकाको आयोजनामा जनवरी १८ तारिख भर्जिनिया गेन्सभिलमा एक विशेष कार्यक्रम आयोजना गरी सिमाबिद, नापी विभागका पूर्व महा निर्देशक , प्रबुद्ध व्यक्तित्व बुद्धि नारायण श्रेष्ठ, पाँच वटा विश्व कीर्तिमान कायम गरेर गिनिज बुकमा नाम लेखाएका नेपाली गौरव उज्ज्वल ठकुरी र पावर लिफ्टिङ्ग तर्फका अन्तर्राष्ट्रिय च्याम्पियन अर्का नेपाली गौरव रूप कार्कीलाई वहाँहरूको योगदानका लागि सम्मान र पुरस्कार प्रदान गरियो ।

अन्तर्राष्ट्रिय कलाकार मञ्च, केन्द्रीय कार्य समिति, अमेरिकाका तर्फबाट अध्यक्ष एवम् लोक गायक रामप्रसाद खनालले वहाँहरूलाई सम्मान, पुरस्कार र पदक समर्पण गर्नुभयो । मञ्चकै तर्फबाट कोषाध्यक्ष एवम् सँस्कृतीबिद भुपनारायण घर्तिमगर, मञ्चका बोर्ड अफ डाइरेक्टर, अग्रज कोरियो ग्राफर नबिन केसी, कवि रबिन्द्र श्रेष्ठ, गीतकार एबम मञ्चका बोर्ड अफ डाइरेक्टर अम्बिका गुरुङ, अग्रज पत्रकार सोमनाथ घिमिरे, प्रा. डा. गोपी उप्रेती, समाजसेवी गोविन्द मैनाली, मन्दिरा मैनाली, मन थापा लगायत व्यक्तित्वहरूले तिनै जना सम्मानित व्यक्तित्वहरूलाई खादा, माला लगाएर सम्मान व्यक्त गर्नुभयो ।

Wednesday, December 25, 2019

अन्तर्राष्ट्रिय कलाकार मँचका केन्द्रीय अध्यक्ष, वरिष्ठ लोकगायक एवं पत्रकार रामप्रसाद खनाललाई "स्टार अफ दि इयर" को अवार्ड प्रदान

- राज लुइँटेल
काठमाडौं । लाजिम्पाट स्थित होटल लि हिमालयमा आयोजित एक बिशेष कार्यक्रममा विदेशमा रहेर पनि गीत संगीत क्षेत्रमा निरन्तर सक्रिय रहेर उत्कृष्ट योगदान दिए बापत अन्तर्राष्ट्रिय कलाकार मँचका केन्द्रीय अध्यक्ष, वरिष्ठ लोकगायक एवं पत्रकार रामप्रसाद खनाललाई स्टार अफ किङ्ग कतारले स्टार अफ दि इयरको अवार्ड प्रदान गरिएकोछ ।

 साढे तीन दशक यता गीत संगीत, कलाकारिता, पत्रकारिता र साहित्यका क्षेत्रमा स्वदेश तथा बिदेशमा जहाँ रहँदा पनि वहाँले दिनुभएको योगदान को उच्च कदर गर्दै वहाँलाई स्टार अफ द इयर पुरस्कार प्रदान गरिएको कुरा कार्यक्रम मा घोषणा गरियो ।

पूर्व प्रधानमन्त्री झलनाथ खनाल, अग्रज हाँस्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र बसुन्धारा भुसाल, चलचित्र बिकास बोर्डका अध्यक्ष केशब भट्टराई लगायतका बिशिस्ट अतिथिहरुले खनाललाई उक्त पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

Saturday, December 14, 2019

अन्तर्राष्ट्रिय कलाकार मञ्च : कालापानी, लिपुलेक, लिम्पिया धुरा सहित कैयौँ नेपाली भूभागहरू माथि भारतीय कब्जाको विरोध गर्न, यो ज्यादतीका विरुद्ध संसारकै ध्यान आकर्षण गर्न आयोजित उक्त कार्यक्रममा सहभागिताका लागि सबै कलाकारहरू, नेपाली समुदायमा हार्दिक अपिल

सदियौँ देखी हामी हाम्रो छिमेकी देश भारतबाट हेपिँदै, मिचिँदै, थिचिँदै आएका छौँ । हाम्रा सिमानाहरू सारिँदा, नेपाली भूभाग भारत तिर पारिँदा, हाम्रो पानी हामीलाई उपयोग गर्न नदिई बाँध बाँधेर सीमा पारी झारिँदा हामी नेपाली माथि कति अन्याय र अत्याचार भएको छ त्यसको कुनै लेखाजोखा छैन । रोटी बेटीको हाम्रो सम्बन्ध भन्दै छिमेकी राष्ट्र भारतले हामी माथि गर्दै आएको थिचोमिचो इतिहास देखी आज सम्म निरन्तर जारी छ । कालापानी, लिपुलेक, लिम्पिया धुरामा मात्र होइन नेपाल भारत सीमा क्षेत्रका हजारौँ हेक्टर नेपाली भूभाग हडप्ने, रातारात सीमा सार्ने, नेपाली भूभाग आफ्नो तिर पार्ने भारतीय गिद्दे दृष्टि अत्यन्त खेद जनक छ ।

यो कुरा कसैबाट पनि छिपेको छैन कि हाम्रा धेरै जसो नेपाली राजनीतिक पार्टी र तिनका नेताहरू आफ्नो राजनीतिक स्वार्थको लागि भारतसँग बारम्बार लम्पसार परिरहँदा, भारतसँग सन्धि सम्झौता गरिरहँदा नेपाल र नेपाली जनतामाथि ठुलो घात भइरहेको छ । पछिल्लो समय भारतले जारी गरेको नक्सामा भारतले नेपाली थुप्रै भूभागहरू आफ्नो तिर पारेको घटनाले राष्ट्रलाई माया गर्ने हरेक नेपालीहरू मर्माहत र आक्रोशित हुनु स्वाभाविकै छ ।         

अन्तर्राष्ट्रिय कलाकार मञ्च भारतीय पक्षबाट इतिहास देखी वर्तमान सम्म भएका सिमा मिचाई, थिचोमिचो, अन्याय, अत्याचारको घोर भर्त्सना गर्दछ । सँग सँगै हाम्रा धेरै जसो नेपाली राजनीतिक पार्टी र तिनका नेताहरू आफ्नो राजनीतिक स्वार्थको लागि भारत सँग बारम्बार लम्पसार परिरहँदा, भारतसँग सन्धि सम्झौता गरिरहँदा नेपाल र नेपाली जनतामाथि ठुलो घात भइरहेको प्रति दुःख व्यक्त गर्दै त्यस्ता राष्ट्रद्रोहीहरुको निन्दा पनि गर्न चाहन्छ ।